आनी छोइङको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । ‘राष्ट्रिय जेनजी नागरिक अभियान’ का तर्फबाट संयोजक सुनिल सिंह, विरजन विश्वकर्मा र सफलता बोगटीले आनीको नियुक्ति गैरकानुनी तथा विधि र प्रक्रियाविपरीत भएको दाबी गर्दै रिट निवेदन दर्ता गराएका हुन् ।
रिट निवेदनमा नागरिकतासम्बन्धी विवाद तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा विधि र प्रक्रियाबाहिरबाट आनीलाई नियुक्त गरिएको जिकिरसहित खारेज गर्न माग गरिएको छ ।
नियुक्तिको कानुनी वैधता परीक्षण गर्न तथा विधिको शासन र कानुनी प्रक्रियाको सुनिश्चितताका लागि सर्वोच्च अदालतमा रिट दायर गरिएको अभियानले जनाएको छ । उक्त रिटको पेशी भोलि बुधबारलाई तोकिएको छ ।
प्रतिक्रिया