लिमी उपत्यकाका ३ वटा गाउँ सामूहिक स्थानान्तरणको सहमति

bimbonline बिम्ब अनलाइन
२०८२ माघ ११ १६:२० बजे

काठमाण्डौ । हुम्लाको नाम्खा गाउँपालिकाअन्तर्गत लिमी उपत्यकाका हल्जी, तिल र जाङ गाउँका बासिन्दाले टाक्ची गाउँमा सामूहिक स्थानान्तरण हुने सहमति गरेका छन् ।

स्थानीय समाजसेवी मङ्गललामाका अनुसार जाङ गाउँका २, तिल गाउँका १९ र हल्जीका ९६ गरि कुल १ सय १७ घरधुरी स्थानान्तरण हुने सहमति भएको छ । पहिले जाङ गाउँमा ६४ घरधुरी थिए तर अहिले २ मात्रै बाँकी रहेका छन् ।

कैलाश मानसरोवर दर्शनको प्रमुख मार्गमा पर्ने र चीनको तिब्बतसँग जोडिएको यो संवेदनशील सीमावर्ती क्षेत्रमा जनसङ्ख्या घट्दा राष्ट्रिय सुरक्षा, सांस्कृतिक संरक्षण र पर्यटनमा गम्भीर असर पर्ने देखिएको छ ।

जलवायु परिवर्तनको बढ्दो प्रभावले बारम्बारको बाढी, पहिरो र हिमताल विस्फोटको जोखिम बढेपछि बस्नै नसक्ने अवस्था आएको नाम्खा गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष पाल्जोर तामाङले बताउनुभयो । उहाँका अनुसार विपद्का घटना हुँदा दुर्गम बस्तीमा राहत नपुगेको, बजेट अभाव भएको, सरकारले सुरक्षा नदिएको जस्ता समस्या रहेका छन् ।लिमीको यो सामूहिक स्थानान्तरण समयमै सडक सुधार, विपद् व्यवस्थापन तथा आधारभूत सुविधा नपुगे हिमाली सीमा असुरक्षित हुने चेतावनी हो ।

– न्यूज एजेन्सी नेपाल



२०८२ माघ ११ १६:२० बजे

प्रतिक्रिया