मिराज ढुंगाना नेतृत्वको जेनजी समूह र प्रहरीबीच प्रधानमन्त्री निवास अगाडि धक्कामुक्की भएको छ । प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गर्न पुगेको समूहलाई प्रहरीले रोक्न खोजेपछि केहीबेर घम्साघम्सी परेको हो ।
फागुन २१ गते तोकिएको प्रतिनिधिसभाको निर्वाचन बहिष्कार गर्ने बताउँदै आएको मिराजको समूह सोमबार प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न सिंहदरबार जान खोजेको थियो । तर, प्रहरीले प्रधानमन्त्रीको व्यवस्तताको कारण देखाउँदै प्रवेश नदिएपछि गेटमै ज्ञापन पत्र टाँसेर फर्किएका थिए ।
मिराजको समूहले हिजो पनि प्रधानमन्त्रीलाई भेट्न पाउनुपर्ने भन्दै सिंहदरबार गेटमा पुगेर होहल्ला गरेको थियो । तर, प्रहरीले उनीहरुलाई धकेलेर साइड लगायो ।
सिंहदरबारमा प्रवेश नपाएपछि आज बालुवाटार पुगेर नाराबाजी गरेका उनीहरूलाई प्रहरीले सुरुमा निषेधित क्षेत्रबारे जानकारी दिँदै सम्झाएको थियो । तर, अटेर गरेपछि प्रहरी धरपकडमै उत्रिएको र सोक्रममा धकेलाधकेल भएको बताइएको छ ।
प्रतिक्रिया