राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा प्रसङ्ग !

राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा प्रसङ्ग !

bimbonline नारायण शर्मा
२०७९ भदौ १७ १४:०० बजे
नारायण शर्मा

नारायण शर्मा, काठमाडौं । नेपाल राष्ट्रको अस्तित्व संकटमा पारेर केही वर्षभित्रै जनसांख्यिक अतिक्रमण जस्तो नितान्त नयाँ नव औपनिवेशीकरणको नीतिद्वारा नेपाललाई सिक्किमीकरण गर्ने नियतले नेपालमा नयाँ नागरिकता नीति निर्माण गरिंदै छ  । वैधानिक, लोकतान्त्रिक र जनमतसम्मत तरिकाले नेपाललाई प्रत्यक्ष वा परोक्ष रुपमा भारतीय विस्तारवादलगायतका पश्चिमा साम्राज्यवादी शक्तिराष्ट्रहरुले आफ्नो पूर्ण अधिनमा राखेर परिचालन गर्ने दीर्घकालीन र दूरगामी दृष्टिले ल्याइएको वर्तमान नागरिकता संशोधन विधेयकलाई प्रमाणीकरण नगरी राष्ट्रपतिले पुनर्विचारको लागि संसदमा पठाएपछि पनि फेरि पनि पुरानै तरिकाले कुनै विचार-विमर्श र छलफल-परिमाजन नगरी उक्त विधेयकलाई प्रतिनिधि सभाले पारित गरेपछि र यही प्रकृया राष्ट्रिय सभामा पनि दोहोरिने देखेपछि राष्ट्रपतिले आफ्नो जिम्मेवारी बोध र बहनलाई गम्भीरता र उच्चताकासाथ नयाँउचाइमा उठाउन खोजेको देखिएको छ । यो कदम राष्ट्रिय स्वाधीनता, स्वाभिमान, सार्वभौमसत्ता रस्वत्व-अस्तित्वको संरक्षण, सुदृढीकरण र सम्बर्द्धनका दृष्टिले अत्यन्त जरुरी महत्वको कार्य हो ।

भेटघाट र परामर्श :

