घनश्याम भुसालले गरे एमाले परित्याग -के.पि.ओलीकाे चरित्र पार्टी, कार्यदिशा र सिद्धान्त विपरित भएको आरोप

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २२ १६:०६ बजे
घनश्याम भुसाल

काठमाडौं ।  आगामी मंसिर ४ गते हुन  गइरहेको  प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका उम्मेदवार छनौटका लागी संसदीय पार्टीहरुम सिट  र भागबन्डा नमिले पछि पछिल्लो दिनहरुमा निकै भााग दौड मच्चीएको छ ।

पाँच दलिय गठबन्धनमा रहेको पनि सिटको बाँडफाँड मिलाउन सकस परेको छ ।  गठबन्धनमा  सिटको भागबन्डा  नमिलेपछि उपेन्द्र यादवको जसपा सत्ता गठवँन्धन छोडेर एमालेको कोल्टोमा पुगेको छ । यता महन्त ठाकुर नेतृत्वको  पार्टी  लोसपा  भने  शेर बहादुर  देउवा  नेतृत्वको गठबन्धनमा पुगेको छ ।

एमाले भित्र पार्टी अध्यक्ष के.पि. ओली सँग फरक मत राक्ने व्यक्तिहरुलाई पार्टीले  चुनाव लड्न आधिकारीक पत्र(टिकट) नमिले पछि एमाले भित्र पनि खैलाबैला मच्चिएको छ।  भिम रावल लाइ टिकट नदिए पछि सुदुरपश्चिमका अछाम जिल्लाका सवै तहका कमिटिले  आवद्ध विभिन्न  जनाले राजिनामा दिएका छन् । 

घनश्याम भुसालले नवौं महाधिवेशनले तय गरेको कार्यदिशा र सिद्धान्त  विपरितको पार्टी अध्यक्षमा के.पि.ओली चयन हुन गएको हुदाँ आन्तरिक लोकतत्र (जनवाद)  समाप्त र वामपन्थि मुल्य मान्यता माथि  पार्टी नेतृत्वले नै आक्रमण गर्दै पार्टी विधि निति र पध्दति लाइ घुलिन पारी दम्भी र स्वइच्छाचारी तरिकाले पार्टी सन्चालन गरेको हुदा पार्टी भित्रै अन्तसँर्घष गरेर एमाले सुध्रिने सम्भावना सवै समाप्त भएको   बताएका छन् । उनले  यस्तो बताउदै आज मिति २०७९।६।२२  गते नेकपा (एमाले) नामक पार्टीलाई  परित्याग गरेको कुरा आफ्नो फेसबुक मार्फत सार्वजनिक गरेका छन् । संसदवादी पार्टी भित्र टिकट पाउने वा नपाउने बिच मनमुटाव, पार्टी परित्याग र प्रवेश बिचको को रस्साकसी, दल र मोर्चा अदल वदल हेरफेर  गर्ने को घुइचो ,कुनै पद वाट राजिनामा दिने र असतुष्टी पोख्नने रफ्तार, निर्वाचन  क्षेत्र फेरवदल चलि रहनुको पछाडीको मुख्य कारण संसदवादी पार्टीहरुले आफ्नो निति विधि  सिद्धान्त अनुसार काम नगरेको हुदा सँसदिय व्यवस्था नै अफवासिद्ध भएको पुष्टि भएको छ ।

  


२०७९ असोज २२ १६:०६ बजे

प्रतिक्रिया