भारतमा रहेका आम नेपालीहरूको हक, अधिकार र सुरक्षाको प्रत्याभूत गर्ने लक्ष्य र उद्देश्यका साथ अखिल भारत नेपाली एकता समाजको स्थापना गोविन्द सिंह थापाको अध्यक्षतामा ७ नोवेम्वर १९७९ बनारसमा भएको थियो। पदाधिकारीमा उपसभापतिमा रामचन्द्र पौडेल (पान्डीचेरी), मंत्री पदम राना (फरिदावाद) उपमंत्री डण्डपाणी न्यौपाने (गोरखपुर), सदस्यहरूमा राजु नेपाली (दिल्ली), रतन बहादुर (कलकत्ता) र दुर्गा प्रसाद शर्मा (चेन्नै) रहनु भएको थियो। समाजले आफ्नो स्थापना काल देखिनै भारतमा विभिन्न पेशामा कार्यरत लाखौ नेपाली मजदूरहरूको पक्षमा हमेसा अग्रपंतिमा रहेर आफ्ना गर्वीला पाइलाहरूलाइ निरंतर अगाडी बढाउदै आएको गौरवमय ईतिहास छ। अखिल भारत नेपाली एकता समाजको प्रथम अखिल भारत सम्मेलन ५ - ७ सितंबर १९८२ दिल्लीको निलकण्ठ भबनमा भएको थियो। सम्मेलनको उद्घाटन अखिल नेपाल मज़दूर संघका संयोजक राम बहादुर (खंपा सिंह)) ले गर्नु भएको थियो। सम्मेलनले अध्यक्ष गोविंद सिंह थापा र महासचिव विजय शर्मा ( सिपि गजुरेल))लाई निर्वाचित गरेको थियो।
दोश्रो सम्मेलन १० - १४ दिसंबर १९८५ नई दिल्लीमा सम्पन्न भएको थियो। सम्मेलनको उद्घाटन वरिष्ठ वामपंथी नेता कमरेड मोहन विक्रम सिंहले गर्नु भएको थियो। सम्मेलनले अध्यक्ष गोविन्द सिंह थापा र महासचिव डिलाराम आचार्यलाइ निर्वाचित गरेको थियो। तेश्रो सम्मेलन १३ - १६ नोभेम्बर १९८९ कानपुरको लाजपत भवनमा सम्पन्न भएको थियो। सम्मेलनको उद्धाटन ने क पा (मसाल) का पि. बि एम चित्र बहादुर के सीले गर्नु भएको थियो। सम्मेलनले अध्यक्ष गोविंद सिंह थापा र महासचिव रामचन्द्र शर्मालाइ निर्वाचित गरेको थियो। चौथो सम्मेलन १५ - १६ फरवरी १९८५ नई दिल्लीको साह अडिटोरियमा सम्पन्न भएको थियो। सम्मेलनको उद्धाटन ने क पा (मसाल) का पोलिटब्यूरो सदस्य कमरेड चित्र बहादुर के सीले गर्नु भएको थियो । सम्मेलनले अध्यक्ष लिलानाथ कुसुम र महासचिव गिरधारीलाल न्यौपाने लाई निर्वाचित गरेको थियो। पाँचौ सम्मेलन १० - १३ फ़रवरी २००२ हैदरावादको अग्रसेन भवनमा सम्पन्न भएको थियो। सम्मेलनको उद्घाटन समाज पूर्व अध्यक्ष तथा सांसद डिलाराम आचार्यले गर्नु भएको थियो। सम्मेलनले अध्यक्ष गिरधारीलाल न्यौपाने र महासचिव गंगा पौडेललाइ निर्वाचित गरेको थियो। छैठौ सम्मेलन १३ - १५ सितंबर २००९ फरिदावादको लखनी हलमा सम्पन्न भएको थियो। सम्मेलनको उद्घाटन ने क पा (मसाल) का पोलीटब्युरो सदस्य चित्र बहादुर के सीले गर्नु भएको थियो। सम्मेलनले अध्यक्ष दुर्गा बहादुर के सी र महासचिव कुल बहादुर थापा लाइ निर्वाचित गरेको थियो। सातौ सम्मेलन २१ - २३ सितंबर २०१४ मा लखनौको गान्धी हलमा सम्पन्न भएको थियो। सम्मेलनको उद्घाटन राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष कमरेड रश्मिराज नेपालीले गर्नु भएको थियो। सम्मेलनले अध्यक्ष मित्रलाल शर्मा र महासचिव खगेस्वर शर्मालाइ निर्वाचित गरेको थियो। सातौ अखिल भारत सम्मेलन द्वारा निर्वाचित ३३ सदस्यीय पूर्ण समिति बाट १८ जना सदस्यहरू विविध कारणले हटे पछि समिति अल्पमतमा परेको थियो उक्त समितिलाइ बैधानिकता दिनको लागि ४ र ५ अक्टोबर २०२१ मा गोरखपुरमा भेला सम्पन्न भएको थियो । उक्त भेलाको उद्घाटन नेपाली बरिष्ठ बामपंथी नेता सन्त बहादुर नेपालीले गर्नु भएको थियो ।भेलाले अध्यक्ष देव बहादुर लामीछाने र महासचिव महेन्द्र बस्याल लाई निर्वाचित गरेको थियो।
