पार्टी विसर्जनको संघारमा एमवी समूहको मसाल

पार्टी विसर्जनको संघारमा एमवी समूहको मसाल

bimbonline बाबुराम आचार्य
२०७९ भदौ ३० १७:३२ बजे
बाबुराम आचार्य

बाबुराम आचार्य, काठमाडौं । एउटा राजनीतिक शक्ति जब उ विचारमा दृढ़ र कार्यमा प्रतिबध्द रहन्छ तबसम्म जति बजनदार रहन्छ त्यति नै जब त्यो शक्ति विचारमा स्खलित र कार्यमा उश्रृङखल हुँदै जाँदा उसलाई आफ्नो राजनीतिक विरासत धान्न कति मुश्किल पर्छ भन्ने कुरा एमवि  समुहका मसालका नेताहरुले प्रदर्शन गरेका पछिल्ला केही दृश्यहरुले छर्लङ्ग पारेका छन् ।

मसाल समूहले आफ्नो राजनीतिक चरित्र झन् पछि झन् गुमाउँदै गएको कुरा त मसालसँग सम्बंन्ध राख्ने पक्षलाई अवगत भएको विषय हो । तैपनि उसँग सम्बन्ध रहेका पक्षहरुको एउटा अपेक्षा के हो भने “यति छोटो समय मै मसाल समूहले आफ्नो राजनीतिक चरित्र गुमाउने छैन ।” तर विडम्बना नै मान्नुपर्छ कि आज त्यो अपेक्षामा घुनपुत्लो लाएको छ ।

सातौं महाधिवेशनको स्पीडलाई लत्याउँदै आएको मसाल समुहको नेतृत्वले आठौं महाधिवेशन यता औपचारिक रुपले नै क्रान्तिकारी नीतिको परित्याग गरेर संशोधनवादी नीतिको अनुशरण गर्दै आएको छ र अहिले विभिन्न चरणहरु पार गर्दै उ नेपाली कांग्रेससँगको गठबन्धनमा सामेल छ ।

अहिले गठबन्धनका बीचमा विभिन्न आयोग, प्रतिष्ठान, संवैधानिक निकाय हुँदै सरकार सञ्चालन तथा मन्त्रिपरिषद्को गठनसम्ममा भागवण्डा कायम छ । यो प्रतिक्रियावादी दलाल पूँजीवादी संसदीय व्यवस्थाको रणनीतिकरुपमा रक्षा, हेरचाह र संरक्षण गर्नुपर्दछ भन्ने नेपाली कांग्रेसको मानक र प्रस्तावमा माओवादी केन्द्रदेखि सरकारी जनमोर्चासम्म सबै एकमत छन् । यही विचारको जगमा नै असैध्दान्तिक र अप्राकृतिक जस्तो देखिने गठबन्धन टिकेको छ । त्यसकारण यो गठबन्धनका पछाडि विचार होइन संसदीय निर्वाचनको जोडघटाउ र सत्ता सुविधाको स्वार्थ नै प्राथमिकतामा रहेको देखिन्छ । गठबन्धनमा रहेर पनि प्रतिपक्षको जस्तो विचित्रको क्रान्तिकारिता प्रदर्शन गर्ने सरकारी जनमोर्चाले पनि पटक–पटक यो संसदीय व्यवस्थाको रक्षाका निमित्त अग्रमोर्चामा रहेर संघर्ष गर्ने कुरा औंल्याइरहेको छ । त्यसो त गठबन्धनमा रहेका कम्युनिष्टहरुको संसदीय भड्काव वा सैद्धान्तिक पथ विचलनको जगमा गठबन्धनको क्यामेष्ट्री मिलेको कुरामा शंका छैन ।

यो राजनीतिक परिदृश्य दलाल तथा नोकरशाही पूँजीपति वर्गको प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस वैचारिकरुपमा प्रोकम्युनिष्ट भएको परिदृश्य होइन, कम्युनिष्टहरु प्रो कांग्रेस भएको परिदृश्य हो । कम्युनिष्टहरु नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा जोडिनुका मुख्य उद्देश्य सत्ताको भागवण्डा र संसदीय सुविधा तत्काल प्राप्त गर्नु मात्र हो । यस्तो गठबन्धनबाट कम्युनिष्ट आन्दोलनका रणनीतिक लक्ष्यको सेवा हुन्छ भनेर विचार सम्प्रेषण गर्नु भ्रमपूर्ण महामुर्खता बाहेक अरु केही होइन । अहिलेको बस्तुगत अवस्था को माग हो कि देशमा क्रान्तिकारी कम्युनिस्टहरु धुव्रीकृत हुनुपर्ने हो ।

