काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागमा आंशिक बदली छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ ।
बुधबार कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागमा साधारणतया बदली रहनेछ। बाँकी हिमाली भू–भाग, देशका पहाडी क्षेत्रका साथै मधेस प्रदेशमा आंशिक बदली हुनेछ। बाँकी तराई भू–भागमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने छ।
यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । मधेस र कोशी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
प्रतिक्रिया