तिम्रो रुप पनि देखियो
तिम्रो रङ्ग र ढङ्ग पनि देखियो
तिम्रो शक्ति सामर्थ्य पनि देखियो
तिम्रो बुद्दि क्षमता पनि देखियो
तिम्रो सान, सौगत र औकात पनि देखियो
तिम्रो राष्ट्रबाद पनि देखियो
तिम्रो जनताप्रतिको माया र ममता पनि देखियो
तिम्रो साशन सत्ता पनि देखियो
तिम्रो सस्तो लोकप्रियताको परिणाम पनि देखियो
राजनीति , बिचार, सिद्धान्त बिनाको
तिम्रो अद्भुत कला क्षमताको हर्कत पनि देखियो
तिमी मान या नमान
हत्केलामा सुर्ति मिचेर र्याप गाउँदै
वाह वाहको ताली खाए जस्तो
हुदो रहेनछ सत्ता सञ्चालन
सुझ न बुझ
कसैको लहै- लहैंमा लागेर
आँखा चिम्लिदै
सुकुम्बासीहरुको बस्तिमा डोजर चलाए जस्तो
हुँदो रहेनछ राज्य सञ्चालन ।
तिमी कालो चश्मा लगाएर
सँसदमा र्याप गाउ वा पप
तिमी आफ्नै गीतमा डिस्को नाँच वा हब
अब तिम्रो कला बिहीन प्रहसन
कस्ले हेर्छ र ?
केबल तिम्रा हनुमान बाहेक
यदि कोहि बाँकी रह्यो भने
सँसदीय आहालका काला भ्यागुता ।
देखियो
तिम्रो साशन सत्ता
कुन रिमोट कन्ट्रोलबाट चल्दैछ
भोगियो
तिम्रो कार्य कुशलता
कुन नीति सिद्धान्त र आदर्शबाट चल्दैछ ?
तिम्रो कुशलता
जार ,इदि अमिन र ट्रमको फासिबादमा देखियो
अत्यन्त क्रुर
बिभत्स
अमानबिय
उद्दण्डता र
पासबिक चरित्रमा देखियो ।
सायद
तिमी देखेको समृद्द नेपालको सपना
नाङ्गो फासिबादको पराकाष्टमा होला हैन ?
जहाँ
न त देश रहनेछ
न त राष्ट्र,राष्ट्रियता र सार्बभौम सत्ता रहनेछ
न त तिमी रहनेछौ
न त हामी जनता रहनेछौ ।
तर यादगर
महासय
तिम्रो अस्वभाबिक हर्कतमा
फासिबादले
नाङ्गो सडकमा
ताण्डब नृत्य देखाउन थाल्यो भने
हज्जारौ रेक्टस्केलको भुकम्प आउनेछ यहाँ
ज्वारभाटाहरु उर्लने छन्
आँधि हुरी र बेगवान तुफानले
तिम्रा सपनाहरु चकनाचुर पार्नेछन्
तिमी र तिम्रा मालिकका
आलिसान महल र दरबारहरु खरानी बन्नेछन्
त्यै खरानीको चिहान माथि
नौलो सुन्दर सन्सारको सँरचना खडा हुने
प्रतिक्रिया