मनोहर र सुन्दरी स्कुल देखिका मायामा बाँधिएका प्रेमि प्रेमिका हुन् । जहाँ जाँदापनि एउटै मुटुझैँ देखिन्थे । उनिहरुको सम्बन्ध दिनसँग सूर्य र रातसँग जुनजत्तिकै थियो । पछिल्लो समय शुन्दरी बिस्तारै टाढाटाढा हुन थाली । भेट भएपनि न मनोहरको हात र औला समात्छे न त टाउको मुसार्छे । उसको हिमचिम नजिकको जयरामसँग बढ्दैछ, छिमेकीलेपनि उनिहरू सँगसँगै हिँडडुल गर्न थालेको दृश्य देखिरहेका हुन्छन् ।
शुन्दरीसँग बिवाह गर्न जयरामका आमाबाबु शुन्दरीलाई हाम्रो बसाई तराईतिर हुन्छ, त्यहाँ सबै कुराको सुविधा मिल्छ, यहाँ तिमी जस्ति मान्छेलाई दुःख गरेर बस्न सुहाउँदैन, तिम्रो र जयरामको खुवै जोडा मिलेको छ भन्दै फकाइरहेका हुन्छन् ।गाउँघरबाट यो कुरा मनोहरले गाइँगुइ सुन्छ । मनोहरले यो कुरा पत्याउँदै किनकी जतिचोटि शुन्दरीको मनोहरसँग भेट हुन्थ्यो आफुलाई तिम्रै हुने भन्ने कुराको बिश्वास दिलाइरहेकि हुन्थि ।
मनोहर पनि शहरमै स्नातक पढ्दै, सरकारी कार्यालयमा आफ्नो योग्यता अनुसार लोकसेवा आयोगबाट पास गरेर जागीर खाइरहेको थियो । एकदिन सुन्दरी तिमी बाहेक मेरो को छ र भन्दै मनोहरलाई भेटमा भनिरहेकि थिइ । मनोहर तिम्रो बिहे अर्कै सँग हुन लागेको छ भन्ने सुन्दैछु के हो बास्तविकता भनिरहेको थियो ।
अन्ततः सुन्दरीले जयरामसँग बिहे गरी । मनोहर छाँगाबाट खसे झैँ भयो । सपना हो कि बिपना भन्ने ठानिरहेको थियो । आँखाले देखेको कुरा पत्याउनै पर्यो । मनोहर बिहेको यो दृश्य देखेर पराइकी हुनै थियो भने मेरो जिन्दगी उजाड्न उसले म सँग प्रेम नगरेकै भए हुन्थ्योनि भन्दै घोत्लिरहेको थियो ।
(प्रशान्त) २०८१\७\२२र बिहिवार खलंगा, प्यूठान ।
प्रतिक्रिया