काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी सहित विभिन्न वामपन्थी, देशभक्त तथा जनवादी पार्टी तथा संगठनहरुको आयोजनामा भोली (कार्तिक ११ गते) काठमाण्डौको माइतीघरमा प्रदर्शन हुने भएको छ । दिउँसो १ बजे उक्त प्रदर्शन गरिने आयोजकहरुले जनाएका छन् ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सहित विभिन्न देशभक्त वामपन्थी सँगठन समुह व्यक्तिहरुले उक्त प्रदर्शन गर्न थालेका हुन । “साम्राज्यवाद, प्रतिगमन,र यथास्थितिवादको प्रतिरोध गरौं राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र अग्रगामी राजनीतिक निकासका लागि एक जुट होऔं ” भन्ने नारा सहित प्रदर्शन गरिने भएको छ ।
प्रर्दशनमा सम्पुर्ण देशभक्त विभिन्न तह तप्काका जनसमुदायहरुको उपस्थितिका लागी आयोजकले विभिन्न माध्यम वाट अपिल गरेकोो वताएका छन।
प्रतिक्रिया