‘प्रेमगीत-३’ विश्वका धेरै भाषामा ‘डब’ गरी संसारभर देखाउनुपर्छ :करिश्मा मानन्धर

सन्दर्भ ´ प्रेम गित ३ `

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ४ १४:२१ बजे
करिश्मा मानन्धर

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले नेपाली चलचित्र विश्वबजारमा पुगाउन सबैको साथ सहयोगको आवश्यकता रहेको बताएका छन् । 

नेपाली कथा, नेपाली प्राकृतिक दृश्य र नेपाली कलाकारको कला बोकेको चलचित्र विश्वका धेरै भाषामा प्रसारण हुनुपर्ने र यसको लागि सम्बन्धित सबैले साथ सहयोग दिनुपर्ने आवश्यक रहेको बताएकी छन्।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेकीछिन् ’ कहिलेकाही नबोलु भन्दा पनि बोल्नुपर्ने रहेछ !सहि बोल्दा खाएको गाली, हरेक विवादित विषय बोल्दा अमृत सरह मानेर सहेको छु , झन् विषय आफुलाइ कर्ममा जन्मदिने क्षेत्र भएपछि बोल्नु अनिवार्य हुन्छ ।समयले सत्य प्रमाणित गर्छ भन्ने राम्रो संग थाहा छ ।सन्दर्भ ´ प्रेम गित ३ ` मेरो विचारमा यो चलचित्र कुनै भाषा त के ´मुक ` चलचित्र भए पनि विवाद रहित भएर सबैको साथ र सहयोग पाउनुपर्थ्यो ।येसै पनि नेपाली चलचित्र विश्वाबजार सम्म नपुगेको वर्तमान अवस्थामा, नेपालीले नेपाली पैसा लगानी गरेको यो चलचित्र ,नेपालकै सुन्दर दृश्यहरु समेटेको यो चलचित्र ,नेपाल कै कथामा बनेको चलचित्र ,नेपाली Technician हरुले काम गरेको , यो चलचित्रलाई विदेशी भुमिमा चलाउनकै लागि त्यो मुलुकको भाषामा स्वराङ्कित Dubbed गर्योत के नराम्रो भयो ? भाषा एउटा माध्यम हो तिनले हाम्रो भाषा बुझ्दैनन तेसैले सो कार्य गरियो होला ।ठिक छ तपाईंको विधानमा या नियममा तेस्तै प्राबधान होला विदेशी भाषिक चलचित्रलाई निश्चित प्रतिशत कर लगाउने !!लगाउनुस तर तेत्रो लगानी भएको चलचित्रलाई तोकेको समयमै चलचित्र हलमा लगाउनका लागि सघाउनु पर्दैन !!!अलिकति समय येताउता भयो भने विदेशी सिनेमासंग प्रतिस्पर्धा गरिरहेको नेपाली चलचित्रको के हाल हुन्छ , यो उहाँ विज्ञहरुलाइ जति अरु कसलाई थाहा होला !!अझ मेरो सुझाव त के छ भने ! येदि ´प्रेम गित ३ ` तेति स्तरीय बनेको छ र नेपाली चलचित्र भनेर Internationally देखाउने क्षमता राख्छ भने , यो चलचित्रलाई विभिन्न भाषा , अङ्ग्रेजी , चाइनिज , इटालियन , जापानी , कोरिएन ...सबै भाषामा स्वराङ्कन गर्नुपछ र संसार भरिनै देखाउनु पर्छ । येसमा विकास बोर्डले सहुलियत लगानी गर्नुपर्छ ।आखिर विकास बोर्ड तेसैको लागि स्थापना भएको हो ।यो संस्थाले चलचित्र कर्मिहरुको मुस्किलको गाठो फुकाउनेहो । नियमहरु हामिलेनै निर्माण गरेका हौ र अफ्नो क्षेत्रको विस्तार गर्न र समृद्ध बनाउन नियमहरुलाइ परिमार्जन गर्न पनि सक्नुपर्छ ।रह्यो राष्ट्रियता र विदेशी चलचित्रलाई गर्नुपर्ने नियमको कुरा !! नेपाली चलचित्र क्षेत्रले हरदम राष्ट्रको पक्षमा मुलुकलाई चिनाउने काम गरेको छ ।नेपालमा कामगर्ने उपकरण नहुदा पनि त्येही छिमेकि मुलुकका उपकरण प्रयोग गरेर नेपाली चलचित्र बनाएर यो क्षेत्रको जग हालेको छ । मुलुकको लाखौं नागरिकलाई रोजगारी दिएको छ । हामी चलचित्र कर्मीले निजि स्वार्थ बाट उठेर यो क्षेत्रलाई अगाडि लैजानुपर्छ ।यो विवाद येसरी आउनु हुदैन ।तर बिदेशी लागानी र बिदेशी चलचित्रहरुलाइ पक्कै पनि त्यही अनुरुपको कानुन भने निर्माण गरिनुपर्छ ताकी नेपाली चलचित्र अन्यायमा नपरोस । हिन्दी या विदेशी चलचित्र आउनासाथ सेन्सर गरेर देखाउन हतार गर्ने अनि तेहि नीर नेपाली लगानीमा बनेको नेपाली चलचित्र बिदेशी भाषामा स्वराङ्कन Dubbed हुदैमा किन येस्तो जटिल भये

२०७९ असोज ४ १४:२१ बजे

प्रतिक्रिया