कम्युनिस्ट एकतासम्बन्धी विप्लवजीलाई सुझाव

bimbonline बिम्ब अनलाइन
२०८३ वैशाख १७ ०६:३५ बजे
नारायण शर्मा

हालै बसेको विप्लव नेतृत्वको माओवादी पार्टीले नेपालको कम्युनिस्ट आन्दोलनलाई क्रान्तिकारीकरण र एकताबद्ध गर्नका निम्ति राजनीतिक शक्तिहरुलाई यसको निम्ति अपिल गर्ने निर्णय गरेको कुरा पार्टी निकट मिडिया जनखबर अनलाइनमा आएकोप्रति ध्यानाकर्षण भयो ।

कम्युनिस्ट आन्दोलनको आजको संवेदनशील र गम्भीर अवस्थामा यस्तो निर्णय गर्नु सकारात्मक नै हो । अहिले नेपाली कम्युनिस्ट आन्दोलनको एउटा धारा आत्मगत रुपमा दक्षिणपन्थी अवसरवादको फेरो समातेर संसदवादी भासमा भासिंदै राष्ट्रिय र वर्गीय आत्मसमर्पणसम्म पुगी विसर्जनको डिलमा उभिएको छ । यसरी नै अर्को क्रान्तिकारी भनिएको धारा पनि व्यक्तिवादी महत्वाकांक्षा, आत्मसुरक्षा र क्रान्तिकारी लफ्फाजीका कारण गुटवाद र फुटवादको अन्तहीन श्रृङखलामा फसेर अस्तित्व रक्षाको संकटमा छ ।

वस्तुगत रुपले भने यी दुवै धाराहरु शक्तिकेन्द्रहरुका भूराजनीतिक र गैरभौगोलिक हथकण्डाहरुका चपेटामा  परेर कि आत्मसमर्पण गर्न पुगेका छन् कि त भने किंकर्तव्य विमूढ भएर खिइँदै जान बाध्य भएका छन् । साम्राज्यवादीहरुले डलर-युरोलगायतका आर्थिक अनि जातीय र नस्लीय, धार्मिक, शैक्षिक, सांस्कृतिक आदिजस्ता क्रान्तिकारी वर्ग र विचारविरोधी हतियारलाई आफ्ना उन्नत विज्ञान-प्रविधी, सूचना-संचार, डाटा-नेट, सामाजिक संजाल र मिडिया-मनोरंजन आदि माध्यममार्फत नेपाल र नेपालीमाथी प्रयोग गरेर सिङ्गो नेपाललाई  नवउदारवादी अर्थराजनीतिक प्रभाव र दवावमा पारेका छन् । यस्ले गर्दा ठुला-बडादेखि सानातिना भनिएका कम्युनिस्ट पार्टी र नेताहरुसँगै कम्युनिस्ट आन्दोलन नै मतिहीन, दृष्टिहीन, शक्तिहीन, गतिहीन र गन्तव्यहीनजस्तै बनाइएका छन् । यो गम्भीरतम र जटिलतम अवस्थामा नेपाली कम्युनिस्ट आन्दोलनको क्रान्तिकारीकरण, शुद्धीकरण, सर्वहाराकरण गरेर पुनर्संस्कार नै गर्नु प्रथम आवश्यकता र अहं महत्वको विषय अवश्य हो । यस विषयमा छुट्टै चर्चा गरौंला । कम्युनिस्ट आन्दोलनलाई क्रान्तिकारीकरण गर्नुका अतिरिक्त त्यसप्रकारका राजनीतिक शक्तिहरुलाई एकताबद्ध गर्नका निम्ति  अपिल गर्ने निर्णय पनि गरिएकोले अहिले यस विषयमा मात्र छोंटो चर्चा वान्छनीय भएको छ । विघटित र विसर्जित बन्दै गरेको नेपाली कम्युनिस्ट आन्दोलनको यो गम्भीर र संवेदनशील अवस्स्थाप्रती यसप्रकारको चिन्ता र चासो एउटा जिम्मेवार नेता र पार्टीमा देखिनुको अर्थ, औचित्य र महत्व पनि आफैमा स्वत स्पष्ट छ ।

माथिनै भनिसकियो कि नेपालको कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी भनिएको धारा टुटफुट भएर अस्तित्व रक्षाको लडाइँमा छ । त्यसैले स्पष्ट छ कि समस्यालाई मोटो रुपमा पहिचान गर्न त बैठकले सकेको छ तर अब हेरौं समस्या समाधानको दिशामा के निर्णय गरेको छ।  पार्टीले के कस्तो पहल अघि बढाउँछ ? यसबारे समाचारमा त केही जनाइएको छैन, छ भने माथी भनिएझैं अपिल गर्ने निर्णय  गरिएको मात्र भनिएको छ । यति ठूलो, गम्भीर, जटिल र बहुआयामिक समस्याको हल खाली अपिल गरिदिंदैमा त हुँदैन होला ? यसको हेक्का त उहाँहरुमा हुनै पर्ने हो, होइन भने त यो अवस्थामा यसप्रकारको निर्णयको तात्पर्य खाली लोकपृयताको निम्ति गरिएकोभन्दा बढी महत्वको हुँदैन । 

