इच्छुकको सम्झनामा

bimbonline रोशन जनकपुरी
२०८३ ज्येष्ठ १३ ०९:२१ बजे
कृष्णसेन इच्छुक

प्रिय कवि 

अनेक गौंडा पार गरेर 

अहिले हामी जहाँ पुगेका छौँ, 

तिमीले छाडेर गएको भन्दा खासै भिन्न छैन ,

 वर्षौं पहिले, 

तिम्रो सहादतको बेला 

पोखिएका रगतका छिर्काहरु 

अझै आलै भएजस्तो भान हुन्छ,

 हेर न ?

इतिहासको यस संक्रमणशील घडीमा, 

भोको पेटका ऊर्जस्वी चेतनाहरुलाई

 निधारबाट रगतका बाछिटाहरु पुछेर  

भद्र पुरुष ,

तिमीले भने जस्तै 

दयालु मुद्रामा विषालु खाजा पस्कि रहेछ 

तर भोका मानिसहरुको मुक्तिको महायात्राका 

गीत गाउन, 

 प्रिय कवि 

यस युगलाई पनि 

तिमि जस्तै एउटा नयाँ इच्छुक चाहिएको छ 

लाल सलाम कमरेड कृष्णसेन इच्छुक 




२०८३ ज्येष्ठ १३ ०९:२१ बजे

प्रतिक्रिया