एमालेको ओरालो यात्रा गन्तव्य निकट

अन्तत पद, पावर, प्रतिष्ठा र पैसाको लागि राजनीती गरेका क्रमशः केपी ओली, प्रचण्ड र माधव नेपालजस्ता नेताहरु एक ठाउँमा मिलिजुली बसौं र बाँडीचुँडी खाऔं भन्दै एकता गरेर डबल नेकपा बनाएका यी नेताहरु अन्ततः ३ बर्ष पुग्दानपुदै भागबन्डा नमिलेपछि गाँड कोराकोर र भुँडी फोराफोर गरेर तीन टुक्रामा विभाजित भए

bimbonline नारायण शर्मा
२०८१ पुष १४ ११:५८ बजे

एमालेको ओरालो यात्रा तीव्र भएको देखेर दुःख लाग्यो।  वैचारिक-राजनीतिक रुपमा त एमालेको ओरालो यात्रा मालेकालमै माओत्से तुङ्ग विचारधारा छोडेपछि नै सुरु भएको थियो । तत्पश्चात् क्रमशः नयाँ जनवादी क्रान्तिको बाटो छोडेर बहुदलीय जनवादको बाटो अवलम्वन र सशस्त्र संघर्षको बाटो परित्याग गरेर शान्तिपूर्ण चुनावी प्रतिस्पर्धाको बाटो, वर्गसंघर्षको बाटो छोडेर वर्ग समन्वयको बाटो, राष्ट्रिय स्वाधीनता, स्वाभिमान, स्वत्व, अस्तित्व र अस्मिताको संरक्षण र सम्बर्द्धनको बाटो छोडेर राष्ट्रिय आत्मसमर्पणको बाटो अँगाल्दै पुँजीवादी प्रतिक्रियावादी संसदीय राजमार्गमा उसको राजनीतिक यात्रा अघि बढ्यो । सामन्ती संस्कार-संस्कृतीलाई अवलम्बन गर्ने, एनजीओर आइएनजीओ भित्राएर साम्राज्यवादी दलाल संस्कृतीलाई जीवनशैली बनाउने, नवउदारवादलाई अवलम्बन गरेर परनिर्भर मगन्ते संस्कृति विकास गर्ने गर्दै आयो । त्यतिमात्र होइन, शीर्ष नेताहरु साम्राज्यवाद-विस्तारवादबाट आश गर्ने अनि अन्य नेता-कार्यकर्ताहरुलाई तिनै ठुला नेताको पछि लागेर नेताको भक्ती-स्तुति गरेर पेटपाल्ने परमुखापेक्षी संस्कृतिलाई अन्ततः बा संस्कृतिको रुपमा विकसित गरेको छ ।

नेपालमा नेपाली काङ्ग्रेसले बढाएको व्यक्तिगत र गोप्य रुपमा हुने आर्थिक भ्रष्टाचारलाई एमालेले संस्थागत  र खुला गर्नेगर्‍यो । यसरी भ्रष्ट पुँजीवाद, आसेपासे पोषणवाद, सत्ता र भत्तास्वार्थका निम्ति वैचारिक-राजनीतिक मूल्य मान्यतालाई तिलान्जली दिदै प्रमुख दुश्मनसँग मिलेर खाने मूल्यहीन निकृष्ट संस्कृतिको चरम विकास गर्‍यो । गर्दा गर्दा अहिले  आएर त पछिल्लो गतिविधिको रुपमा भ्रष्टाचार र भष्टलाई चोखाउन उनीहरुको कालो धनलाई चन्दाको रुपमा सार्वजनिक रुपमै स्वीकारेर सम्पत्ति शुद्धीकरण गरिदिने र पार्टीमा पुँजीपती, ठेकेदार, गुण्डा र तष्करहरुको पूर्ण पकडमा पुराउने प्रयास गर्‍यो । यहाँसम्म कि यसको विरोध गर्नेहरुलाई कार्वाही गरेर सिद्धाउने मित्रनिषेध जस्ता विकृती-विसङ्गतिहरु समेत बढाएर सांस्कृतिक अर्धपतनको बाटो विस्तार गर्दै सम्पूर्ण रुपले समाप्तिको सन्निकट पुगेको छ । 