न्यूनतम र आधारभूत स्वार्थमा एक ठाउँमा रहेका बामपन्थीहरु एक हुनुपर्ने हो, कम्तीमा देशभक्तहरू राष्ट्रिय स्वार्थमा एक भएर उभिनु पर्ने हो । दिन दुई गुणा, रात चार गुणाको रफतारमा गुम्दै गरेको राष्ट्रियता, स्वाधीनताको रक्षाका खातिर कम्युनिस्ट क्रान्तिकारी वा बामपन्थीहरु जुर्मुराएर उठ्नु पर्ने र त्यो आन्दोलनको नेतृत्व पाका पुराना सबैले पत्याउने नेताले नेतृत्व गर्नुपर्ने प्रश्ननै यतिबेलाको गम्भीर प्रश्न हो ।एमसीसी, एसपीपी तथा हालै राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयकका बिरुद्धको जनसंघर्ष नै अहिले को मुख्य प्रश्न हो ।

पुराना पुस्ताले गरेका त्याग, बलिदान, निष्ठा र आदर्शले भरिएका रशिला, जोशिला, उर्जावान जीवनी सुनाउँदै नयाँ पुस्तालाई देश बचाउने आन्दोलनमा लामबध्द बनाउन प्रेरित गर्ने प्रेणादायी भुमिका खेल्नुपर्ने बेलामा आज कम्युनिस्ट आन्दोलनको एउटा अभिछिन्न नेतृत्वमा रहेको एउटा शक्ति यो देशलाई सिक्किमिकरण वा फिजिकरण गर्ने कामको अगुवाई गरिरहेका लेण्डुप रूपी देउवालाई बोकेर गठबन्धनको बाटो हुँदै राष्ट्रिय स्वाधीनताको मलामी बन्दै छ । आफुलाई स्वघोसित क्रान्तिकारी बताउँदै आएको मोहन बिक्रमको मसाल समूहले लेख, रचना, प्रशिक्षणमा देशभक्तिको प्रलाप गर्ने र व्यबहारमा नेपाली काङ्ग्रेस सङ्गै देशघाती सम्झौताहरुको लास बोक्दै सरकारी नियुक्तहरु, भत्ता र पदहरु ग्रहण गर्नमै ब्यस्त छ । जसको पछिल्लो उदाहरण हो तारा जि।सि। लुम्बिनी प्रदेश सांसद को नियुक्ती।

हिजो चित्र बहादुर के।सी।लाई सरकारमा किन पठाएको भनेर कार्यकर्ताले प्रश्न गर्दा मोहनबिक्रमको उत्तर हुन्थ्यो “राष्ट्रियता जोगाउनको लागि”। जतिबेला हामीले ओलि र उनको सरकारले अपनाएका रवैयाहरुको बिरोध गर्दा र ओलि मौसमी रास्ट्रबादका प्रबर्तक हुन् यिनको नक्कली रास्ट्रबादको मुकुन्डो च्यात्नु पर्छ भन्दा मोहन बिक्रम ले भन्थे “ओलीले अहिले उठाएको राष्ट्रियताको मुद्दा धेरै नै महत्वपूर्ण छ  र अहिले उनी घेरा बन्दीमा परेका छन् ।” अहिले हामीले सरकारमा सामेल भएर उनलाई सघाउन पर्छ र क्याबिनेटबाट हुनसक्ने राष्ट्रघात लाई रोक्नुपर्छ “। यसैगरी रास्ट्रियताको मुद्दामा कार्यकर्तालाई जोडेर भावनात्मक रूपमा मन जिते पछि कमल थापा भन्दा कनिष्ठ मन्त्री बने । नौ महिना सरकारमा सामेल भए पनि आधारभूत तहका जनताको हितमा केही काम हुन सकेन  र केसीले त्यो गर्न सक्ने कुरा पनि थिएन ।

जब उनी सरकारबाट बाहिरिए तब सरकारमा सामेल हुनुको औचित्यता पुष्टि गर्न लामा लामा आलेखहरु प्रकाशित गरेर यो बताइयो कि “केसीले सरकारमा गएर आर्थिक अनियमितता वा कुनै प्रकारको भ्रष्टाचार गर्नु भएन ।”

यसरी सरकारमा सामेल हुनुको औचित्य पुष्टि गर्ने अर्को कुनै नैतिक आधार नभेटेपछि मसाल समूहले पुरै अल्पमत पक्ष लक्षित गाली गलौजको प्याकेज तय ग¥यो र त्यो प्रशिक्षणका नाममा गाली गलौजको प्याकेज सफलता साथ सम्पन्न गर्यो जस को एउटा ज्वलन्त उदाहरण हैदराबाद सम्मेलनलाई लिन सकिन्छ । महान बहस को पृस्ठ ३५ मा उल्लेख छ “ केवल ती ब्याक्तीहरु ले मात्रै आफ्नो अस्तित्व रक्षाका लागि झुठो बोल्दछन जसको राजनैतिक पतन भैसकेको छ ।”