आठौ सम्मेलन १० -१२ सितंबर २०२३ फरिदावादको अग्रसेन भवनमा सम्पन्न भएको थियो । सम्मेलनको उद्घाटन संस्थापक अध्यक्ष गोविंद सिंह थापाले गर्नु भएको थियो। सम्मेलनले अध्यक्ष देव बहादुर लामिछाने र महासचिव महेन्द्र बस्याल लाई निर्वाचित गरेको थियो। सम्मेलनले दिएको ज़िम्मेवारी अनुसार संगठन निमार्ण र कार्यगत एकता र सम्भव भएका संगठन संग एकता गर्ने नीति अनुसार हामी काम गर्दै जादा हामीले अखिल भारत प्रवासी नेपाली एकता समाज संग एकता गर्ने निर्णय गर्यौ र त्यस पछि दिनांक ६ र ७ जुलाई २०२४ का दिन हैदराबादमा एकता अधिवेशन सम्पन्न भएको थियो । उक्त अधिवेशनमा अखिल भारत नेपाली एकता समाज र अखिल भारत प्रवासी नेपाली एकता समाज बीच एकता गरी संगठनको नाम अखिल भारत नेपाली एकता समाजनै कायम गर्ने सहमति भयो। एकता अधिवेशनले अध्यक्ष आनन्द थापा र महासचिव महेन्द्र बस्याल लाई निर्वाचित गरेको थियो। त्यस पछि भारत भरी एकता प्रकृया सम्पन्न गरेका थियौ।
अखिल भारत नेपाली एकता समाजको ऐतिहासिक पृष्ठभूमिलाई नियालेर हेर्दा कैयन उतार चढाव तथा आरोह अवरोह पार गर्दै अखिल भारत नेपाली एकता समाजले आफ्नो गौरवमय इतिहासलाइ अघाडि बढाउन सफल भएको छ। समाजको गठन लगत्तै कैयन असामाजिक तथा एकता विरोधी तत्वहरूलेसंगठनको शुरूमा राखिएको अखिल शव्दलाइ विभिन्न तरिका बाट अपब्यख्या गरी उक्त विषयलाइ जनसमक्ष अतिरन्जित बनाएर समाज प्रति आस्था राख्ने जनतालाइ भड्काउन पनि नखोजेका हैनन्। १९८४ मा नीतिगत रूपमा प्रवासी र आप्रवासी नेपाली मध्ये कुन चाहि नेपाली लाई संगठित गर्ने भन्ने विषयमा मतभेद भएको थियो। भारतमा खास गरि दुइ थरी नेपालीहरू बसोवास गर्दछन। प्रथम ३१ डिसेम्बर १८१६ को अंग्रेज र नेपाल सरकार बीच भएको सुगौली संधी जस्का कारण नेपालको ठूलो भू-भाग अंग्रेजको कब्जामा गयो र सो भू-भागमा बसोबास गर्ने नेपालीहरू पनि भू-भाग सहित अंग्रेजी हुकुमतका अधिनस्त भए। जो १५ अगस्त १९४७ को ब्रिटिश साम्राज्यको अन्त पछि भारतीय नागरिक बने लाइ (आप्रवासी) भनिन्छ। दितिय ३१ जुलाइ १९५० मा नेपाल भारत शान्ति तथा मैत्री सन्धिका तहत आवत जावत गर्ने नेपाली नगरिकलाइ (प्रवासी) भनिन्छ। अखिल भारत नेपाली एकता समाजले दुबैथरी नेपालीहरूलाइ संगठित गर्नुका साथै उनीहरूका हक हित र सुरक्षाको लागि निरंतर संघर्ष गर्दै आएको छ। १९८५ मा दोश्रो अखिल भारत सम्मेलनको लहर चलिरहेको बेला संगठनमा मतभिन्नता शुरू भएको थियो। उक्त मतभेदका कारण संगठनमा विभाजन आएको थियो । दिल्लीमा सम्मेलन गर्नेलाइ दिल्ली पक्ष र कलकत्तामा सम्मेलन गर्नेलाइ कलकत्ता पक्षको नामबाट आ-आफ्नो पहिचान गर्न थालियो। तर दुबै पक्षले संगठनको नाम चाहि अखिल भारत नेपाली एकता