कविता भंगेरी चरी

bimbonline नारायण योगी
२०८१ माघ ३० २०:०४ बजे

भँगेरी चरी  आज पनि  छट्पटिएर

आकाश तर्फ  भुर्र उड्छे

पखेटा  चाल्दै चाल्दै  थकित लखतरान भँगेरी

सधै झैं  आहार पाइने आशाका साथ

नियाल्दै भुईमा बल्ल  तल्ल ओर्लन्छे  

तर  त्यो  ठाउँको  अन्नको  थुप्रो त

एक  गेडा  पनि  नराखेर  कुन मनुवा आएर लगेछ?

ऊ सार्है जिल्ल पर्छे र सुईय सुस्केरा हाल्छे

मन  निकै व्यथित हुन्छ   उसले  सम्झन्छे 

बचेराहरू भोकले प्याक प्याक गरेको  दृश्य 

अनयासै, उसको आँखाबाट बर्रर आँशु झर्छन्

कति लोभी रहेछ मनुवाको जात

दुई चार दाना अन्नको  पनि  यति विधि  लोभ ?

उफ् गर्दै  लामो स्वास लिदै  गमी उसले

यही  भएर होला  

बेला  बेला  मानव आकृति कुरूप  बनेर  देखिने  

ऊ पखेटा  फट ,फटाउंदै हतार   हतारमा    आहाराको खोजीमा सुदुुर यात्रामा  निस्कन्छे

यता बचेराहरू च्यां च्या चु चुं गर्दै 

भोकले  तडपि रहन्छन् 

उता, यो सबै कार्यबाट  भंगेरो बेखबर छ

ऊ मुग्लानिया भएको छ  

ऊ गएको  पनि  कति  भै सक्यो  कति ? 

न त कुनै  चिठ्ठि  नत कुनै  पत्र  न त कुनै  खबर ? 

ऊ कहाँ  रल्लिएकोछ थाहै छैन 

ऊ एक्लै  छ कि  कोही अरू पनि? 

ऊ मन मनै  प्रस्न गर्छे,खै कस्तो छ त्यो  मुग्लान ?

गएपछि   चांडो  फर्कन खोज्दैनन् मुग्लानियांहरू

उसको  भगेरो  पनि त  फर्किएको छैन

उ पल भर सोचमा पर्छे ,

के ऊ साच्चिकै  न फर्कने त होईन? 

ऊ मन मनै पिरोलिदै सम्झन्छे 

यहाँ  कति   धेरै  जिम्मेवारीहरू छन् ?

यहाँ उसको मुटु  जोड जोडले चल्न थाल्छ 

आहः व्यथित बनेर  पल भर थकाइ  मेटन डालीमा बस्छे भँगेरी चरी  

तर उता  भोकले च्यां च्यां र चुं चुं गर्दै 

तडपि रहेका   बचेराहरूको  दृश्य  संझन्छे र 

कर्तव्य  को गर्हौं भारिलिएर  पखेटा  फटफटाउंदै 

आहारको खोजीमा  आकाश तर्फ   भुर्र  उड्छे

भँगेरी चरी  निरन्तर   उडि रहन्छे,  उडि रह


२०८१ माघ ३० २०:०४ बजे

प्रतिक्रिया