सत्तामा राष्ट्रपति को पद सम्हाल्दा पनि आफ्नै दुइ कोठे फार्म हाउसमा साधारण किसानले जस्तै जीवन यापन गर्ने बिनम्र तर कुशाग्र बुद्धी भएका महान ब्यक्ति थिए जनताले प्रेमपूर्बक बोलाउने पेपे । उनको नाम जोसे अल्बर्टो पेपे मुसिका कोर्नैनो । उनलाई बिश्वका सबैभन्दा गरीब राष्ट्रपतिको संज्ञा पनि दिइयो । तर उनी त्यो मान्न तयार थिएनन् । जसलाई चाहिनेभन्दा बढी चाहिएको छ उनीहरुले मलाई गरीब भनेका हुन् । आफु गणतन्त्रको राष्ट्रपति भएकोले गणतन्त्रका समर्थक जनताको जीवन स्तर जस्तो छ त्यस्तै जीवन चर्या मैले रोजेको छु । म यसमा खुशी छु । उनले भनेका थिए । क्रान्तिकारी बामपन्थी गुरिल्ला योद्धा जसले जनताको मुक्तिको लागि लड्द १३ बर्ष त काराबासको कठोर सजाय भोगे । यस्ता लडाकु एबं संघर्षशील गुरिल्ला नेताले सत्ताको सुख सुबिधालाई वास्ता गरेरनन् । साधारण किसानको जस्तै जीवन बिताए। त्यस्तो जीवन जुन आजको दुनियामा असाधारण सन्त राष्ट्रपति मानिन्छ ।
हुन पनि पेपे उरुग्वेको राष्ट्रपति भवको साटो आफ्नै दुइ कोठे घरमा बसे । सुरक्षाको नाममा दुइजना प्रहरी र एउटा तीन खुट्टे कुुकुर सीवाय केही थिएन । उनी आफ्नौ भक्सवगन गाडीमा राष्ट्रपति कार्यालयमा जान्थे । अफिसको गाडी पनि लिएनन् । फुर्सदमा श्रीमतीसँग मिलेर केही थप आमदानीका लागि फुलको खेती गर्ने गर्दथे । उनी ट्रयाक्टर पनि आफै चलाउँने गर्थे । बिग्रियो भने त्यसको मर्मत सम्भार गर्ने मोकानिकको काम पनि आफै गर्ने गर्थे । नोकर चाकर कोही थिएनन् उनी आफै चिया बनाउने गर्दथे । अस्पताल जाँदा सर्ब साधारण सहरह पालो कुरेर लाइनमा बस्थे र पदीय बिशेष अधिकारको कुनै चासो राख्दैन थिए ।
यद्यपि राष्ट्रपतिको कार्यालय आफ्नै साधारण गाडीमा जाँदा उनी सामान्य कोट पाइण्ट लगाएर जान्थे । उनले राष्ट्रपतिले पाउने सुबिधा नपाएर त्यसो गरेका थिएन् । सबै कुरा उनलाई प्राप्त थियो । तर उनले त्यसलाई ग्रहण गरेनन् । आफुसँग जे जति छ त्यो नै पर्याप्त छ भनेर ती सुबिधा लिन उनले अस्वीकार गरेका थिए । कुनै अरुको करकापमा परेर होइन आफ्नै मनले आफैलाई जनता सरह राख्ने बाटो उनले अख्तियार गरेका थिए ।
राष्ट्रपतिको तलबको रुपमा उनलाई हर महिना १३,३०० डलर प्राप्त हुन्थ्यो । त्यसमध्ये १२,००० डलर उनले गरीबलाई दान दिने गर्दथे । बाँकी बचेको १,३०० डलरमध्ये पनि ७७५ डलर साना कारोबारीहरुलाई सहयोग स्वरुप दिने गर्दथे । कसैलाई लाग्न सक्दछ कि उरुग्वे गरीब देश भएर राष्ट्रपति पेपले त्यसो गरेका होलान् । त्यसो होइन । उरुग्वेको प्रतिब्यक्ति सरदर आय करीब एक लाख रुपैया जति हुन्थ्यो । उनी २०१४ मा सेवा निबृत्त भए । तर उनले भबिष्यमा चुनाव लड्नु पर्ला भनेर कुनै सम्पत्ति जम्मा गर्ने मनशाय नै राखेनन् । हुन पनि उनको मान्यता के थियो भने ‘रीब त्यही हुन्छ जो पूरा जीवन भरी नै धन जम्मा गर्ने चिन्तामा लागिरहेको हुन्छ’ । उनले कुनै फजुल आवश्यकता पूर्ति गर्न खोज्दैनथे । उनी भन्थे मेरा आवश्यकताहरु नै कम छन् त्यसैले बढी पैसाको आवश्यकता नै छैन । यस्ता महान क्रान्तिकारी ब्यक्तित्व भएका राष्ट्रपति जोस मुजिकाको ८९ बर्षको उमेर हिजो १४ मेका दिन निधन भयो । उनी क्यान्स रोगसँग लडिरहेका थिए ।
प्रतिक्रिया