यसै पृष्ठभूमि र सन्दर्भमा केही दिन अघिदेखि राष्ट्रपतिले राष्ट्रको निर्माण, रक्षा र विकासमा आआफ्नो शक्ति, बुध्दि, विज्ञता र विशेषज्ञता अनुसार योगदान गरेका, गरिरहेका र अझै पनि गर्न सक्ने देखिएका केही सैनिक र गैरसैनिक क्षेत्रका व्यक्तित्वहरुलाई प्रत्यक्ष भेटघाट गरी परामर्श गर्नु भयो । त्यस दौरानमा आएका सुझावहरु मध्ये एउटा सुझाव थियो प्रमाणीकरण नगरी राजीनामा दिने । राष्ट्रिय अस्तित्वलाई नै धरापमा पार्ने नागरिकता विधेयकलाई प्रमाणीकरण गरेर वैधानिकता दिनुभन्दा राजीनामा दिएर जोगिनु र चोखिनु उचित हुन्छ भन्ने कोणबाट राजीनामाको सुझाव आएको देखिन्छ । तर सार र समग्रमा हेर्दा राष्ट्रपतिलेराजीनामा दिएर यो प्रमाणीकरण रोकिने त होइन, उपराष्ट्रपति सिङ्गै छन् प्रमाणीकरण गर्न तम्तयार ! उनी त अझ सैन्य पृष्ठभूमिबाट आएका हुनाले आदेशको पालना गर्न कुनै द्विविधा नै हुनेछैन !  फेरि यो नागरिकता विधेयकको विरोधमा बोलेका, गरेका, लडेका र जस समेत लिएर आफ्नो राष्ट्रवादी छवि बनाएका उनीभन्दा सिनियरहरुले त पद, पावर र पैसाको लागि प्रचण्डको यस म्यान बनेर राष्ट्रघातमा सहीछाप गरेको देखेकाले उन्ले नगर्ने भन्ने प्रश्नै उठ्दैन भन्ने तर्कलाई इन्कार गर्न सकिने स्थिति छैन । हुन त पूर्व छवि र योगदान हेर्ने हो भने उपराष्ट्रपतिको पनि कसैको भन्दा कम राम्रो छैन।उहाँकै प्रत्यक्ष कमाण्डिङमा नै जनयुध्दले विजय प्राप्त गरेको थियो ।युध्दपछि पनि उहाँ गम्भीर बिरामी परेको बेलामा उपचारार्थ विदेश लैजाने प्रयास हुँदै गर्दा बरु मरे पनि यही स्वदेसमै मर्ने तर विदेशमा गएर उपचार गरी नबाँच्ने भन्ने जस्तो गौरवपूर्ण अडान लिएर निर्माण गर्नु भएको छवि स्तुत्य छ । यस मामिलामा हाम्रा सच्चा शिष्य बनेर सदाचार, नैतिकता र स्वाभिमानको पक्षपोषण गरेकोमा हामीलाई गर्व र गौरव बोध पनि भएको छ र हुन्छ पनि । तर, ती कुराहरु विगतका, सत्तामा नहुँदाका र सत्ताको सुख९सुविधा, शान-सौकात, मान-सम्मान र पद-प्रतिष्ठानपाउँदैका कुरा भएकाले अहिले के गर्नुहुन्छ भन्न सकिन्न १हामी उहाँबाट पनि प्रमाणीकरण नहोस् र अरु गर्न सकिन्न भने राजीनामा दिनुहोस् भन्ने चाहन्छौं ।हो, उहाँबाट पनि प्रमाणीकरण नहुने सुनिश्चितता छ भने दुवैले राजीनामा दिंदा यो विधेयक त तुहिन्छ नै संगसंगै हाललाई यो भयावह खतरा रहेको खट्को टर्छ र देश बेचिनबाट बच्दछ । होइन भने राष्ट्रपतिको राजीनामा राष्ट्रघाती त हुन्छ नै आत्मघाती पनि हुन्छ ।

राजीनामाको अर्थ र औचित्य : 

राजीनामा कसैले आफ्नो इच्छाले, विवेकले र निर्णयले नितान्त राजी (मन्जुरी) र खुसीले कुनै जिम्मेवारीबाट हट्ने भन्ने जानकारी दिने लिखत हो १यसमा पराजयको स्वीकृति, लड्ने वा काम गरिराख्ने अनिच्छा, वितृष्णा र विद्रोहका गुणहरु पनि सन्निहित हुन्छन् । साथै, यस शब्द र कर्मको अन्तर्यमा कायरता, निराशा र पलायनको अंश पनि मिसिएको हुन्छ  । जिम्मेवारी पूरा गर्ने-गराउने दौरानमा पैदा भए(गरेका कठिनाइ, घेराबन्दी, विरोध, अवरोध आदिका कारण हारेर, थाकेरजिम्मेवारी त्याग गर्ने कार्य हो राजीनामा-यो कुरा बेग्लै हो कि आफ्नो शारीरिक, मानसिक वा वैचारिक-राजनीतिक असमर्थता वा अनमेलका कारण जिम्मेवारी छोड्नु वा आफूपछिका सही र सक्षम उत्तराधिकारीलाई जिम्मेवारी हस्तान्तरण गर्नको लागि स्वैछाले मार्ग प्रशस्त गरिदिनु पनि राजीनामा हो । यसको अर्थ, औचित्य र मूल्य, महत्व धेरैनै हुन्छ र छ पनि । तरकसैको दवावमा वा करकापमा परेर बाध्यात्मक अवस्थामा कसैको मातहतमा वा सहकर्मीहरुको अपहेलनमा परेर काम गर्न जाँगर, जोश र गर्व नलागेर त्यससँगको सम्बन्ध टुटाउनु , विच्छेद वा विद्रोह गर्नु पनि राजीनामा भनिएपनि त्यो सारतस् कायरनामा हो र हुनेछ ।

