कार्ल माक्र्सको जन्म जर्मनमा भएको थियो । उनको मृत्यु बेलायतमा
भएको हो । माक्र्स जीवनको प्रारम्भमा जर्मन दार्शनिक हेगलबाट प्रभावित भएका थिए । हेगेल कै अनुयायी
भएका थिए। पछि उनले आफ्नो दर्शन माक्र्सवाद ( द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद
) को प्रतिपादन गरे । विकास गरे । उनले आफूले बिकसित गरेको माक्र्सवादी दर्शनको बारेमा
भनेका छन् । उनले गरेका केही होइनन् । मात्र टाउको भरमा उभिएको हेगलको दर्शनलाई
उल्टाठएर खुट्टाको भरमा उभ्याइदिएका हुन् । उनले यसो
भन्नुको खास कारण के थियो भने आध्यात्मवादी चिन्तनबाट उत्प्रेरित हेगलको दर्शनलाई
उनले उल्टाइदिएर भौतिकवादमा उभ्याइदिएका हुन् । कुरा के भने माक्र्सले हेगलको
सिध्यान्त प्रतिसिध्यान्त र समन्वय वा संस्लेषण तथा बिरोधी शक्तिबीच एकता र संघर्ष, मात्रात्मक परिवर्तनदेखि गुणात्मक परिवर्तन
तथा निषेधको निषेधको नियम वा प्रणालीलाई अवलम्बन गरेका थिए । ग्रहण गरेका थिए । स्टालिनले
माक्र्सको बारेमा लेखेका छन् माक्र्सले माक्र्सवादको विकास वा संयोजन फायरवाखको
भौतिकवाद र हेगलको थिसिज एन्टी थिसिज तथा सिन्थिसिज एवं बिरोधी शक्तिबीच एकता र
संघर्ष , मात्रात्मक परिवर्तनदेखि गुणात्मक
परिवर्तनदेखि गुणात्मक परिवर्तन तथा निषेधको निषेधको अवधारणा वा प्रणालीका आधारमा
गरेका हुन् ।
माक्र्सले माक्र्सवादको विकास कथेर गरेका होइनन् । भैरहेका
छिरलिएका चीजलाई एक ठाउँमा एकत्रित गरेर त्यसलाई पूर्णता दिने क्रममा गरेका हुन् ।
यसैले माक्र्सवादमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा हिराक्लिटिसको निरन्तर परिवर्तन
तथा बिकासका अवधारणा पनि परेका छन् । डिमोक्रिटसको अणु सिद्धान्तका अवधारणा पनि
परेका छन् । सोक्रेटिसको डायलगका कुरा पनि परेका छन् । फायरवाखको भौतिकवादी
अवधारणा पनि परेका छन् । हेगलको परिवर्तन र विकासको द्वन्द्वात्मक पद्धति
वा प्रणाली पनि परेका छन् । यी र यस्तै थुप्रै कुराको कुल योग नै माक्र्सवाद हो
जसलाई पछि लेनिन स्टालिन र माओले अझ विकसित गर्दै लएका थिए ।
माक्र्सवादको विकास माक्र्स र एंगेल्सले गरेका हुन् । माक्र्सवादको
पहिलो बर्णमाला कम्युनिष्ट पार्टीको मानिफेस्टो एंगेल्सले लेखेका हुन् । यस
सम्बन्धमा एंगेल्सले भनेका छन् कम्युनिष्ट पार्टीको मानिफेस्टो मैले लेखे पनि मैले
माक्र्सले दिएको बुँदामा आधारित रही लेखेको हुँ । माओले माक्र्स एंगेल्सको मानिफेस्टोको विषयमा
चर्चा गर्दै भनेका छन् उनी हरेक बर्ष एकपल्ट कम्युनिष्ट पार्टीको मानिफेस्टो पढ्ने
गर्दछन् र त्यसमा नयाँ नयाँ कुरा भेट्ने गर्दछन् । माक्र्सबादमा एंगेल्सका नाम जोड्ने कि भन्ने प्रश्नका
जबाबमा उनले त्यसको आवश्यकता छैन भनेका छन् । उनले के भनेका छने भने म नभए पनि
माक्र्सवाद जन्मिने थियो । तर माक्र्स नभएको भए माक्र्सवाद जन्मिने थिएन । यसैले
यसको नाम माक्र्सवाद भन्दा पुग्दछ । उनको नाम जोड्न आवश्यक छैन ।
एगेल्सले बिरोधी शक्तिबीच एकता र संधर्ष , मात्रात्मक परिवर्तनदेखि गुणात्मक परिवर्तन र निषेधको
निषेधको पद्धतिलाई यसरी व्याख्या विश्लेषण गरेका छन्– हरेक वस्तु समाज वा चीजमा दुई विपरीत तत्व
निगेटिव र पोजिटिभ हुन्छन् । तिनीहरूबीच परस्परमा एकता संधर्ष दुबै हुन्छ ।दुई विपरीत तत्वबीच एकता नभई सघर्ष
हुँदैन । परस्परमा संधर्ष गरेर नै गति प्राप्त गर्दछन् । परिवर्तन हुन्छन् तथा
विकसित हुन पुग्दछन् । नयाँ बस्तुमा रुपान्तरित हुन पुग्दछन् । यसरी नै सामन्तवाद
पूंजीवादमा परिवर्तन हुन्छ । विकसित हुन्छ । पूंजीवाद समाजवादमा रुपान्तर हुन्छ ।
विकसित हुन्छ । परिर्तन एक अवस्थाबाट अर्का अवस्थामा हुँदा मात्रात्मक परिवर्तन
हुँदै गुणात्मक परिवर्तन हुन पुग्दछ । एंगेल्सले मात्रात्मक परिवर्तनदेखि गुणात्मक
परिवर्तनको उदाहरण पानी मार्फत दिएका छन् । चिसो पानी तात्दै जानु मात्रात्मक
परिवर्तन हो । पानी तातेर वाफ बन्नु गुणात्मक परिवर्तन हो । बाफ फेरि पानी हुनु
गुणात्मक परिवर्तन हो । पानी हिउँ हुनु पनि गुणात्मक परिवर्तन हो । एंगेल्सले निषेधको निषेध बुझाउन जौको दानाको
उदाहरण दिएका छन् हामीले जौको एउटा दाना रोपेमा त्यसबाट सयौं
दाना फल्दन् । रोपेको पुरानो दाना निषेध हुन्छ । त्यसको ठाउँमा नयाँ सयौ दाना
प्राप्त हुन्छन् ।
माक्र्सले भनेका थिए उनी अझ माक्र्सवादी हुन सकेका थिएनन् ।
माक्र्सले शुरुमा नै भनेका थिए – अझसम्म दार्शनिकहरूले
संसारको वाख्या मात्र गरेका छन् अव आवश्यकता छ संसार बदल्ने । माक्र्सवाद संसार
बदल्ने दर्शन हो । माक्र्सवाद भन्दछ संसारमा जुन बस्तु छन् ती बस्तु पहिलेदेखि नै थिए । हामी कुनै
सर्वथा नयाँ बस्तु उत्पन्न वा सृजना गर्न सक्दैनौं । जसलाई हामी नयाँ बस्तु
भन्दछौं त्यो पृरानो बस्तु नयाँ बस्तुमा रुपान्तर भएको मात्र हो । माक्र्सवाद
भन्दछ बिचारले बस्तु पैदा गर्ने होइन कि बस्तुले बिचार उत्पन्न गर्दछ । लेनिन
भन्दछन् बिचार वा मस्तिष्क बस्तुको उच्चतम रुप हो ।
प्रतिक्रिया