इच्छुकको हत्यारा विक्रमसिंह थापा रास्वपाको उम्मेद्वार

bimbonline बिम्ब अनलाइन
२०८२ माघ ८ २०:०३ बजे

वुटवल। महेन्द्र पुलिस क्लबमा जनप्रिय कवि, पत्रकार तथा सांस्कृतिक मोर्चाको नेतृत्व कृष्ण सेन ‘इच्छुक’ लाई कुटीकुटी मार्ने हत्यारा नेपाल प्रहरीका तत्कालीन डीएसपी विक्रमसिंह थापा रास्वपाका तर्फमा प्रतिनिधिसभाको निर्वाचनमा कपिलवस्तु २ बाट उम्मेद्वार बन्दै गरेको समाचारले हामीलाई अत्यन्त चिन्तित तुल्याएको छ । विक्रमसिंह थापाको उम्मेद्वारी खारेज गरियोस्, उनलाई तत्काल पक्रेर कानुनी कठघरामा उभ्याइयोस् । प्रहरी हिरासतमा इच्छुक र डीएसपी विक्रमसिंह थापाको संवादको एक झलक–   

ुडीएसपी – (विस्तारै) जनता भन्छस? यो राजाको देश हो । यो ठकुरीको देश हो । राजाको भन् राजाको । यो देशको माया तेरो बाउ प्रचण्ड, बाबुराम र बादललाई पनि छैन । शेरबहादुर, गिरिजालाई पनि छैन । यो देशको माया ज्ञानेन्द्रलाई मात्र छ । बुझिराख्, यो ठकुरीले बनाएको देश हो ।

सेन – (बल गर्दै) भन्दै भन्दिनँ । यो देश जनताको हो । फेरि पनि जनताकै हो भन्छु । यो देश ठकुरी राजाले बनाएको हैन । कुनै राजा महाराजाले बनाएको हैन । जनताले बनाएको हो ।

डीएसपी – (हप्काउँदै) बढी बोल्छस् । म पनि ठकुरी, तँ पनि ठकुरी होस् । म फेरि भन्छु– तेरो दिमागमा प्रचण्ड, किरण, बाबुराम र बादलले गोबर भरिदिएका छन् । सुन्, यो देशमा सेना परिचालन हुँदै छ । त्यस बेला तँ काँ हुन्छस्, थाहा छ ?

सेन – (शान्तसँग) डीएसपी मेरो देशभक्ति मेरो मुटु झिके पनि झिक्न सक्नुहुन्न । हामी देशभक्त क्रान्तिकारीहरू हौँ । त्यसैले कुनै पनि देशद्रोही शक्ति चाहे त्यो जतिसुकै शक्तिशाली किन नहोस्, उसले हामीलाई जित्न सक्तैन । हामी कहिल्यै मर्दैनौँ । हामीलाई कसैले मार्न सक्तैन । म जहाँ रहे पनि नेपालमै हुन्छु ।

तस्बिर– महान् सांस्कृतिक सहिद कृष्ण सेन ‘इच्छुक’ को उदात्त जीवन र बलिदान गाथामा आधारित नाटक ‘उनी मरेका छैनन्’ को दृश्य र संवाद हो यो।


२०८२ माघ ८ २०:०३ बजे

प्रतिक्रिया