कविता -बाटो

bimbonline बिम्ब अनलाइन
२०८२ फागुन २ १५:०२ बजे
सरिता तिवारी

दुनियाँमा 

सबभन्दा दुर्गम छ मलाई 

तिम्रा ओठहरूसम्म पुग्ने बाटो 

सकुँला बरु

सात ओटै महासगरको पिँधमा पुगेर फर्कन 

पृथ्वीलाई सात चक्कर लगाएर,

सातै आश्चर्यहरू छोएर 

फेरि यहींनेर आइपुग्न 

देउताहरूको त्यो वर्जित बगैचा 

वादलमाथी बसेको अलकानगरी

मानसरोवर देखि क्यास्पियन सागरको तट

साइबेरियादेखी सहारा मरुस्थल 

पुग्न सकुँला

जहाँ भन्यो त्यहीं

तर केहीगरी सक्दिनँ

तिम्रा ओठहरूसम्म पुगिने बाटो भेटाउन 

तिमीलाई थाहा छैन प्रिय ,

मेरो लागि 

कति दुर्गम,

कति अप्ठ्यारो,

कति कष्टकर छ

तिम्रा ओठहरूसम्म पुग्ने बाटो 

(सरिता तिवारीको फेसवुक वालवाट)


२०८२ फागुन २ १५:०२ बजे

प्रतिक्रिया