जहाँ जाउँ जता जाउँ तिम्रै तस्विर् बसेको छ
यिँ आँखाका कुना कुना तिम्रै चित्र फसेको छ ।
जव म त्यो बादलुको घुम्टो च्याति झर्न खोज्छु
तिम्रो बिम्व चित्र बनी मुटुभित्र पसेको छ ।
किन होला आजभोली मौसम् पनि बदलिँदा
शीत पनि आँसु बनी त्यसै त्यसै खसेको छ ।
तिम्रा तीनि घरी घरी हेर्ने तिक्ष्ण नजरले
मेरो तन मनलाई मुटु भित्र कसेको छ ।
मेरो सामु दिन पनि रात बनी आई दिँदा
आजभोली यो मन् मुटु किनकिन तर्सेको छ ।
पोले पनि माया गर्छ पछ्याउँछ सुूर्य पनि
तिम्रै प्रेमको फूलभित्र यो देवकोटा घुसेको छ ।
नरेन्द्र देवकोटा (प्रशान्त) (२०८२\३\८\१० )
प्रतिक्रिया