जातीय छुवाछूत भेदभाव अन्य मुलुकहरुमा अन्त हुँदै आएपनि हाम्रो देश नेपालमा अहिले पनि कायम छ ? कतिपय मान्छेहरूले भन्ने गरेको छन कि नेपालमा छुवाछूत भेदभाव छैन खालि गाउँघरमा अज्ञानताको कारण छुवाछूत गरिएको छ।नेपालका राजनीतिक पार्टीहरू के अव शासन दिएका छन भने हाम्रो सरकार आयो भने देश गरिबी बाट मुक्त गराउँछौ ।छुवाछूतको अन्त गराउछौ हामी हो यो देशको मुहार फेर्ने भनेर ठुला ठुला गफाडी कुरा गर्छन। तर यहाँहरुलाइ थाहा भएकै कुरा होकि २०२० सामा पनि कानुन बनेको थियो र छुवाछूत भेदभाव अन्त गर्ने कसैले कसैमाथि भेदभाव गर्नु पाइने छैन भनेर कागजमा लेख्ने कामभयो तर दलित जातिमाथि सबैभन्दा बढि अन्याय अत्याचार राजाका पालमा भएको कुरा सबैलाई थाहा भएकै कुरा हो।
२०१७ देखि २०४६ साल सम्म नेपालमा जातीय छुवाछूत भेदभाव धेरै भयो आज राजा आउ देश बचाउ भन्नेहरुले राम्रोसँग बुझन जरुरी छ किन राजतन्त्रको शासन कालमा धेरै छुवाछूत भएको हो। म अहिले यो बिषयमा धेरै लेख्ने पट्टि लाग्दैन खासमा मैले यो लेख महिला माथि हुने छाउपडी को नामा पाइने दुःख पीडाबारे केही लेख्ने प्रयास गरेको छु । खासमा भन्नू पर्दा बालिका किशोरावस्थामा प्रवेश गरेदेखि सुरुहुने रजस्वला अथवा महिनावारी स्वभाविक जैविक प्रक्रिया हो । जस्तै शरीरमा भएका रागरसरहरु विकसको मात्रामा हुने परिवर्तनले महिनावारी हुन्छ। साथै यो प्राकृतिक सरसफाइ पनि हो र महिनावारि बार्ने जस्तै छुई ,परसर्ने तथा छाउ प्रथा जस्ता विभिन्न थरिका नाम दिइएको छ। साधारणतया १२ देखि १५ बर्षको उमेरदेखि सुरु हुने महिनावारी सामान्यतया ४५ देखि ५५ बर्षभित्रमा सकिन्छ भन्ने कुरा विज्ञान सम्बन्ध छ ।
नेपाली समाजमा महिलालाई हेर्ने दृष्टिकोण नै फरक छ किनभने एउटा आमाको कोख बाट जन्मेका सन्तानहरु छोराछोरी मध्ये छोरीलाइ फरक नजरले हेर्ने चलन छ। छोरी पराय घरमा जाने हो छोरा हामी सँग रहनेछ भन्ने हेतुले छोरालाई राम्रो खानादिने राम्रो लगाउन दिने राम्रो स्कुलमा पढन लगाउने तर छोरी लाई भने तिमी पराय गरमा जाने भएकोले घरको काम गर्न सिक खाना बनाउन भाडाकुडा माझ्न सिक लिपपोत गर्नु सिक छोरीको जातले काम नसिकेर हुदैन पराया घरमा गएपछि आमा बाबुले गालि खानुपर्ने हुन्छ भनेर छोरीलाई आमाबुबाको घरबाटै मानसिक रुपमा कमजोर बनाइन्छ यसरी समग्रमा हेर्दा छोरीलाइ जन्मजातै बाटै अपमानित र अपहेलित भएकोमहसुस हुँदै आएको छ ।
अर्को खतरानाक कुरा त केछ भने छोरी पहिलो पटक रजस्वला अथवा महिनावारी हुदा आमाले भन्ने गरिन्छ बुबा र दाइभाइको सामने आउन हुदैन लुकेर बस्नु पर्छ भनेर उनलाई तनाव पैदा गरिन्छ कुनै कारण स्कुल लगाएको भएपनि स्कुल जानू हुदैन किताब कापि समाउन हुदैन सरस्वती रिसाउछिन हाम्रो धर्म नास हुन्छ भनेर स्कुल जान रोक लगाइन्छ यसरी एउटा महिलालाई जन्मदा देखिनै हरेक ठाउँमा रोक लगाएर अपमान गरिन्छ नेपाली समाजमा छाउपडी प्रर्थालाइ हिन्दु धर्मसित जोडेर हेर्ने गरिन्छ खासमा महिलाहरु महिनावारी भएपछि कसैलाई छुन हुदैन विवाहित महिला महिनावारी भयो भने कम्तिमा पाँच दिन गोठमा सुत्नु पर्ने हुन्छ भने अविवाहित महिलाहरु अथवा छोरीहरु रजस्वला भएपछि कम्तिमा पनि आठदिन सम्म गोठमा सुत्नु पर्ने हुन्छ ।
हाम्रो हिन्दु धर्ममा सीता , पार्वती, लक्ष्मी सरस्वती लाई भगवान रुपि देवि भनेर मुर्तिपुजा गरिन्छ के उनीहरु रजस्वला भएकि थिइनन? पक्कै पनि उनीहरुपनि महिनावारी भएकि हुन। उनीलाइ हिन्दु समाजले भगवानको रुप भने हुनाले पबित्र मानिन्छ तर हाम्रो घरमा जन्म लिएकि छोरीहरु लाई महिनावारी भएपछि भैंसी गोठमा बस्नु पर्ने नत्र अलग्गै बस्नु पर्ने चलन नेपाली समाजमा हिन्दु ब्राह्मणवादी संस्कार संस्कृतिले गर्दा महिलाहरू महिनावारी भएको नाउँमा धेरै दुःख पाई रहेका छन खास गरि सुदूपश्चिम प्रदेश र कर्नालीप्रदेश तिर भने अझै पनि महिलाहरुले महिनावारी भएपछि धेरै टाढा बस्नु पर्ने प्रथा चलन रहेका छन।
कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीया कमला आउजी गत वैशाखमा भारतबाट फर्किएकी थिइन् । श्रीमानसँगै भारतमा मजदुरी गर्दै आएकी कमला छोरालाई पढाउन भनेर घर फर्किएकी हुन।उनका ६, ८ र १२ वर्षीय छोराहरू विद्यालय भर्ना भएर पढिरहेका थिए । भारतमा मजदुरी गरेर दुःख गरेको पैसाले कमलाले कृष्णपुरमा हालै एक तले पक्की घर पनि बनाएकी थिइन् ।शुक्रबार साँझ कमला आउजीलाई महिनावारी भयो । छाउ बार्ने परम्पराअनुसार उनी महिनावारी भएका बेला छाउगोठमा बस्दै आएकी थिइन् । घर नजिकै कच्ची छाउकोठ पनि बनाइएको थियो तर शुक्रबार भने उनी आफ्नो घरको आगनमै बनाइएको छाउगोठ पानी परेपछि चुहिने भएकाले बसिनन् । नातामा जेठाजुसमेत पर्ने छिमेकी सुके आउजीको घरमा बनाइएको छाउगोठमा सुत्न गएकी थिइन् । तीन छोरालाई घरमा सुताएर छाउगोठमा सुत्न गएकी कमलालाई सुतेकै बेला सर्पले टोकेर ।बाँया गालामा सर्पले टोकेको थाहा पाएपछि उनले छरछिमेकीलाई खबर गरेकी थिइन बोल्न सक्ने अवस्थामै रहेकी कमलालाई टोकेको करेत सर्प उनको विस्तरा नजिकै हिंडिरहेको अवस्थामा भेटिएको भिडियो समेत स्थानीयले बनाएका थिए ।
अनि किशोरीहरु रजस्वला भएर अलग्गै झोपडिमा सुति रहेको बेला सर्पले टोकेर सानै उमेरमा मृत्यु भयो के किशोरीको केही गल्ती थियोे कि थिएन? उनको गल्ती भने महिनावारी भएको थियोे महिनावारी हुन भनेको उमेर पुगेका छोरीहरु किशोरी अवस्थामा हुने हरमन हो जो गर्भास्थाको लागि तयारी हुने हरमन भन्ने गरिन्छ ।यो कुरा वैज्ञानिकहरुले भनेको कुरा हो जुन महिलामा महिनावारी हुदैन उसले बच्चा जन्माउन सक्दैन यो कुरा आम रुपमा थाहा भएको कुरा हो ।महिलाहरु रजस्वला भएको बेला जुन भेदभाव गरिन्छ त्यो गलत छ। महिलाहरु महिनावारी हुने कुरा सामन्य प्रक्रिया एव प्राकृतिक कुरा हो। हिन्दु समाजमा महिनावारीलाई अछुतको रुपमा हेरिएको छ त्यो सरासर गलत छ आज पढेलेखेका महिला दिदीबहिनीहरुले पनि आफुले भोग्दै आएको पिडा बाट ज्ञान सिकेर समाजमा चेतना जगाउन सकि राखेका छैन।
सुदूरपश्चिम प्रदेशका बैतडी बझाङ दार्चुला डडेल्धुरा डोटी कैलाली कञ्चनपुर अछाम बाजुरा लगायत पहाडी जिल्लाहरुमा महिनावारी भएपछि अलगै बस्न लगाइन्छ टाढाबाट खाना र पानी खन्याएर दिन्छन अहिले विश्व २१ सौं शताब्दीको युगकोमा छ।यसलाई वैज्ञानिक युगपनि भन्ने गरिएको छ तर अहिले पनि महिलाहरु महिनावारी हुदा टाढिनु पर्ने त्यहि कारणले ज्यान फाल्नु पर्ने भयो ? यो कति अवैज्ञानिक कुरा छ एउटि किशोरीले यो संसारमा जन्म लिएपछि पढेलेखेर राम्रो मान्छे भन्ने सोचराखेको हुन्छ तर जब उक्त छोरी पहिलो चोटि रजस्वला हुदा तब उसलाई अछुत भनेर अलगै बस्नु पर्ने कुरा थाहा हुन्छ ।भैंसी गोठमा बसालिन्छ या अलग्गै सानो झोपडि बनाएर आठ दिन सम्म मुख नदेखाइ बस्नु पर्दछ । त्यहि कारणले सर्पले टोकेर मृत्यु हुने गरेको छ साथै त्यहि दिन देखि पुरुषहरुले गलत दृष्टिकोणले हेर्ने गरिन्छ ।
समग्रमा भन्नु पर्दा महिला माथि जुन छाउप्रथाका नाममा भेदभाव गरिन्छ यसको अन्त हुन जरुरी छ। यसै कारण धेरै मान्छेहरु धर्म परिवर्तन गरेका पनि छन तर धर्म परिवर्तन गरेर दलितहरु र महिला माथिहुने भेदभावको अन्तहुदैन छुवाछूतको अन्त गर्नेका लागि ब्राह्मणवादी संस्कार संस्कृति बोकेका हरुको सोच बदलिन जरुरी छ साथै आफू माथिभएको अन्याय र अत्याचारको बिरुद्ध लडन आफै सच्चिनु पर्ने हुन्छ।
(लेखक एकता समाजका नेता हुनुहुन्छ)
प्रतिक्रिया