तिम्रो रेल गाडीमा
रातो झण्डा
सहिदका सपना
बेपत्ता पारिएका
परिवारको पीडा
चहराइरहेका घाइतेका घाउ
बगिरहेको रगत
रगतले सिञ्चित
गोलो आकारभित्रको
हँसिया र हतौडा अंकित
फहराउन
सकिरहेका छैनौं।
बरू,
तिम्रो रेल गाडीमा
मलद्वारलाई
हरिद्वार भन्नेहरूले
खचाखच सिट भरिएकाछन
खुशीले गदगद भएकाछन
समाजवादको नारा लगाएर
दलाल पुजिवादीका भरौंटेहरू
डिब्बा भरी भरेर
समाजवाद ल्याउँछौं भनी
अफबाह फैलाइ रहेकाछौ ।।
त्यसैले
तिम्रो रेलगाडीमा चढेर यात्रागर्न असमर्थ छु।
(लेखक नेकपा माओवादी केन्द्रका नेता तथा पुर्व राष्टिय सभा सदस्य हुनुहुन्छ)
प्रतिक्रिया