जसको राष्ट्रियता हुँदैन
हुँदैन राष्ट्रियता
दलालको
धर्म हुन्छ उसको एउटै
बेच्नु
ढुङ्गा माटो
जङ्गल
नदी खोला
खनिज
बेच्दाबेच्दै
बेच्छ उसले
आफ्नै
तन मन
खोपडी
र, भर्छ उसले खोपडीमा
डलर
युरो
भारु
यान या पाउण्ड
हरेक बिहान उसले
नारा लगाउँछ
राष्ट्रियताको
र मध्यरातमा त्यसलाई
साट्छ डलरमा
जोख्छ युरोमा
पस्किन्छ किस्तिमा राखेर भारुको
उसको लागि देश
हो एउटा कम्पनी
जहाँ बेचिन्छ
सेयर
नक्सा
नदी
र अन्तमा
आफ्नै खोपडी र छाला
दलाल कहिल्यै देख्दैन देश
उसले देख्छ केवल
बजार
धनदौलत
ऐशोआराम
पद प्रतिष्ठा
तसर्थ
उ टोपी फेर्छ
जुत्ता फेर्छ
झण्डा फेर्छ
नारा फेर्छ
फेर्दैन उसले
देश र स्वाभिमानलाई
माल बनाउने नियत
नित्य बिहान
हेर्छ उसले
भित्तामा झुण्ड्याइएको
क्यालेण्डरमा
आजको मूल्यसूची ।
(दुखी- इच्छुक प्रतिष्ठनका अध्यक्ष हुनुहुन्छ)
प्रतिक्रिया