वास्तवमा उल्लेखित शव्द र वाक्यांश अहिले मसाल समुहका नेताहरुको जीवन कालमा मेल खान पुगेको छ । तत्कालीन अल्पमत पक्षले जब सरकारमा सामेल हुने विषयलाई आधार बनाएर सैद्धान्तिक प्रश्नहरु उठाउन थाल्यो त्यो समयदेखि नै विभिन्न आरोप लगाउने कार्य हुँदै आएको हो यो सिलसिला अबिराम रुपमा अघि बढिरहेको छ । ती आरोपहरु असैद्धान्तिक, अराजनीतिक, गाली गलौज र ब्यक्तिगत चरित्र हत्या गर्ने प्रकृति सम्मका छन् । यस्तो कार्य स्वयं नेतृत्वको निर्देशनमा नै हुँदै आएको छ । जसको पछिल्लो उदाहरण हैदराबादको घटनालाई लिन सकिन्छ । जब अल्पमत पक्षले राजनीतिक विषयमा टेकेर फोरम लिएर आएबाट मुल नेतृत्व नै राजनीतिमा बहस गरेन गाली गलौजमा उत्रियो । रअ, का एजेन्ट, फुटपरस्त तत्व, सिआइडी ,भारतपरस्त, राजापरस्त, छद्मभेसी, घुसपैठ, बैद्य पक्षधर, विप्लबसँग मिलेर दस्तावेज बनाएका हुन् , त्यतै जाँदैछन् जस्ता आरोप र गालीहरु हुँदै यतिबेला पुर्ब अल्पमत पक्षलाई प्रतिगामीका मतियार भनेर गालीहरुको सङ्गालो लिएर देश दौडमा निस्केका छन् । त्यसैको एउटा उत्कृष्ट नमूना हैदराबादमा प्रेम पौडेलले गरेको भाषणलाई लिन सकिन्छ । बागलुङको पूर्ववत साङ्गाठनिक अवस्थालाई कम्जोर पारेर प्युठानलाई निर्विकल्प बनाउने योजनामा कम्मर कसेर लागि परेका नेता मोहन विक्रमले दुनियाँलाई बेकुफ बनाउने कोशिस गर्दै जाँदा आज आफै बेकुफ बनिरहेको हेक्का पाएका छैनन् ।

सर्बोच्चले ओलीको कदम सच्चाउनु पूर्व गण्डकी सरकार र लुम्बिनी सरकारहरुको बक्तब्य नै निकालेर समर्थन कायम रहने कुरा बताए । सर्वोच्चले संसद पुनःस्थापना गरे पछि भने उनले प्रतिगमनको शाब्दिक त्यान्द्रोमा झुन्डिएर बुढानिलाकण्ठ पुगे । त्यहीँबाट बालुवाटारतर्फ सोझिएको उनको अहिलेको यात्रामा सुख सुबिधाको कुनामा मुखुण्डो लुकाएर छद्मभेसी रुपमा बस्ने मानिस को होला रु भनेर अभाव, अन्याय, अत्याचारको अर्को कुनामा यात्रा गरिएको क्रान्तिकारी, बलिदान, त्याग र समर्पणले गिज्याइ रहेका छन् । आफ्नो राजनीतिक औकात भन्दा धेरैनै सरकारी लाभहरु प्राप्त गरेका छन् र तिनै लाभहरु हसुरेर धुसिल डकार काड्दै आफ्नै कार्यकर्ताहरुको राजनीतिक जीवन समाप्त पारिदिने तानाबाना बुन्न ब्यस्त छन् । भ्रम सृजना गर्ने र आम नेता, कार्यकर्ता, सुभचिन्तकलाई अलमल पार्दै आफु सरकारी सुबिधाको रसतालमा डुबुल्की मार्दैछन् । त्यसरी पार्टीलाई बिसर्जनको बाटोमा डोर्याउदै छन् ।

त्यसैले अब हामी उठ्दैछौ, जुट्दैछौ र अघि बढदैछौ । यतिबेला हामी महाधिवेशनको चरण प्रवेश   गरेका छौं । विशेष महाधिवेशन मार्फत हामीले कार्यदिशा, कार्यक्रम, कार्यनीति र रणनीति सहितको कार्यक्रमको शुस्पष्ट खाका निर्माण गर्ने छौं । नेपाली माटोमा सुहाउँदो क्रान्तिको मोडेल के हुन सक्छ रु नौलो जनवादी राज्य ब्यबस्था प्राप्तिको बाटो के हुनसक्छ रु विचार विमर्श गर्ने र वैज्ञानिक समाजवाद र साम्यवादी समाज निर्माणको कार्यभारसम्मको यात्रा तय गर्ने छौँ । त्यस्का निम्ति यो भ्रष्टसंसदीय ब्यबस्थाको रक्षा होइन यसको विरुद्धमा बिद्रोह र यो ब्यबस्थाको विकल्पमा नयाँ जनवादी सत्ता स्थापनाको यात्रा तय गर्नुपर्छ । त्यसैले अब्राहम लिन्कनले भने जस्तो “तिमीले सबैलाई केही समय र केही ब्यक्तिहरुलाई सधैंभरी मुर्ख बनाउन सक्ने छौ । तर सबैलाई सधैभरी मुर्ख बनाउन सक्दैनौं ।” उनको यो भनाइको अनुसरण गरेर अघि बढ्नु पर्ने मसाल नेतृत्वको आजको आवश्यकता हो ।

२०७९ भदौ ३० १७:३२ बजे

प्रतिक्रिया