अव म चुप वस्दिनँ

bimbonline बिम्ब अनलाइन
२०८२ फागुन २५ ११:०८ बजे
कमला तामाङग

अब म चुप बस्दिनँ‘ 

धेरै भयो —

मौन बस्दै,

सहँदै,

आफैँलाई दोष दिँदै। 

तिमीले सिधै “सानो जात” भनेनौ,

तर व्यवहारले हजारपटक भन्यौ।

मेरो थर सुनेपछि

तिम्रो अनुहार फेरिएको

मैले देखेको छु। 

हात मिलायौ,

तर मन मिलाएनौ। 

समानताको नारा लगायौ,

तर भान्सामा

मेरो लागि छुट्टै गिलास राख्यौ। 

किन ,मेरो रगत फरक छ?

मेरो आमाको कोख अपवित्र थियो?

जवाफ देऊ (जोड दिनुहोस्)

म थाकिसकेँ

तिम्रो देखावटी सभ्यताबाट 

बाहिर “बराबरी” चिच्याउने,

भित्रै भित्र

मान्छेलाई टुक्र्याउने। 

आज म चिच्याउँदै भन्छु —

म सानो होइन 

सानो त तिम्रो सोच हो। 

मेरो मौनता कमजोरी थिएन,

धैर्य थियो। 

तर अब

मेरो  धैर्य आगो बनेको छ। 

याद राख —

जब दबाइएका आवाजहरू

आक्रोशमा बदलिन्छन्

त्यो दिन

तिम्रो सिंहासनसहित।, सोच ढल्नेछ  

मान्छेभन्दा ठूलो कुनै जात हुँदैन 

आज नारी दिवस मनाइँदैछ 


२०८२ फागुन २५ ११:०८ बजे

प्रतिक्रिया