 नीति-नैतिकता भन्दा विधि पद्धतिलाई र विचारभन्दा व्यवहारलाई बढावा दिंदै सांगठनिक अनुशासनको डन्डा चलाएर संगठनलाई भने ठूलो आकार दिएको थियो । तथापि यसको सांगठनिक  ओरालो यात्रा पनि धेरै पहिलेदेखी नै सुरु भएपनी सत्ता र भत्ताको चासनीको लागि एमाले बनेपछि यसको आकार केहि बढेको थियो । तर यसले कृत्रिम बहुमतको आधारमा राष्ट्रघाती महाकाली सन्धी अनुमोदन गरेपछी भएको विभाजनबाट यसको सांगठनिक ओरालो यात्रा सुरु भएको थियो ।

स्मरणीय छ यिनै केपी ओलीको बार्षिक एक खर्ब बीस अर्ब रुपैया महाकाली नदीको विजुली चाइनालाई समेत स्याटेलाइटबाट बिक्री गरेर पनि लाभ हुनेछ। बहुलट्ठीपूर्ण जिकीर र जिद्दीका कारण इन्डियन विस्तारवादको निर्देशन र इन्ट्रेस्टमा  पार्टी केन्द्रमा जालझेलबाट बहुमत बनाएर अनि संसदमा काङ्ग्रेस सँगको साँठगाँठ गरेर एमालेले चरम राष्ट्रघाती महाकाली सन्धि पनि अनुमोदन गरेको थियो । पछि यस्तो राष्ट्रघाती सन्धी पारित गर्ने राष्ट्रघातीहरुको जमातसँग साथै बस्नु हुँदैन भनेर वामदेव गौतमको नेतृत्वमा एमाले विभाजित भै  माले बनेपछि एमाले दुई टुक्रा भएको थियो । यो उसको ओरालो यात्राको पहिलो खुट्किलो थियो ।

तर फेरि माले र एमाले मिलेपछि केही उक्लिएको यो पार्टी २०३५ को नेकपा (माले) का संस्थापक महासचिव सीपी मैनालीले बहुदलीय जनवादको विरुद्धमा परिमार्जित नौलो जनवादको लाइन लिएर एमालेबाट विद्रोह गरी माले बनाएपछि यसमा विभाजन आई एमालेको सांगठनिक ओरालो यात्रा जारी नै रहेको थियो । वैचारिक, राजनीतिक, आर्थिक र सांस्कृतिक रुपमा विचलन र पतनको दिशामा तीव्रतापूर्वक अघि बढिरहेकै बेला माओवादी जनयुद्ध सुरु भएर नयाँ जनवादी क्रान्तिले तीव्र गति लिएपछि एमालेका केही केन्द्रीय स्तरका तर प्रायः जिल्ला र स्थानीय स्तरका क्रान्तिकारी नेता-कार्यकर्ताहरुको ठूलो संख्या माओवादीमा समाहित भएका थिए । त्यसपछी त एमाले सांगठनिक रुपमा समेत करिब-करिब बिसर्जनको अवस्थामा पुगेको थियो । यसको पुष्टि २०६४ को संविधानसभाको चुनाव परिणामले गरेको थियो ।