हामीलाई लागेको कुरा के हो भने विप्लवजी स्वयं जनयुद्धको नेतृत्व गरेर आएको युवावस्था पार गरेको एक शीर्षपंक्तिकै नेता भएर पनि युवासुलभ केही उल्लेखनीय सकारात्मक गुणहरु भएको एक सिर्जनशील, साहसी, सक्षम र गतिशील नेता हुनुहुन्छ । अनि यस्तो भएर पनि जुनसुकै कारणले होस् आजसम्म संसदीय भासमा नभासिएकै नेता हुनुहुन्छ । यद्यपि त्यसै दिशामा उन्मुख हुँदा पार्टी फुटको सिकार पनि बन्न परेको र चुनाव उपयोग गर्दा जो बचेको शक्ति, भक्ती र छवि पनि बालेन-रविले खाइदिएकोले अब त्यो बाटोबाट हुन्न भन्नेमा सचेत र सुस्पष्ट नै हुनुहोला भन्ने लागेको छ । हुन त आफ्नो क्रान्तिकारी विचारभन्दा भावनालाई बढी प्राथमिकता दिनाले यो पंक्तिकारले नै फुटेर हुन्न है भन्दाभन्दै किरणजी (हामी) हरुबाट फुटेर भूमिगत भएपछि केही समय आफ्नो विचार प्रयोग गर्नु भयो, तर परिस्थिति अनुकूल हुन-गराउन नसक्दा अनि उहाँ र पार्टीकै कतिपय मनोगत, नीतिगत र कृतिगत कमजोरीका कारण खुला भएर पुनर्मुसिको भव भनेझै गरी फेरि शान्तिपूर्ण बाटोमा अर्थात् संसदवादी चुनावी बाटोमा आउनुभएको ईतिहास त छ तर पनि अहिलेको चुनावमा चित खाएपछि केही चेत्बुद्धी पलाएर क्रान्तिकारी आन्दोलनको क्रान्तिकारीकरण   र एकताबद्ध गर्ने यो निर्णय गरिएको हुनुपर्छ । वाम र दक्षिण दुवै हण्डर ठक्करजन्य अनुभवबाट उहाँहरुमा अहिले सही क्रान्तिकारी दिशाबोध भएको भान हुन्छ । अरुहरुले भनेझैं उहांँहरुमा क्रान्तिकारी स्पिरिट मरिहालेको भन्ने लाग्दैन । त्यसैले उहाँहरुले गर्नुभएको कम्युनिस्ट आन्दोलनको क्रान्तिकारीकरण र एकताबद्ध गर्ने निर्णय एक गम्भीर प्रयास नै होला भन्ने विश्वासका आधारमा यहाँ केही अनुभवजन्य सुझावहरु शेअर गर्न खोजिएको छ ।

स्मरणीय छ, नेपाली कम्युनिस्ट आन्दोलनलाई क्रान्तिकारीकरण गर्ने र एकताबद्ध गर्ने आवश्यकता देखेरनै हामीले विगत आधा दर्जन बर्षदेखी लगातार प्रयास गर्दै आएका छौं । यसक्रममा क्रान्तिकारी र देसभक्त लागेका र इच्छुक एक दर्जन बढी शक्ति, समूह, संघसंस्था, अभियान, आन्दोलन, मंच, मोर्चा र व्यक्ती-व्यक्तित्वहरुलाई एउटै थलोमा ल्याएर विषयसूची नै बनाई क्रमिक रुपले छलफल गर्दै टुङ्गिएका विषयहरुलाई दस्तावेजीकरण गर्ने पनि गर्‍यौं । हामीले एकपटकमात्र होइन पटकपटक, व्यक्तिगत रुपमा मात्र पनि होइन सामूहिक रुपमा समेत विभिन्न स्वतन्त्र वा प्रतिबद्ध स्थापित नेताहरु स्वयं विप्लव समक्ष पुगेर एकताको पहल लिन र नेतृत्व पनि गर्न अनुरोध गर्ने समेत गर्‍यौं । यसरी टुटेर, फुटेर वा छुटेर-छरिएर रहेका सबै क्रान्तिकारीहरुलाई समेटेर पार्टी र आन्दोलनको एकीकरण, ध्रुवीकरण र गठबन्धन अर्थात् क्रान्तिकारी पुनर्गठन गर्ने हदैसम्मको प्रयासको परिणामस्वरूप बल्लतल्ल सुरुमा संयुक्त क्रान्तिकारी मोर्चा र पछि राष्ट्रिय क्रान्तिकारी मोर्चालाई एउटा दीर्घकालीन मोर्चाको भ्रूणको रुपमा गठन र परिचालन गरिएको


२०८३ वैशाख १७ ०६:३५ बजे

प्रतिक्रिया