हिजो राती मदिराले मात्तिएर पाटनबाट निस्किएका थिए बालेन

bimbonline बिम्ब अनलाइन
२०८२ कात्तिक १७ १९:३२ बजे
संस्कार फाइन डाइन’ रेष्टुरेण्टमा

काठमाण्डौ।मध्यरातमा अश्लील गालीगलौजपूर्ण स्टाटस लेखेका काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन)साह चर्को आलोचनामा परेका छन् । 

सामान्यतयाः आममान्छे सुत्ने समय (राती साढे १२ बजेतिर) मा नेपालका राजनीतिक दलसँगै अमेरिका, चीन र भारतलाई अश्लिल शब्दमा गालीयुक्त स्टाटस लेखेर केही क्षणमै हटाएपछि उनी विवादमा तानिएका हुन् । बालेनले गाँजाको नशामा  यस्तो स्टाटस लेखेको धेरैको टिप्पणी छ ।यद्यपि, उनका समर्थक भने फेसबुक अकाउण्ट ह्याक भएको अपत्यारिलो दावी गर्दै बचाउमा उत्रिएको देखिन्छ । के साँच्चै बालेनले गाँजा तानेर स्टाटस लेखेका हुन् त ? जानकार स्रोत भन्छ, ‘गाँजा त थाहा छैन, रक्सी चाहिँ टन्नै खानुभएको थियो ।’

बताइएअनुसार बालेन हिजो साँझ केही साथीसहित ललितपुरको पाटनस्थित ‘संस्कार फाइन डाइन’ रेष्टुरेण्टमा पुगेका थिए । त्यहाँ दुई घण्टाभन्दा बढी समय बिताएका उनले अत्याधिक मदिरा पिएको स्रोत बताउँछ ।‘म पनि उहाँलाई फलो गर्ने मान्छे हो, हिजो संयोगले प्रत्यक्ष देख्न पाइयो’, स्रोत भन्छ, ‘तीन चार जना साथीसँग हुनुहुन्थ्यो, म अर्को टेबलमा थिएँ, बिचमा सिसा थियो, उहाँहरु मदिरा खाइरहनुभएको थिय

उता रेष्टुरेण्टका एक कर्मचारीले पनि बालेनले हिजो मदिरा पिएको संकेत गरे । ‘कसले के कति खायो भन्ने प्राइभेसी हो, खुलाउन मिल्दैन सर, तर आउनुभएको चाहिँ हो’, रेष्टुरेण्टका कर्मचारीले भने ।


२०८२ कात्तिक १७ १९:३२ बजे

प्रतिक्रिया