यात्रा सँस्मरण : अस्मरणीय राजबिराज यात्रा

bimbonline नरेन्द्र देवकोटा प्रशान्त
२०८२ साउन ६ ०९:५३ बजे
नरेन्द्र देवकोटा प्रशान्त

सबैका मुखबाट राजबिराजका कुरा सुन्ने मात्र गर्थे, मात्र एकोहोरो सुन्ने । बस् मात्रै म चुप लागेर बस्ने गर्थेँ, जब राजबिराज जाने अवसर मिल्यो म भित्र सप्तरी अनि सप्तरीको सदरमुकाम राजबिराजको भूगोल, समाज, रहनसहन, चालचलन, धर्म, भाषा, चाडपर्व, बर्गजाती सँस्कार संस्कृति अनि र यहाँको राजनिती । यस्तै यस्तै बिषयमा अनेक कुरा जान्ने बुझ्ने मेरा मनमा कौतुहलता जाग्न थाले ।

खासमा मलाई महान्यायाधिवक्ताको कार्यालयले मुख्य न्यायाधिवक्ताको कार्यालय सुर्खेतबाट काज खटाएको थियो ।  काज श्रावण महिनामा तोकेको थियो । यतिखेर खटाई पठाईएको काज मेरा लागि जीवनको महत्त्वपूर्ण अवसर बनेको थियो ।  

सुर्खेतमा लगभग ६ महिनाको बसाई पछि श्रावण महिनामा मलाई काजमा खटाएपछि मुख्य न्यायधिवक्ता बिध्याभूषण मानन्धर महान्यायाधिवक्ताको कार्यालयको यो ब्यवहारप्रति चकित पर्नुभएको थियो । आफूसँग पनि सल्लाह लिएर काज चलाएको भए मेरो कार्यसम्पादन बारेमा केही कुरा राख्थेँ भन्दै हुनुहुन्थ्यो । पछि कुरो राख्नु भयो पनि, खासमा  तत्कालीन महान्यायाधिवक्ता अग्नि खरेल लाई मेरो बारेमा महान्यायाधिवक्ताको कार्यालयका त्यति खेरकै १ \२ जना कर्मचारीले कुरो लगाएपछि मलाई सुर्खेतबाट उठाउन कर लागेको रहेछ ।

खासमा मुख्य न्यायाधिवक्ता चकित पर्नु पर्ने होइन, मेरो काम गराईको तौरतरिका, मुख्य न्यायाधिवक्ताको कार्यालयमा बसेर त्यहाँका प्रदेश स्तरिय मन्त्रालय, मुख्य मन्त्रीको कार्यालय, उच्च अदालत सुर्खेतमा गरेको बहस पैरवी र प्रतिरक्षा, लिखित जवाफ मस्यौदामा पु्र्याएको भूमिका, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा कानून मस्यौदामा पुर्याएको भूमिका उहाँलाई मन परेको थियो ।

यसैगरी मुख्य न्यायाधिवक्ताको कार्यालय सुर्खेतमा बसेर कर्णाली प्रदेश मातहतका जिल्ला सरकारी वकिल कार्यालयहरुमा खेलेको समन्वयकारी भूमिका विभिन्न स्थानिय निकाय तथा प्रहरी प्रशासनमा अपनाएको समन्वयकारी भूमिका यी सबै देखेर मलाई बिदाई गर्न मन गरिरहनु भएको थिएन । तत्कालीन प्रदेश आन्तरिक तथा कानून मन्त्री नरेश भण्डारीले त  झनै मलाई छोड्नै मान्नु भएको थिएन ।   

मूख्य न्यायाधिवक्ताले मुख्य न्यायधिवक्ताको कार्यालय सुर्खेतको बार्षिक प्रतिवेदन २०७५ र ७६ तयारपारि प्रदेश प्रमुखको कार्यालयमा प्रस्तुत गरेपछि रमाना दिने कुरा महान्यायधिवक्ताको कार्यालका प्रमुख १ नं नायव महान्यायधिवक्ता खगराज पौडेल सँग कुरा राखेपछि मैले सो काम सकि मंसिर महिनाको पहिलो साता रमाना हुने कार्यक्रम बनाएँ। 

मोटरबाट यात्रा गर्न यसबेला सहज लागेन । यात्रा सहज र रमणिय बनाउन प्लेन टिकट काटेँ । सुर्खेतबाट नेपालगँज हुँदै काठमाडौं झर्ने र काठमाडौंबाट प्लेनका उडेर राजबिराज सप्तरी अवतरण गर्ने बिचार मनमा पैदा भयो । भर्खर कार्तिक महिना सकिएको थियो । राजबिराजमा धान काट्न शुरु भइरहेको थियो । हिउँ परेको थिएन । मौसम सफा थियो । यहि सफा मौसममा मलाई पूर्वि आकाशको हवाई यात्रा गर्न एकदमै मन लागिरहेको थियो ।

