क्रान्तिकारी कम्युनिष्ट पार्टीले गर्यो देशभरि भण्डाफोर सभा

साम्राज्यवाद , प्रतिगमन , तथा यथास्थितिको विरोध गरौं स्वाधीन संयुक्त सरकार गठन गरौं

bimbonline बिम्ब अनलाइन
२०८२ मंसिर ९ १७:४३ बजे

साम्राज्यवाद , प्रतिगमन , तथा यथास्थितिको विरोध गरौं  स्वाधीन संयुक्त सरकार गठन गरौं  भन्ने मुल नाराकासाथ क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ५ नम्बर ब्यूरोले बुटवलमा जनसभा सम्पन्न गरेको छ ।

जनसभा कार्यक्रममा प्रमुख अतिथि पार्टीका स्थायी समिति सदस्य कृष्ण पौडेलले सबै जनताको समस्या जनवाद हुँदै समाजवादी ब्यवस्थाले मात्रै गर्ने बताउदै अहिलेको अवस्थामा स्वाधीन संयुक्त सरकार बनाउन आवश्यक रहेको जिकिर गर्नुभयो । अहिले अमेरिकी साम्राज्यवाद नेपालमा हाबी भएको र सुशील कार्की नेतृत्वको सरकार उसैका एजेन्टको रहेको  बताउनु भयो । पौडेलले  जेनजीलाई सचेत रहन अनुरोध गर्दै , देशभक्त जेनजी ,क्रान्तिकारी शक्ति , बामपंथी शक्ति सबै मिलेर स्वाधीन सरकार निर्माणमा  लाग्नुपर्ने कुरामा जोड दिए । उनले निर्वाचन अनिश्चित रहेको र निर्वाचन भएपनि त्यसले जनताका तमाम समस्या समाधान गर्न  नसक्ने आरोप लगाए ।

 ५ नम्बर ब्यूरो सचिव कमरेड जितामित्र सुनारको अध्यक्षतामा सम्पन्न सभामा वैकल्पिक पिविएम  कृष्ण केसी , दिपक पौडेल , पार्टीका केन्द्रीय  सदस्य तथा क्रान्तिकारी किसान महासंघका प्रतिनिधि क्षेत्र बहादुर थापा ,  बामपंथी नेता प्रेम सुवेदी ,   क्रान्तिकारी महिला संगठन केन्द्रीय सचिवालय सदस्य  लक्ष्मी न्यौपाने लगायतले  आफ्नो धारणा राख्दै    अबको अग्रगामी राजनीतिक निकास स्वाधीन संयुक्त सरकारको विकल्प नरहेको बतएका थिए ।  ५ नम्बर ब्यूरो सदस्य रवि पान्डेले  गरेका थिए।

 पोखरमा स्थायी समिति सदस्य रामसिह श्रीसले गरे सम्वोधन

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले आज देशैभर साम्राज्यवाद, प्रतिगमन तथा यथास्थितिको विरोध गरौं  स्वाधीन संयुक्त सरकार गठन गरौं  भन्ने माग राखि  देशभरका मुख्य १६ वटा सहर महेन्द्र नगर,धनगढी,सुर्खेत,घोराही,बुटवाल,बाग्लुङ्ग बजार,पोखरा,भरतपुर,विदुर,काठमाडौं,धुलिखेल,बिरगञ्जे हरुमा एकैपटक जनसभा कार्यक्रम  सम्पन्न गरेको छ। 

आज पोखराको लखन चोक(पृथ्वी चोक)मा पनि एक  जनसभा कार्यक्रम सम्पन्न भएको छ।उक्त कार्यक्रमको  प्रमुख वक्ता पार्टी   स्थायी समिति सदस्य रामसिं श्रीस हुनुहुन्थ्यो। उहाँले सम्बोधनको क्रममा भन्नु भयो।लामो समयदेखि देशले भोग्दै आएको भ्रष्टाचार, कुशासन, ठगी, महङ्गी, कालोबजारी, मानव तस्करी, अनियमितता, घुसखोरी, भिजिट भिसा, हत्या आदि जस्ता अत्यन्त जनघाती तथा राष्ट्रघाती कार्यका विरुद्ध आम जनताले आवाज उठाइरहेका बेला जेनजी पुस्ताले भ्रष्टाचार र सामाजिक संजालमाथिको प्रतिबन्धको विषय उठाई भाद्र २३ गते शान्तिपूर्ण विद्रोहको थालनी गर्यो। उक्त न्यायपूर्ण बिद्रोहलाई दबाउन नेपाल सरकार पाशविक तथा फासिवादी दमनमा उत्रियो। दर्जनौ युवाहरु मारिए । त्यसमाथि, अमेरिकी साम्राज्यवादद्वारा संचालित आइएनजीओका नाइकेहरुले वास्तविक देशभक्त जेनजीलाई पछाडि धकेलेर कथित जेनजीको नाममा गराइएको विध्वंशका कारण देशले भाद्र २४ गतेको दुःखद परिणाम भोग्नु पर्यो। व्यक्तिका निजी सम्पत्ति मात्र होइन, न्यायपालिका, कार्यपालिका तथा व्यवस्थापिकाका सर्वोच्च अड्‌डाहरु समेत ध्वस्त पारिए। देशलाई अमेरिकी साम्राज्यवादको अधीनस्थ बनाउने कृत्सित अभिप्रायले विध्वंश गराइएको भएतापनि अन्ततः अमेरिकी साम्राज्यवाद तथा भारतीय विस्तारवादको सहमतिमा सुशिला कार्कीलाई सरकारको नेतृत्व सुम्पिने निर्णय गरियो, संसद विघटन गरियो र कैयौ खुंखार अपराधीलाई समेत जेलमुक्त गरियो । मात्र दुई(तीन दिनमै विगतका जनयुद्ध, जनसंघर्ष तथा जनआन्दोलनका उपलव्धिहरुलाई समाप्त पारेर देशलाई प्रतिगामी दिशामा लैजाने काम भयो। त्यति नै बेला यो स्थिति ल्याउनमा तत्कालीन केपी ओली नेतृत्वको सरकार जिम्मेवार रहेको वताउनु भयो।

