“आमा‘ जुलुसमा कलिला विद्यार्थीहरू पनि ” स्वतन्त्र र सार्वभौम देश भेनेजुयलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमती सिलिया मोरेसलाई अमेरिकी साम्राज्यवादले अन्यायपूर्वक डकैती र आतङ्ककारी शैलीमा अपहरण गरी अमेरिका लगेर बन्दी बनाइएको विरोधमा एक अन्तर्राष्ट्रवादी र देशभक्त दलको विद्यार्थी सङ्घ र युवा सङ्घको आयोजनामा रत्नपार्कमा सम्पन्न विरोध जुलुस र सभामा सहभागी भएर फर्कँदै गर्दा बाटोमा एक युवकले विद्यार्थी भाइ बहिनीलाई लक्षित गरी उक्त विचार व्यक्त गरे ।
उक्त युवकलाई सहभागीमध्येकी एक विद्यार्थी बहिनीले सचेत पार्दै प्रश्नको वाण बर्साइन्, “दाइ तपाईँ कसैमाथि भएको अन्याय गरेको सहन सक्नुहुन्छ ? त्यसको विरोधमा औलो उठाउनु के कर्तव्य होइन ? एक सार्वभौम र स्वतन्त्र देशको राष्ट्रपतिलाई उसैको देशमा पसेर आतङ्ककारी शैलीमा अपहरण गरेर लान मिल्छ ? त्यो सरासर अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन होइन ? गत भदौ २३ र २४ गते देशमा व्याप्त भ्रष्टाचारको विरोधमा भएको युवा पुस्ताको जुलुसमा सहभागी कलिला विद्यार्थीहरूको गोली हानेर हत्या गरेको होइन ? इजरायलले कलिला बालबालिका र विद्यार्थीहरूको बम वर्षा गरी नरसंहार गरेको होइन ? के देशको बारेमा, अन्यायको बारेमा बोल्नु विद्यार्थीको कर्तव्य होइन ? सङ्कटको बेलाको मित्र असल मित्र हुन्छ । भोलि हाम्रो देशका राष्ट्रपति, प्रधानमन्त्री, देशभक्त नेतालाई पनि त्यसरी नै लग्यो भने के गर्ने ? के हामीले बुँख्याचा जस्तो टुलुटुलु हेरेर बस्ने ? हामीलाई त्यस्तो सङ्कटको बेला के त्यो देशका सरकार र जनताले साथ र समर्थन देलान् ?”
विद्यार्थी बहिनीको प्रश्नले युवकको घैँटामा घाम लाग्यो । एकछिन सोचेर युवकले भने, “त्यो त हो बहिनी '' मलाई त्यस्तो ज्ञान नै भएन । अन्याय कदापि सहनु हुँदैन । विद्यार्थीले पाठ्यपुस्तक मात्र पढेर पुग्दैन । अनुशासित र देशभक्त पनि हुनुपर्दोरहेछ । बहिनीले भनेजस्तै भोलि हाम्रो देशले पनि त्यस्तो सङ्कट भोग्न नपर्ला भन्न सकिँदैन । हाम्रो देशका नेताहरूमा इमानदारीता, नैतिकता, कर्तव्यबोध र देशभक्ति भावना नै छैनन् । विदेशीसँग जसरी पनि झुकेर हात थाप्ने मात्र गर्छन् ।” विद्यार्थी भाइबहिनीहरू पढ्नुको साथै देश बनाउन स्वस्थ राजनीतिमा लाग्नुपर्छ, देशभक्त बन्नुपर्छ भन्दै हिँड्छु है भनेर युवक आफ्नो बाटोमा लागे ।
प्रतिक्रिया