अबुझ त्यो मुर्ख लाई सिकाएर काम छैन
हात्ती लाई हिरामोती देखाएर काम छैन ।
के नै कुरा गर्नु छ र बुझाउँदा नबुझ्नेलाई
भयो अब छोडी देउ बुझाएर काम छैन ।
देख्नेबेला जुन् देखेनौ ऐले ठुलो श्वर गर्छौ
बाजीपछि पोष्टमाबल् छिराएर काम छैन ।
मन जित्ने आयो बेला अब ढिला गर्न हुन्न
बुद्धिले ग्याम् जित्नुपर्छ रिसाएर काम छैन ।
खोस्नु पर्छ बल अब मार्नु पर्छ बाजी अव
पर्दा पछि लुकेर यो चिहाएर काम छैन ।
सोच्नेबेला आयोअब फुट्नेबेला गयोअव
मिल जुट, फुर्ति अब, देखाएर काम छैन ।
नरेन्द्र देवकोटा (प्रशान्त) २०८२\८\२० प्युठान
प्रतिक्रिया