भारतचेन्नै।
कस्ता भए राजनीतिज्ञ कस्तो होला समाज
दुइटा विहे गर्ने अरे सुन्छु म आज
त्यस्तो कानुन ल्याउनेका दिदी बैनी छैनकी
पशुलाइ ल्याउने कानुन मान्छे हैनकी
त्यसै त पुरूस छाडा हुन्छन कानुलेनी छोड्दियो
घर गरेर खानीको नी बाटो मोड्दियो
यस्ता गलत निर्णयले कति नारी मर्कामा
विस्वासनै नहुनी भो एक अर्कामा
यही त होला सरकारले महिला हक दिएको
दोश्रो विहे शंसोधन हातमा लिएको
पहिला बच्चा बसाउनी रे पछि विहे गर्ने रे
घरमा हुनी जेठीले त सहनै पर्नी रे
नजन्मदै भूण हत्या जन्मे पछि दमन
नारीले न्याय पाउने छैन जमना
नारीको हक लिनहामी उठौ कम्मर कसेर
बढौ अघि हक लिन हुन्न बसेर
नारी मुक्ति आन्दोलनको गरौ हामी प्रचार
पुरूष प्रधान कानुन ल्याउने फालौ सरकार
प्रतिक्रिया