काठमाडौं । नवनियुत्त प्रहरी महानिरीक्षक डा.मनोज केसीले आजै पदभार ग्रहण गर्ने भएका छन् ।
केहीबेरपछि गृह मन्त्रालयमा फूली लगाएर पदभार ग्रहण गर्ने कार्यक्रम तय भएको हो । केसीलाई आजै मन्त्रिपरिषद् बैठकले महानिरीक्षक पदमा नियुक्त गरेको थियो ।
दानबहादुर कार्कीलाई महानिरीक्षक पदबाट हटाएर सरकारले केसीलाई नियुक्त गरेको हो । कार्कीलाई भने प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ ।
प्रतिक्रिया