उपरोक्त कारण, परिस्थिति र परिणाम जे जस्तो भएपनि सारमा भन्नुपर्दा राजीनामा कायरतापूर्वक पराजय स्वीकारेरवा हार-हरेस खाएर परित्याग गरीपलायन हुनु वा आत्मसमर्पण गर्नु हो । त्यसैले त अङ्ग्रेजी शब्दकोषमा resignation को पहिलो र मुख्य अर्थ नै surrender (आत्मसमर्पण) उल्लेख गरिएबाट पनि यो कुरा प्रमाणित हुन्छ ।के अहिले राष्ट्रपतिले आफ्नो राजीखुसीले नै राष्ट्रका जिम्मेवार र सार्वभौम जनप्रतिनिधिहरुले निर्वाचनमार्फत आफूलाई विश्वास गरेर दिएको राष्ट्रको नेतृत्व गरी अभिभावकत्व प्रदान गर्ने जिम्मेवारी त्यत्तिकै चट्टक्कै छोडिदिन चाहनु भएको हो रु के राष्ट्रपति त्यति गैरजिम्मेवार हुनुहुन्छ वा हुन मिल्छ ? कि राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना होनहार जीवनसाथी कामरेड मदन भण्डारीको सपना र जपनालाई तिलान्जली दिएर के अब वाणप्रस्थ अवलम्बन गर्नुहुने हो र ? के राष्ट्रिय अस्तित्व संकटमा परेको बेला राष्ट्रपतिजस्तो जिम्मेवार र जवाफदेही नेतृत्व त्यसरी संकट मोचन गर्ने अहं दायित्व पूरा नगरी, प्रयासै नगरी अफ्नो मनचाहे जसरी भाग्न मिल्छ र ? अवश्य मिल्दैन, मिल्दै मिल्दैन, कुनै हालतमा मिल्दैन । त्यसैले योराजीनामा प्रसङ्गको कुनै सकारात्मक अर्थ र औचित्य छँदैछैन। 

प्रचण्डको राजीनामाको शिक्षा : 