सम्बोधनकको क्रममा उहाँले भन्नु भयो ूभ्रष्टाचारका विरुद्धको संघर्ष हाम्रो पार्टीको एजेण्डा हो। आषाढ ५ गतेदेखि हाम्रो पार्टीले भ्रष्टाचार विरुद्धको अभियान शुरु गरेको थियो । जेनजीले भ्रष्टाचारको अन्त्य गर्ने र सामाजिक संजाल माथिको प्रतिवन्ध फुकुवा गर्ने माग राखी चलाएको आन्दोलनप्रति हाम्रो समर्थन रहेको थियो। तर जेनजीको नाममा साम्राज्यवादका दलालहरुले गरेको विध्वंशप्रति हाम्रो पार्टी विरोध गर्दछ । जेनजीको नाममा साम्राज्यवादका एजेण्टहरु सरकारमा पुगेका छन्। यसरी पहिलेको तुलनामा आज राष्ट्रिय स्वाधीनता माथिको खतरा कैयौ गुना बढेको छ। उनीहरु निर्वाचन सम्पन्न गर्ने नाममा सबैतिर आफ्‌नो पकड बलियो बनाउँदैछन् । राजदूतहरुलाई फिर्ता गर्ने, कैयौ कर्मचारीहरुको सरुवा गर्ने, नयाँ कानून बनाउने, सन्धि संझौता गर्ने तथा स्वेच्छाचारी ढंगले शासन चलाउने कामले त्यही संकेत गर्दछ । यो सबै इण्डो अमेरिकनहरुको देशलाई रणमैदान बनाउने दाउ हो। निर्वाचनको जाल फ्याँकेर जनतालाई अल्मल्याउन र आफ्‌नो पकडलाई क्रमिक रुपमा बलियो बनाउन कठपुतली शासकहरुले आफ्‌नो संजाललाई सुदृढ बनाउँदै छन् । सुशिला कार्की नेतृत्वको कठपुतली सरकारले जेनजीले उठाएका भ्रष्टाचारीहरुमाथि छानवीन तथा कार्वाही, भाद्र २३ र २४ गतेका अपराधीहरु माथि कार्वाही र अवैध सम्पत्तिमाथिको छानवीन जस्ता माग पुरा नगरी स्वयं जेनजीहरुबीच फुट पार्ने र जेनजीका नाममा आइएनजीओका अपराधी हिस्सालाई सरकारमा स्थापित गर्ने काम गर्दैआएको छ। यसरी आज देशको मूल समस्या साम्राज्यवादको निर्देशनमा प्रतिगमन र यथास्थितिवाद बन्न पुगेको छ। राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको रक्षाको हाम्रो अभियानमा यी देशीविदेशी तत्वहरु बाधा बनेर उभिएका छन्। देशको राष्ट्रिय स्वाधीनता र सार्वभौमिकता आज अत्यन्त कमजोर हुन गएको छ । साम्राज्यवाद र तिनका दलालहरुबाट मुक्त नहुँदासम्म देशले यसप्रकारको राष्ट्रिय संकट, अस्थिरता र अराजकताबाट मुक्ति पाउन सक्दैन । यी यावत समस्याको समाधान निर्वाचनले गर्दैन। यस तथ्यलाई यसभन्दा पहिलेका निर्वाचनहरुले पुष्टि गरिसकेका छन्। यी समस्याबाट सधैका लागि मुक्त हुन राष्ट्रिय जनप्रतिरोध आन्दोलन चलाउन आवश्यक पर्ने हुन्छ ।

पार्टीका अर्का वक्ता पार्टी केन्द्रिय सदस्य  तथा अखिल नेपाल क्रान्तिकारी किसान महासंघका सचिवालय  सदस्य बाबुराम सुबेदी हुनुहुन्थ्यो  कार्यक्रमको सञ्चालन पार्टीका केन्द्रिय सदस्य तथा कास्की जिल्ला इञ्चार्ज आकाश गौतमले गर्नु भएको थियो  भने कार्यक्रमको अध्यक्षता ७ नम्बर क्षेत्रीय ब्युरो सचीव नारायण अधिकारीले गर्नु भएको थियो।

धनगढी र महेन्द्रनगरमा पनि कार्यक्रम सम्पन्न

 २ न. व्युरोको आयोजना धनगढीको पृथ्वीनारायण चोकमा कोणसभा सम्पन्न भएको छ। केन्द्रिय सदस्य रुद्र कडेलले सञ्चालन केस तथा २ न.व्युरो सेकेट्रि हरि सुवेदले सम्वोन गरेको कार्यक्रमा व्युरो इञ्चार्ज लालवहादुर जाग्री सहितको उपस्थिति रहेको थियो। महेन्द्रनगरमा भएको जनसभा लाई  १ न। व्युरो सेकेटि राम वहादुर महराले सम्वोधन गर्नु भएको थियो।




२०८२ मंसिर ९ १७:४३ बजे

प्रतिक्रिया