तत्पश्चात् माओवादीले शान्तिसम्झौता  गरेर सदन र सरकारमार्फत गरेका क्रान्तिविरोधी हर्कतहरुका कारण स्वयं माओवादीमा आएको ठूलो विभाजनपछि माओवादीप्रती वितृष्णा बढेर पहिलेका एमालेका नेता-कार्यकर्ताहरु सबैजसो एमालेमै फर्केर यसको संगठन पुरानै अवस्थामा पुगेको थियो । त्यो अवस्थामा माओवादी पनि आफ्नो अस्तित्व बचाउन, हैसियत बढाउन र सत्तास्वार्थ सुनिश्चित गर्न एमालेमै मिसिएपछी यसले एक्लै दुई तिहाई जित्ने अवस्था आएको थियो । तर त्यो अवस्था धेरै दिन टिकेन ।  अन्तत पद, पावर, प्रतिष्ठा र पैसाको लागि राजनीती गरेका क्रमशः केपी ओली, प्रचण्ड र माधव नेपालजस्ता नेताहरु एक ठाउँमा मिलिजुली बसौं र बाँडीचुँडी खाऔं भन्दै एकता गरेर डबल नेकपा बनाएका यी नेताहरु अन्ततः ३ बर्ष पुग्दानपुदै भागबन्डा नमिलेपछि गाँड कोराकोर र भुँडी फोराफोर गरेर तीन टुक्रामा विभाजित भए । ठूलो पार्टीको हैसियतले ओली एक नंबरका अध्यक्ष भएको र प्रधानमन्त्री पनि उनै भएकोले फुटेर जाने माधव र प्रचण्डका गुटहरु कमजोर भए भने विगत लामो समयदेखी माधव-झलनाथ समूहलाई साथ दिंदै आएका भीम रावल लगायतका दस जना सिनियर, सक्षम र प्रभावशाली नेताहरु अन्ततः वैचारी-राजनीतिक रुपमा खासै भिन्नता नभै फुट्नु आफ्नो हित, पार्टीको हित र देसको हित हुँदैन भन्ने  निष्कर्षमा पुगी नफुट्न कोसिस गरे तर मुख्य नेताहरुमा बढेको प्रतिशोधले गर्दा एउटै पार्टीमा बस्न नसक्ने भएपछी फुटे ।

त्यतिबेला ती दस भाइ नेताहरु एमालेमै बसेपछी र माओवादीका बादल लगायतका केही नेताहरु पनि अन्ततः एमालेमै बसेपछि सांगठनिक रुपले विघटन र विसर्जन हुन थालेको एमाले बालबाल बचेको थियो । मदन-आशृतको हत्यापछि १५ बर्षसम्म महासचिव, २०४७ को संविधानका मस्यौदाकार  र दुई बर्षजति प्रधानमन्त्री समेत बनिसकेका माधव नेपाल अनि माले-एमालेको पटक-पटक नेतृत्व गरिसकेका र प्रधानमन्त्री समेत बनेका वैचारिक, बौद्धिक र अध्ययनशील देसभक्त नेता झलनाथ खनालसहितका प्रायः सक्षम, इमान्दार र स्वच्छ नेताहरुसहितको एउटा समूह यसरी  विभाजित हुँदा यदी भीम रावलहरु त्यसरी एमालेमै नबसेर माधव नेपालको नयाँ पार्टी नेकपा एसमा गएको भए सम्भवतः माओवादीका एमालेमा बसेका बादलहरु पनि एसमै जान्थे र एमालेको सांगठनिक तुजुक त्यतिबेलै तोडिन्थ्यो । अहिले केही ढिलो त भएको छ तर ढिलो होस् त राम्रै होस् भन्ने अवस्था आएको छ रावलहरुका  निम्ति । माधव-प्रचण्ड फुटेपछी पनि खासै फरक नपरेको एमालेमा रावलजस्ता दुई--तीनजना गए केही फरक पर्दैन । पार्टीमा सधै विरोधको आवाज सुनिरहनुभना न रहे बाँस न बजे बाँसुरी भनेझैं हाइसन्चो हुन्छ भन्ने सत्ता उन्मादले उन्मत्त भएका ओलीलाई परेको हुन सक्छ । यसै बेलामा इन्डोअमेरिकी शासकवर्गबाट भीम रावलहरुलाई नरुचाइएको स्पष्ट नै छ । किनकी सिमा मिचिएको वा नागरिकता विधेयकको विष्यमा र एमसिसि सम्झौताको विरुध्दमा भीम रावल खुलेर बोलेका र गतिविधिहरु गरेका थिए । त्यसबाट रिसाएका इन्डो-अमेरिकी शासकहरुले बढी सम्भव छ ओलीलाई निर्देशन दिएर भारतभ्रमण गरेर आफ्ना प्रभुको भक्तिस्तुती गर्न आतुर  ओलीलाई भीम रावलहरुमाथी कार्वाही गरेमा साम्राज्यवाद-विस्तारवाद्को भक्ती फलदायी हुन्छ र भ्रारत भ्रमणको बाटो खुल्छ भन्ने लागेर नै यो कार्वाही गरेको हुनुपर्छ । क्रमश




 

२०८१ पुष १४ ११:५८ बजे

प्रतिक्रिया