नुन कि सुन ठगहरुको चुनाव

गाउँमा नुन र सुनको कथाहरू बोकेर आउनेहरुलाइ सहरको न्यानो र मिठो भाषा लाई बहिष्कार गर्नु नै आजको आवश्यकता हुनेछ।

bimbonline बिम्ब अनलाइन
२०८२ माघ १४ ०८:५२ बजे
सुर्य थापा सिन्जाली

भारत।यो जीवन यात्रामा सहरमा सुन दिने भन्दा गाउँमा नुन दिनेलाई नै साथ दिनु   आजको समयको माग हो भन्दा फर्क नपर्ला किन कि यतिबेला को समय चुनावी माहोलमा तातिरहेको छ कि ठगहरुको लहर गाउँ गाउँमा कुदिरहेका छन सिधा साधा जनतालाई झुक्याउने मिठा सपना बोकेर ।

बिदेशी भुमिमा कठोर परिश्रमले देशलाई  अर्थतन्त्रको उठाउनमा सहयोग पुर्याउने आम नेपाली श्रमजीवीको रगत पसिनामा खाई पल्केकाहरुको माया बिदेशी भुमिमा रहेका सबै नेपालीहरुमा तपाईंको एउटा भोटको ठुलो महत्त्वपूर्ण अर्थ रहेको छ ? तपाईंहरु देश फर्कनु भन्दै सन्देश प्रवाह र आफ्ना जनवर्गीय संगठनहरुको भेला र चुनावी सभा गरि देश भित्र्याउनेमा तिब्रता छाएको छ। तर यिनको इतिहास कहिले सम्म सफल होला ? सबै तिर बाट प्रश्न उठिरहेको अवस्थामा हामी चुनावी लहरमा बगिरहेका छौँ यतिबेला यिनलाई सघाउनु राम्रो होइन किन कि विगतले हामीलाई यथार्थमा बुझाइसकेको छ यहाँ ?

सहरको सुन र गाउँमा नुनको अर्थमा पनि यथार्थ हो जहाँसम्म अहिले केहि नयाँ अनुहारहरुको पनि आगमन भएको छ। उनीहरुमा पनि केही फरक देखिएको छैनन्। कोहि करोडौंको गाडि त कोहि हवाई उडानमा रहेका छन। चुनावी प्रचारप्रसारका लागि अनि यहीँ जमातले भन्दैछन् सुशासनको हाम्रो यात्राले गर्नेछ यस्ता खालका झुठका नारा बोकेर गाउँ गाउँमा उत्रिएको अवस्था छ। यो अवस्था नुन र सुनको गुनासो सुनाउदै सहर भन्दा गाउँमै रमाइलो वातावरण रहेको अवस्थामा हामी तपाईंहरुको गाउँ लाई बिशेष सुविधा दिनेछौं भन्दै  भ्रमको खेती गर्दै गाँउ पसेकाहरुलाई हामी कुन तरिकाबाट प्रतिकार गर्ने ? 

हिजोका युद्धका नकारात्मक नाइकेहरुका स्वार्थीहरु  हजारौंको बलिदान लाई घात गरि संसदीय दलदलमा फसेकाहरु हामी परिवर्तन खातिर लडेका हौं? हामी न्याको लागि तपाईहरुकै साथमा छौँ जस्तोसुकै अवस्थामा पनि एक साथ छौँ भन्न कत्ति पनि लाज श्रमिन्दा मान्य छैनन्। त्यसकारण हामी सचेत नागरिकको नाताले स्वाधीन संयुक्त सरकारको माग गर्दै आगामी संसदीय चुनावको बहिष्कार गर्नु विकल्प अरु केही हुनेछैन। त्यसकारण गाउँमा नुन र सुनको कथाहरू बोकेर आउनेहरुलाइ सहरको न्यानो र मिठो भाषा लाई बहिष्कार गर्नु नै आजको आवश्यकता हुनेछ कि बिगतमा भ्रष्टाचारको बिल्ला भिरेका लालगद्दारहरुको टोली लाई राज्यसत्ता बाट निकासी नगरे सम्म देश र जनताले शान्ती पाउने छैनन् त्यसकारण हामी नुन र सुनका ठग जस्ता लाई  बहिष्कार गरौं ।



२०८२ माघ १४ ०८:५२ बजे

प्रतिक्रिया