दसबर्षे महान् र भीषण जनयुध्द सुप्रेमि एवं गणतन्त्र नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री 'कामरेड' प्रचण्डले संसदमा आफ्नो बहुमत हुँदाहुँदै, त्यसलाई प्रमाणित गर्ने कोशिस नगरी एमालेले धोका दियो भनेर वर्गवैरीहरुको नियोजित उक्साहट र झुटा आश्वासनमा परेर भावावेशमा आई प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । अझ त्यो राजीनामा त्यस्ता राष्ट्रपतिसमक्ष चढाए जुन व्यक्ति वा संस्थाले प्रधानमन्त्रीको आफ्नो अर्थात् सरकारको पूर्ण संवैधानिक अधिकारमाथिनितान्त असंवैधानिक कदममार्फत धावा बोलेका थिए ।, त्यो धावा पनि देश र जनताको, क्रान्ति र मुक्तिको वा संसदीय मूल्य-मान्यताको रक्षाको निम्ति थिएन।थियो त खाली राजतन्त्रको पहरेदार पुरानो शाही सेनाको प्रधान सेनापतिजो राजाकै झड्केलो थियो, लाई गणतन्त्र नेपालको पनि प्रधान सेनापति बनाइराख्नका लागि थियो  । गणतन्त्र नेपालमा पनि पुरानै राजतन्त्रकालीन सेनापति वान्छनीय नहुने ठहराई नितान्त नीति र विधिसम्मत तरिकाले आफू वा आफ्नो नेतृत्वको मातहतको सरकारको एउटा कर्मचारीलाई कार्वाही गरिएको सामान्य घटना थियो त्यो । तर पनि त्यो कार्वाहीलाई महाअपराध जस्तो बनाई देशि-विदेशि प्रतिक्रियावादीहरु-साम्राज्यवादी-विस्तारवादीहरुको स्वार्थ रक्षाको खातिर सेनाका परमाधिपति समेत रहेका तत्कालीन राष्ट्रपति रामवरण यादवले सेनाकै बलमा जननिर्वाचित प्रधानमन्त्री प्रचण्डको सरकारले गरेको कार्वाहीलाई एउटा संवैधानिक राष्ट्रपतिले लत्याइदिए । तर केही सुझाव-दवाव, धम्की-घुर्की र आश्वासन-प्रलोभनदिइएपछि प्रचण्डले लाचार र लाछी भएरकायरनामा स्वरुप उक्त राजीनामा दिएका थिए । विडम्बना, त्यसरी त्यो प्रधानमन्त्री पद गुमेर पुनस् तत्कालै प्राप्त हुने सपना तुहिएपछि प्रचण्डलाईकस्तो पछुतो भएको थियो रु एकपटक स्मरण गरौं त?  उनले गरेको रोइलो, प्रधानमन्त्री पदको लागि उनले गरेको बार्गेनिङ, दिएको धम्की, ६९६ दिनसम्म चलाएको आम हडताल र विद्रोहको घुर्की आदिले उनलाई भएको पीडा र पश्चात्ताप आफ्नो ठाउँमा रह्यो तर देश, जनता र सिङ्गो राष्ट्रले उक्त राजीनामाको कति मूल्य चुकाउनु परेको थियो हामीमध्येका धेरैलाई नै थाहा छ ।यो समग्र घटना-प्रकृयाबाट वर्तमान राष्ट्रपति विद्यादेवी भन्डारी स्वयं पनि अनभिज्ञ हुनुहुन्न । त्यतिबेला प्रचण्डले राजीनामा दिंदा प्रथमतः उनी आवेग र उत्तेजनामा आएर गरेका थिए । दोस्रो, उनलाई राजीनामा गर्नाले अहिले केही दिनको लागि त्यागीपनि देखिने तर अर्को समीकरण गरेर पुनस् आफै प्रधानमन्त्री पनि भैराख्न पाइने कुरा देशी-विदेशी षड्यन्त्रकारीहरुद्वारा 'सुनिश्चित'गरिएको थियो तर पछि यस्तो भो कि त्यो कुर्सी छोड्नुपरेको पीडामाथि जनता९कार्यकर्ताले गरेको आलोचनाले उनको दिलदिमाग सन्तुलनमा नरहने स्थिति आयो र विद्रोहद्वारा पुनः सत्ताकब्जा गर्ने कुरा गरेर देशभरिबाट नेता९कार्यकर्ता र जनता समेतलाई काठमाडौंमा केन्द्रित गरे । तर दुखको कुरा, जनता, कार्यकर्ता र अझ भनौं नेतासम्मलाई पनि अब विद्रोहको घडी आयो र जनयुध्दको जगमा जनविद्रोहद्वारा केन्द्रीय सत्ता कब्जा गरी क्रान्तिकारी सत्ता राष्ट्रिय रुपमै स्थापना हुन्छ भनेर विश्वास दिलाई क्रान्तिको लागित्यसरी समर्पित नेता, कार्यकर्ता र जनता सबैलाई कुनै क्रान्तिकारी गतिविधिबिनानै घर फर्कन उर्दी जारी गरेर क्रान्तिकारीहरुको उत्साहमा पानी खन्याएका थिए । यसरी प्रचण्डले एकातिर राजीनामा दिएर र अर्कातिर विद्रोहको बहाना बनाएर गरेको कुर्सी प्राप्तिको निम्ति गरेको बार्गेनिङलेआफ्नो व्यक्तित्व, अस्तित्व र छविमा त आँच पुराए पुराएस क्रान्ति र पार्टीको ओज र गरिममासंगै राज्यव्यवस्था र शासकीय शक्ति र दमलाई पनि अपूरणीय क्षति पुराएका थिए ।यही कुरा अमूल्य शिक्षाका रुपमा अहिले राष्ट्र र राष्ट्रपतिले लिन सक्नुपर्दछ र आजको सन्दर्भमाउक्त शिक्षालाई दह्रो र दीगो रुपमा हुबहु लागू गर्नुपर्ने हुन्छ ।

