अखिल भारत नेपाली एकता समाज नगर समिति पान्डिचेरीको आयो जनामा आयो जित प्रगतिशील भैलो उद्धघाट कार्यक्रम आरोभिल एरियाको सेतो घरमा सम्पन्न भएको अखिल भारत नेपाली एकता समाज नगर समिति पान्डिचेरीका सदस्य तथा आरोभिल एरिया सचिव राकेश चौधरीको संचालन र नगर सदस्य संजोक आलेमगरको अध्यक्षतामा कार्यक्रम अगाडि बढेको थियोे।कार्यक्रममा आसनग्रहण गर्नेहरुमा क्रमशः केन्द्रीय सदस्य सुर्य थापा , नगर सदस्यहरुमा क्रमशः रेनुका चौधरी ,असोक बहिक मगर , हरिकला थापा ,सुनिल चौधरी , रिना चौधरी , आरोभिल ए टोल समितिकि उपाध्यक्ष,कलाकार टोलि बाट सपना थापा , ब्यवस्थापनको तर्फबाट राजु चौधरी ,वीर बहादुर चौधरी, चित्रवहादुर चौधरीले आसन गर्नु भएको थियोे ।
सहिदहरु प्रति एक मिनेट मौनधारण गरे पछि नगर सदस्य तथा आरोभिल एरिया समितिका अध्यक्ष बिर बहादुर चौधरीले कार्यक्रममा उपस्थिति जनमास लाई शब्द बाट स्वागत गर्नु भएको थियोे । गित संगित बाट रक्तिमका कलाकारहरुले प्रदेशी नेपालीको एउटै आवाज यहीँ हाम्रो प्यारो घर यहीँ समाज भन्ने गित र नृत्य प्रस्तुति गरेका थिए । अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य सुर्य थापाले तालिको सम्मानमा भैलो कार्यक्रमको दिप बालेर उद्धघाटन गर्नु भएको थियोे भने कार्यक्रम तथा भैलो कार्यक्रमको बारेमा र समाज संगठन के हो सटीक रुपमा प्रष्टपार्नु भएको थियो। कोपिला हामी आज साना छौँ भोलिका फुला हामीहरु हौं देशको माया काधमा राखि बोकेर हिड्ने हामीहरु हौं,तिहारै आउदा , बाबा नबस बिदेशमा ,थारु भाषाको गित पनि प्रस्तुति गरिएको थियोे भने उपस्थिति धेरै नृत्यमा रुचि राख्नेहरुको पनि व्यापक नृत्य प्रस्तुत गरिएको थियोे ।
हरिकला थापाको अगुवाइमा कलाकार टोलिमा सुर्य थापा , सपना थापा , प्रिया ब्याम्बु मगर , धर्मेश ब्याम्बु मगर , रक्षिया परियार , बिन्दु परियार ,अन्जलि चौधरी , रितु चौधरी ,रेनुका चौधरी , प्रेम चौधरी , असोक बहिक मगर ,बि प्रेम चौधरी, बिर बा चौधरी , लालमनि परियार , चित्रबहादुर चौधरी , गंगा सुनार , रिना चौधरी ,लगायत थुप्रै साथीहरूले रोचज नृत्य प्रस्तुत गर्नु भएको थियोे ।यहाँहरु सबैमा हाम्रो संगठन अखिल भारत नेपाली एकता समाज नगर समिति पान्डिचेरी हार्दिक धन्यवाद साथ सम्मान गर्दछ साथ कार्यक्रममा उपस्थिति गराउनमा सहजिकरण गर्नु हुने सबै सदस्यहरुमा केन्द्रीय समिति र नगर समितिको तर्फबाट हार्दिक बधाई साथ धन्यवाद प्रकट गर्दछौं ।
प्रतिक्रिया