म गाडिबाट जाँदाको झमेलाबाट बच्न दिउँसो २०७६ साल मंसिर २ गतेको दिउँसो १.१० बजेको टिकट लिएको थिएँ । सबेरै काठमाडौ भक्तपुर स्थित स्कुल अफ ल छेउछाउबाट एअरर्पोटतर्फ हिँड्दापनि लोकन्थली देखि जरिबुटी र कोटेश्वर सम्मको त्यो बिघ्न जाम धौधौ ले पार भयो ।पौने एक बजिसकेको थियो दिउँसोको । मनमा एयर समय भित्र पुग्न सकिएन भने प्लेन टिकट रद्व हुने होकि भन्ने पनि कता कता लागिरहेको थियो । मलाई हतारले कुद्नु मात्रै भयो, दिउँसो १.१० बजे एयरपोर्टमा पुगेँ । सो समयमा भैरहवा पो उड्ने भएछ, हामीलाई उडाउने भनेको श्रीएयर ।

राजविराजको लागि हामीलाई २.०० बजेको डिले मिल्यो । मौसम बिहानैदेखि खराव नै थियो कुहिरोले ढाकेको, मधुरो घाम ।  चिसो पनि थियो, मनमा अनेक कुरा खेलिरहेका थिए । धैौधौ ले २.०० पनि बज्यो । फेरि पनि ३.३० को डिले भएको पो खबर मिल्यो ।एयरपोटमा कुरिरहँदाको छट्पटी कि त कुर्ने ब्यक्तिलाई मात्र पो थाहा हुन्छ कि त पुर्‍याउन जानेलाई थाहा हुन्छ। धन्न श्रीएयरले ब्यवस्थापनलाई सपार्यो , यात्रुलाई सान्त्वनानै दिएर भएपनि फकाउन बदाम कोक पानी खान दिएर भुलायो ।

बल्ल तल्ल ३.३० मा यात्रुलाई बोलायो, राजबिराज पुर्याउन प्लेनमा बसाल्नलाई । यात्रुहरु आबेगलाई सहेर अब त खुसि भए हामी छिनमै प्लेनभित्र खचाखच भरियौँ । फेरि हत्तपत्त उडेन । हामी उड्ने भनेको प्लेन किन उडेन भनेर बुझ्दा आकाशमा फेरि Air Jam भएको रहेछ ।हामी कुर्दा कुर्दा हत्तु हत्तु भइ सकेका थियौँ काठमाडौंबाट बल्ल बल्ल श्रीएयर उड्यो । हामीलाई सहयोग गर्ने विमान परिचारिकाले माईकिङ्ग गर्दै नआत्ति नडराई बस्ने भन्दै झण्डै आधा घण्टा समय नै लाग्ने बताइन् । उनको माईकिङ्ग गराइले पुनः ईश्वर सम्झिन पुग्यौँ।

करिव ४.१९ जति भैसकेको थियो हाम्रो समय । प्लेन काठमाडौंबाट पूर्ब राजबिराज सप्तरीतिर घ्वाँ घ्वाँको आवाज निकाल्दै अघि बढिरहेको थियो । उत्तरतिरका कपास र चाँदिझैँ सेताम्य हिमालले सबै आबेग र पर्खाईलाई मजाले बिर्साईरहेका थिए । प्लेन आाकाशिदै १५००० फिटमाथि उडिरहेको थियो बायुमण्डल कपास झैँ सेतो अनि शुन्दर देखिन्थ्यो ।विभिन्न आकार लिएका बादल र हुस्सुका गुच्छाले समय समयमा प्रकृतिलाई भिन्न चित्रमा देखाईरहेका हुन्थे ।