राष्ट्रपति पछि नहट्नोस्स् : 

राष्ट्रपति हालै बहालवालासहित पूर्व सैनिक जनरलहरु र विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित विज्ञ-विशेषज्ञ व्यक्तित्वहरुको भेलार भेटघाट गर्नु र परामर्श लिनु अनि त्यसक्रममा राजीनामा नदिने कुरा गर्नु स्वयंमा साहसिक, सराहनीय र स्वागतयोग्य कदम हो । अब यसलाई थप साहस, थप शक्ति र थप बुध्दि९विवेकका साथ दृढतापूर्वकअघि बढाउनुकोराष्ट्रहित  राम्रो विकल्प छैन । यसैमा अड्ने र देशको रक्षार्थ न लड्ने नै सफलता र विजयको एकमात्र जीवनशील बाटो हो । हैन भने राष्ट्रपति विद्यादेवी भण्डारीको पनि प्रचण्डको जस्तो बोलीको ठेगान नहुने मात्र होइन आफ्नो अस्तित्व र अस्मिता त डुब्छ नै, संगसंगै राष्ट्रकै पनिअस्मिता र अस्तित्व समेत समाप्त हुनेछ र यसको दोष समेत राष्ट्रपतिलाई नै लाग्ने निश्चित छ  ।

तसर्थ राजीनामालाई त्यति हल्का र हचुवा ढङ्गले लिएर राष्ट्रिय स्वाधीनता, स्वत्व र अस्तित्वको यो लडाइँमा सत्ताको सदुपयोग गर्न चुक्नुहुँदैन  ।यसै सत्ताको शक्तिलाई प्रयोग गरेर नै राष्ट्रपतिले आम देशभक्त र राष्ट्रप्रेमी शक्ति, संघसंस्था र जनसमुदायहरुको अपार माया९ममता र साथ-सहयोग लिन सक्नुहुनेछ । राष्ट्रपतिले देशको रक्षाखातिर कत्तिपनि खुट्टा न कँपाईनितान्त दरो र खरो कदम चालेमा साथ९सहयोग गर्ने करोडौं देशका सच्चा सन्ततीहरु राष्ट्र र राष्ट्रपतिका पक्षमा दृढतापूर्वक उभिनेछन् रदेश र जनताका देशि-विदेशि दुश्मन रतिनका दलाल-गुलामहरुलाई तह लगाउनु पर्ने छ। वास्तवमा यो बेला भनेकोराष्ट्रपतिलाईराष्ट्रको संरक्षण र सम्बर्द्धन गर्ने यो एउटा दुर्लभ ऐतिहासिक अवसर हो । यही नैराष्ट्रपतिको अहिलेदेश र जनताप्रतिको निर्विकल्प अहं जिम्मेवारी हो । यस्लाई बेहिचक पूरा गर्न कटिबध्द हुनु राष्ट्रपतिको यतिबेलाको जरुरी दायित्व हो भने त्यसमा होस्टेमा हैंसे गर्नु हामी सचेत देसभक्त नेपालीहरुको कर्तव्य हो । त्यसैले हामी भन्छौं राष्ट्रपति अब कुनै हालतमा पछि नहट्नोस् । तत्कालशासन-सत्ता हातमा लिनुहोस् र राष्ट्रपति शासन लगाउनुहोस् । अविलम्ब देश बेचुवा सरकार र दुवैसंघीय सभालाई अनि देशबेच्दा मौन समर्थन गरेर रजाइँ गर्ने प्रदेस सरकार र सभाहरुलाई तत्काल विघटन गर्नुहोस्यि । नको स्थानमा सर्वोच्च गोलमेच सभा गराउनुहोस् र त्यहींबाट स्वच्छ विज्ञहरुको सानो मन्त्रीमण्डल बनाउनुहोस् र त्यसैमार्फत राष्ट्रहित र जनहितका कामहरु गर्दै अघि बढ्नुहोस्।

२०७९ भदौ १७ १४:०० बजे

प्रतिक्रिया