कविता- जहाँ अधुरो रहर

bimbonline बिम्ब अनलाइन
२०८३ वैशाख १० १७:२७ बजे
रुपा पुन

मन छ 

जहाँ अधुरो रहर ,

बाध्यताको सिक्रीले जेलिएर ,

गास ,बास ,कपास 

एक आङ्ग 

एक पेट 

सुन्दर भविस्य 

को मिठो सपना बुनेर 

मरुभूमिमलाई ,, 

बिदेशी काखलाई 

श्रम पसिनाले सिचेर ,

गगनचुम्बि महल ,

सागरको मोति टिप्दै 

श्रिङ्गारी रहेका छन 

ममताको न्यानो काख ,

छहारी को अभावमा छट्पटायि रहेका छन 

रहनेछन 

हाम्रा सन्तति 

हाम्रा विर पौरखि युवापुस्तालाई 

स्वदेशमा फर्काएर ल्याउन मन छ 

त्यहाँ पुग्न मन छ ,

विदेशी काखमा 

जहाँ जहाँ हाम्रा युवापुस्ता बेचिएका छन 

जहाँ जहाँ युवापुस्ता बेचिएका छन 

फर्काउन मन छ आफ्नै काखमा 

फर्काउन मन छ आफ्नै काखमा 

    विकल्प  

स्वदेशमा  कृषि क्रान्ति 

औद्योगिक क्रान्तिको लहर 

श्रमिक मजदुर किसानलाई सम्मान

योग्यता अनुसारको काम ,

काम अनुसारको दाम

अवश्य आफ्नै मातृभुमि ,

समृद्ध , सम्पन्न बन्ने , बनाउने छन ,

ति हाम्रा पौरखि  युवापुस्ताले 



२०८३ वैशाख १० १७:२७ बजे

प्रतिक्रिया