प्लेन त्यो बादलको गुच्छा माथि उड्दै थियो चुलिदै थियो, मलाई उदयपुर गाईघाट बजारका प्लेनमै परिचित ठूलो मिठाई पसलका एक साहुजिले पुर्बि भूगोलको विभिन्न स्थानको जानकारी दिदै, गराउदै यात्रालाई एकदमै आकर्षक नै बनाईरहनु भएको थियो ।  एकछिनपछि त हामी राजबिराजको आकासमाथि आकाशिदै नजिकै पुगिसकेका पो रहेछौँ । कालो हुस्सुमाथि प्लेन बेगबेगले उडिरहेको थियो, बिस्तारै  लटरम्म पहेँला धान झुलिरहेका भुईँ देखिन थाले । सम्म परेको भुभाग, वल्लो गाउँ पल्लो गाउँ, ठाउँठाउँमा हरिया रुखबृक्षले मन लोभ्याईरहेका थिए । भर्खरै धान काट्न शुरु भैरहेको रहेछ राजबिराजमा । देशका अन्यत्र पहाडी जिल्लामा तिहारको अघि नै धान काटि दाँइ हालेर पराल थुप्र्याई सकेका थिए।

प्लेन जव घुर्र घुर्र गरेर बस्यो राजबिराज एर्पोटमा, फेरि ईश्वर र पाईलट दुबैलाई धन्यवाद दिएँ मैले । किनकि हाम्रो जीवन सबै उहाँहरुको हातमा थियो जव मैले २०४७ सालदेखि प्लेनमा शयर गर्न थालेँ क्याप्टन र हाम्रो स्याहारमा खटिने एयर होस्टेजहरु लाई धन्यबाद दिनु मेरो सँस्कार बसिसकेको थियो । एकपल्ट फेरि पनि ढोगेँ राजबिराजको धर्तिलाई ,मेरो पहिलो र नौलो बसाई सफलताको लागि ।

एर्पोट बाहिर अटो र टुकटुके रिक्सा खचाखच थिए, एयरपोर्टको रिक्सा खोज्दा खोज्दै झण्डै साँझको पाँच बज्यो,अफिस बन्द भैसकेकोथियो । अफिसको आफ्नो गाडी हुँदाहुँदै पनि तत्कालिन कार्यालय प्रमुख  कामु सहन्यायधिवक्ता नारायण बहादुर थापाले गाडी पठाउनु भएन । यसैले पनि मैले अटो या टुकटुकेमा जानु पर्ने थियो । एयरपोट र्देखि पूर्वतिर कुनौलि नाका जानेबाटो रहेछ ।पश्चिमतिर राजबिराज जाने बाटो थियो बन्दै गरेको मात्र पिच हुन बाँकि ।

मलाई भने बिस्तारै वरिपरिका दृश्यले मन अनि आँखाहरु लाई तानिरहेका थिए, लोभ्याईरहेका थिए । टुकटुकेको तानातानले मलाई एकछिन जिल्ल बनाए । अटो टेम्पो भाइले हामिलाई टेम्पो माथि बसाले, साँझ परिसकेको थियो । उतिञ्जेल सूर्यास्त भैसकेको थियो मानिस एकसुरमा थिए । रिक्सावाला भाइ र म राजबिराज तिर रिक्साबाट हतारिदै अघि बढ्यौँ । स्थानिय बाटो कालोपत्रे हुने क्रममा रहेछ, त्यो बाटोको एक छेउ राजबिराज बजारतर्फ जोडिएको रहेछ । बजार भनेको राजबिराज पुगेको त्योबाटो रुपनितर्फ समेत जोडिएको रहेछ, रुपनी चोक सम्म पुगेपछि पूर्वतर्फ धरान बिराटनगर कोशी बिर्तामोड झापासम्म जाने बाटोसँग जोडिने रहेछ । अर्को त्यो रुपनी चोकबाट पश्चिम तर्फका तराईका जिल्ला हुँदै चितवन बुटवल हुँदै सुदुर पश्चिम सम्म जोडिने रहेछ । बाटोका खाल्डा खुल्डीले अटोलाई हम्मेहम्मे भयो धौधौ लेबजार सम्म पुर्यायो।

सरकारी वकिल कार्यालय सोध्दै अँध्यारो भैसकेको थियो, एउटाले सिकाईदियो उच्च अदालत बाट अघि बढ्दै हुलाकको छेवैमा जानुहोस् भनेर ।  हामी बाटो संकेत हेर्द  कार्यालय परिसरको ढोका अगाडी पुग्यौँ । अटो भाईले रू१००। मा भाडामागे मैले उनलाई भने जतिकै भाडा दिएर फिर्ता पठाएँ । अनेक अनुभव र भोगाइपछि सप्तरी जिल्लाको राजबिराज सम्म पुगेको यात्रा पहिलो पटकको भएकोले बाटोमा अनेक कष्टलाई बिर्षेर रमाइलो यात्राको सुखानुभूति अनि यात्रा स्मरणिय बन्यो ।


२०८२ साउन ६ ०९:५३ बजे

प्रतिक्रिया