डम्मर धामी,काठमाडौं । आगामी मंसिरमा हुने निर्वाचन जति असहज पार्टीलाई टिकट वितरण परेको छ त्यो भन्दा ठुलो अन्योल भोट हाल्दा पर्ने देखिएको छ । विचार र आस्थाको राजनीतिको अन्त्य गरि गाणितीय राजनीतिको बिकास भएकाले जनताले भने यसलाई अहिले नै सजिलैसँग बुझने क्षमता राख्न सक्दैनन् ।
आगामी मंसिरामा हुने निर्वाचन गठबन्धन भर्सेज गठबन्धन हुने भएको छ । अहिलेको निर्वाचनमा कुनै पनि पार्टीले एक्लै निर्वाचनमा जाने आँट गरेका छैनन् । एक दुई साना पार्टी बाहेक । अहिले गठबन्धमा रहेका विभिन्न पार्टी जनता समाजवादी पार्टी (जसपा) बाहेक बाँकीको गठबन्धन भने कयम नै रहेको छ । सिट र गणितिय हिसाब नमिल्दा नै जसपाले अहिले सत्ता गठबन्धन छोडेको हो ।
अहिलेको सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत र राष्ट्रिय जनमोर्चा लगायतका पार्टीहरू रहेका छन् । एक्लै निर्वाचन लड्ने हुड्को पिटिरहेको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पनि सत्ता गठबन्धन भन्दा ठुलो महागठबन्धन बनाएर निर्वाचन जाने भएको छ । एमालेको नेतृत्वमा नेकपा एमाले,जनता समाजवादी पार्टी, राप्रपा र सिके रावत केन्द्रको पार्टी र अन्य पार्टीहरू रहेका छन् । यसरी पार्टीहरू गठबन्धन बनाएर निर्वाचनमा जानु गणतन्त्रलाई नै कम्जोर बनाउने कार्य र सत्ता स्वार्थ भन्दा केही पनि होइन् ।
राजनीतिक अस्तित्व नै धरापमा
दलीय राजनीतिक अपनाएका देशमा विभिन्न अजेन्डाका पार्टीहरू हुन सामान्य हो । पार्टीहरूले आफ्ना विकासका एजेन्डा र मुद्धा ल्याएर निर्वाचन जानु कर्म हो । निर्वाचनमा कुनै पार्टीको स्पष्ट बहुमत नआएछी विभिन्न पार्टीहरूको सहकार्यमा सरकार बनाएर देशलाई हाक्नु संसदिय प्रणालीको अभ्यास र मान्यता हो । तर निर्वाचन अगाडी नै गणितीय हिसाब गरि सरकारमा जान मात्रै जनतामा जाने कार्य गणतन्त्र माथिको नै प्रहार हो ।
भरखरै अस्तित्वमा आएका पार्टीहरूको पहिचानलाई कता कता यस्तो राजनीतिक अभ्यासले समाप्त पारी फेरि तानाशाह र जहानिय अभ्यासको झल्को दिने छ । अहिले नेपालमा जनतामा राजनीतिक चेतनाको विकास नभई सकेको अवस्थामा जनताले विचार र सिद्धान्तको पार्टी छान्न सक्ने क्षमता राख्न सक्दैनन् । अहिले पनि नेपाली जनता जसले निर्वाचनको समय एक छाक मासु भात दिए उसलाई भोट हाल्न बाध्यतामा छन् । नेपालका राजनीतिक पार्टीहरूले सिद्धान्त र विचारको राजनीति छोड्दै गएको कुरा त निर्वाचनमा सिद्धान्त विधि र पद्धतिको कुरा गर्नेहरूलाई पाखा लगाएको कुराहरूबाट पनि प्रस्ट हुन्छ । यसलाई थप व्याख्या गर्न आधारहरू विभिन्न ठाउँमा विभिन्न पार्टीहरूले दिएका बागि र विद्रोहि र स्वतनत्र उम्मेदवार हुन् ।
अहिले नेपाली राजनीतिमा एजेन्डाहरू ओझेलमा छन् । स्वच्छ र स्वतन्त्र चुनाव कसरी गर्ने, कसैलाई चासो छैन । नेपालको राजनीतिकमा नत अहिले सम्मका नेतृत्वले नै आश दिन सक्यो नत अब हुने कुनै संकेत नै देखिएको छ । जनताको अवस्था र वाध्यता जस्ताको त्यस्तै छन् , फेरियो त फगत व्यक्ति र शासन गर्ने अनुहार मात्रै । नागरिकका समस्याले कहिले विश्राम पाएन जनताले विकासका लागि ल्याएका प्रशन र चालेक कदमहरु अनउत्तरित रही रहे । नेतृत्वलाई सत्ताको मोहले च्यापी रह्यो ।
हाम्रा वैचारिक विविधताहरू ६ प्रकारका राजनीतिक धारमा आबद्ध छन् । पहिलो, उदार लोकतन्त्रवादी धार, जसको नेतृत्व मुख्यतः नेपाली कांग्रेसले गर्छ । दोस्रो, मार्क्सवादी समाजवादी धार । यो धारको नेतृत्व मूलतः एमालेले गर्छ ।
लेनिनवादी कम्युनिस्ट पार्टी हो । यो धारभित्र आजको नेकपा माओवादी र एकीकृत समाजवादीलगायत अन्य सानातिना कम्युनिस्टहरू पनि रहेका छन् ।तेस्रो धार हो— संघीयतावादी पहिचानवादी धार, जसभित्र मधेशवादी पार्टीहरू पर्छन् । चौथो धार उग्र वामपन्थी कम्युनिस्ट धार हो । यो समूहमा विप्लव, वैद्यलगायतका कम्युनिस्ट पार्टीहरू पर्छन् । पाँचौं धार पुरातनवादी धार हो, जसभित्र राप्रपा वा राजावादीहरू पर्छन् । छैटौं धारमा नयाँ, स्वतन्त्र र वैकल्पिक शक्तिहरू पर्छन्। यसको अर्थ दलहरू फरक छन् । यही फरकपन नै राजनीतिक दलहरूको मुख्य पहिचान हो ।
प्रतिक्रिया