कार्ल मार्क्सको १८८३ मा देहाबसान हुँदा उनका अनन्य मित्र एबंं अथक सहयोद्धा फेडरिक एंगेल्सले मार्मिक शोक सन्देश दिएका थिए । उनले भनेका थिए १४ मार्चको दिउँसो पौने तीन बजे, संसारका एक महान विचारकको चिन्तन-क्रिया रोकियो । उनलाई मुस्किलले २ मिनेटका लागि एक्लै छोडिएको थियो होला। तर जब हामीहरू फर्किएर आयौँ, हामीले देख्यौँ कि उनी आराम गर्ने कुर्सीमा शान्तिले सुतेका थिए, सधैँका लागि । उनको मृत्युले यूरोप र अमेरिकाका जुझारु सर्वहारा वर्ग र ऐतिहासिक विज्ञानका लागि अपार क्षति भएको छ । यो ओजस्वी आत्माको महा–प्रस्थानले पैदा भएको अभाव मानिसहरुले छिट्टै नै अनुभव गर्नेछन्।
जीव प्रकृतिको क्षेत्रमा जसरी डार्विनले ‘विकास अथवा अर्ग्यानिक प्रकृतिको सिद्धान्त’ पत्ता लगाएका थिए, उसैगरी मानव इतिहासमा मार्क्सले विकासको नियम पत्ता लगाएका थिए । मार्क्सले सिधा सादा यो सत्य पत्ता लगाएका थिए। त्यतिन्जेलसम्म, विचारधाराको अतिबृद्धिले यसरी छोपेको थियो कि राजनीति, विज्ञान, कला, धर्म आदिमा लाग्नुपूर्व मानव जातिलाई गाँस, बास र कपास चाहिन्छ भन्ने अवधारणा थियो।
त्यसैले जीविकाका लागि निर्माण गरिने तत्कालिन भौतिक साधनहरुको उत्पादनकै आधारमा राजकीय संस्था, कानूनी संस्था, कला र यहाँसम्मकी धर्मसम्बन्धी धारणाहरू पनि विकसित हुने गरेका थिए। यसको अर्थ कुनै युगमा अथवा कुनै जातिले हासिल गरेको आर्थिक विकासको मात्राले राजकीय संस्था, धर्म, कला, राजनीति आदि सम्बन्धी अवधारणा बन्थ्यो। यिनै आधारको प्रकाशमा यी सबैको व्याख्या गर्न सकिन्छ। न कि यसको उल्टो, जस्तो कि अहिलेसम्म भइरहेको थियो। तर यति मात्रै होइन, मार्क्सले गतिको त्यस बिशेष नियमको खोजी गरे, जसले उत्पादनको वर्तमान पूँजीवादी प्रणाली र यस प्रणालीले उत्पन्न गराएका बुर्जुवा समाज दुवै नै नियन्त्रित छन्। अतिरिक्त मूल्यको आविष्कारले एकपटक त्यो उत्पादनको त्यस समस्याबारे प्रकाश पार्यो। र, सो विषयको जटिलता हल गर्ने कोसिसमा यस अघिका अन्वेषणहरू खेर गएका थिए। पूँजीवादी अर्थशास्त्रीहरूले गरेको प्रयास हुन् या समाजवादी समीक्षकहरूले, ती सबै अन्धअन्वेषण सावित भएका थिए।केवल दुईवटा आविष्कार मात्रै पनि एउटा जीवन सार्थक हुन्छ। त्यो मानिस भाग्यशाली हो, जसलाई यस प्रकारको एक पनि आविष्कार गर्ने सौभाग्य प्राप्त हुन्छ । तर जुनजुन क्षेत्रमा मार्क्सले खोजी गरे, ती खोजीमध्ये कुनै पनि क्षेत्रको खोजी सतही थिएन। यहाँसम्म कि मार्क्सले गणितमा समेत स्वतन्त्र रूपमा अध्ययन गरे। त्यस्ता वैज्ञानिक थिए मार्क्स। तर उनको वैज्ञानिक रूप उनको जीवनको आधा अंश पनि थिएन। मार्क्सका लागि विज्ञान ऐतिहासिक रूपले एक गतिशील र क्रान्तिकारी शक्ति थियो ।
वैज्ञानिक सिद्वान्तहरूमा, कुनै नयाँ खोजको व्यवहारिक प्रयोगबारे अनुमान लगाउन तत्कालै सम्भवै नभएपनि उनी नयाँ खोजीहरूमा आनन्द मान्थे। तर त्यस्ता खोजहरूमा मार्क्स साह्रै खुशी हुन्थे, जसको आविस्कारका कारण समाजमै तत्कालै प्रभावहरू देखिन्थे। खासगरी ऐतिहासिक विकासका कुरामा । त्यस्ता अवस्थामा भने उनलाई बिल्कुलै फरक खालको प्रसन्नताको अनुभव हुन्थ्यो। उदाहरणका लागि विजुलीका क्षेत्रमा भएका आविष्कारको विकास क्रम र खासगरी त्यतिखेरसम्म मर्सेल देप्रेले गरेको आविष्कारबारे मार्क्सले निकै गहिरोसँग अध्ययन गरिरहेका थिए।
मार्क्स सर्वोपरी क्रान्तिकारी थिए। जीवनमा उनको खास उद्देश्य कुनै न कुनै किसिमले पूँजीवादी समाज र त्यसबाट पैदा हुने राजकीय संस्थाको ध्वंस गर्नमै थियो। आधुनिक सर्वहारा वर्गलाई स्वतन्त्र गर्नमा उनको योगदान थियो। र, सर्वहाराहरूलाई सबैभन्दा पहिले मार्क्सले नै आफ्नो स्थिति र आवश्यकताहरूप्रति सचेत गर्दै बताएका थिए कि, किन र कुन अवस्थामा उनीहरूको मुक्ति हुनसक्छरु संघर्ष गर्नु मार्क्सको स्वभाविक गुण थियो। र, उनले त्यस्तो जोस, लगन र यस्तो सफलताका साथ संघर्ष गरे, जसको कुनै प्रतिद्वन्दी नै छैन।
प्रतिक्रिया