विप्लवको पार्टी दुई टुक्रामा विभाजित महासचिवमा चिरन पुन सि

bimbonline बिम्ब अनलाइन
२०८२ कात्तिक १५ १८:४६ बजे

काठमाण्डौ। नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी फुटेर  अहिले दुई टुक्रा भएको छ । माओवादी केन्द्रसँग पार्टी एकताको विषयलाई लिएर संस्थापनसँग असन्तुष्टहरूको राष्ट्रिय भेलाले पोलिटब्युरो सदस्य चिरन सीको नेतृत्वमा केन्द्रीय कमिटी पुनर्गठन गरेको हो । जनवादी कलाकारसमेत रहेका सीले पार्टी एकताको विषयमा कुरा नमिलेपछि अलग हुनुपर्ने बाध्यात्मक परिस्थिति आएको बताएका छन् । 

टुटफुटको लामो इतिहास बोकेको नेकपा फेरि किन फुट्यो ? आत्मसमीक्षा गर्न विप्लवलाई उनको आग्रह छ । अघि भनेका छन्, ‘यो नै नवौँ केन्द्रीय समितिको विशेष बैठकको दिशानिर्देश र आजको वस्तुगत आवश्यकताले विभाजित कम्युनिस्ट आन्दोलनलाई दिएको सन्देश हो। नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)लगायतका दलहरुसँग एकताको विषयलाई लिएर नेतृत्वपंक्तिमा विभाजन भएपछि यतिबेला कार्यकर्ता भने अलमलमा परेका छन् । 

नेत्रविक्रम चन्द मशाल हुदै प्रचण्डको स्कुलिङग वाट जनयुध्दमा सहभागी भएर आएका हुन भन्ने चिरन पुन  नेकपा (मसाल)को साँस्कृति मोर्चा रक्तिमको कलाकारको पृष्ठभुमी वाट आएको व्यक्ति हुन। नेकपा(मसाल) मा विभाजन हुदा उनी रामसिह श्रीसले नेतृत्वमा मसाल वाट विद्रोह गरी नेकपा(एकिकृत) वनाएकोमा एकिकृतमा विभाजनको समयमा पुन.  नेकपा(माओवादी केन्द्र)पार्टीमा गएका थिए।अहिले उनी महासचिव रहने गरी ५८ जनाको केन्द्रिय समिति वनाएको वताइन्छ।

नेत्रविक्रम चन्द्र र चिरन पुनको विभाजन सैदान्तिक राजनिति कार्यदिशामा हो वा व्यक्तिगत पद प्रतिष्ठाका लागी हो भन्ने कुरा विस्तारै खुल्दै जाने छ। सवैदेशभक्त वामपन्थीहरु एक भएर जानु पर्ने वर्तमान अवस्थामा विभाजन विखण्डनले सकरात्मक सन्देश नदिएको वताउछन।




२०८२ कात्तिक १५ १८:४६ बजे

प्रतिक्रिया