समाज नै राखेका थिए। दिल्ली पक्षको पाँचौ अखिल भारत सम्मेलन २००२ हैदरावादमा सम्पन्न भयो। उक्त सम्मेलनले संगठनको नाम मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बनायो। किनभने कलकत्ता पक्ष अखिल भारत नेपाली एकता समाजले माओवादी जनयुद्धलाइ समर्थन गरेको आरोपमा भारत सरकारले आतंककारी समूहको नाममा प्रतिवन्ध गरेको थियो। त्यस पछि उक्त समूहले जनअधिकार सुरक्षा समिति, एकता मञ्च हुदै अहिले नेपाली समाज भारत बनाएर संगठन संचालन गरेका थिए।
दिल्ली पक्षले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको नामबाट संगठन संचालन गर्दै अगाडी बढ्यो। सन २००६ तिर नेपाली राजनीतिमा देखीएको उथलपुथलको असर मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा पनि पर्न गयो। जस्ले गर्दा पनि संगठनमा विभाजनको तरङग ल्याएको थियो। केही साथीहरूले नेपाली एकता समाज भारत नामको संगठन खोलेर प्रेम पौडेलको नेतृत्वमा संगठन संचालन गर्न थालेको इतिहास पनि छ। २०२० तिर आठौ अखिल भारत सम्मेलनको मुखमा संगठनमा देखिएको दक्षिणपंथी अबसरवादले चरम प्रकारको रूप लियो । दक्षिणपंथी अवसरवाद का विरूद्ध आवाज उठाउनेहरूलाइ केन्द्रीयता लादेर ब्यापकरूपमा निलंबन र निस्कासन गर्ने काम गरियो। फरकमत राख्ने साथीहरूले संगठन सहि नीतिलाइ चलाउको लागि भेला गर्ने निर्णय अनुसार दिनांक ४ र ५ अक्टोवर २०२१ का दिन गोरखपुरमा प्रत्यक्ष भेला गरेर वरिष्ठ उपाध्यक्ष देव वहादुर लामिछानेको अध्यक्षतामा ६१ सदस्यीय केन्द्रीय संगठन समिति बन्यो। त्यस पछि भारतमा ब्यापक रूपमा संगठन निर्माण हुदै गयो। जसको परिणाम स्वरूप हामीले भारत सरकार द्धारा प्रतिबन्धित संगठन अखिल भारत नेपाली एकता समाजलाइ ब्युताउने योजना तर्फ लाग्यौ र सफल पनि भयौ। त्यस पछि हामीले अखिल भारत प्रवासी नेपाली एकता समाज संग एकता गर्ने निर्णय गर्यौ र दिनांक ६ र ७ जुलाई २०२४ का दिन हैदराबादमा एकता अधिवेशन सम्पन्न भएको थियो ।
उक्त अधिवेशनमा अखिल भारत नेपाली एकता समाज र अखिल भारत प्रवासी नेपाली एकता समाज बीच एकता गरी संगठनको नाम अखिल भारत नेपाली एकता समाजनै कायम गर्ने सहमति भयो। एकता अधिवेशनले अध्यक्ष आनन्द थापा र महासचिव महेन्द्र बस्याल लाई निर्वाचित गरेको थियो। समाज संगठन संचालन गर्ने क्रममा कैयन मत भिन्ताहरू उब्जिन सक्छन तिनलाइ राजनैतिक बैचारीक र सैद्धांतिक रूपमा छलफल र बहस गरी उचित निकास निकाल्नु नै उत्तम हुन्छ। स-साना विषयमा खिचलो झिकेर धमिलो पानीमा माछा मार्ने अबसर खोज्ने नया रङगका अबसरवादीहरूले एकताको मूल मर्मलाइ तहस नहस बनाउन फेरी प्रयत्न गर्दै छन। सम्पूर्ण एकता प्रेमी साथीहरू हामीले आजीवन टुट- फुट र सबै खाले अवसरवादी संग कठोर एवं सम्झौता हिन संघर्ष गर्दै र तिनका विरूद्ध हमेशा विजय प्राप्त गर्दै आएको इतिहास छ। अव उप्रान्त पनि त्यस प्रकारका संगठन विरोध तत्वहरूलाइ समयमा नै पैचान गरी किनारा लगाउदै हाम्रो गौरवमय संगठन अखिल भारत नेपाली एकता समाजको ४७ औ ऐतिहासिक स्थापना दिवसको अवसरमा संगठनलाइ अझ ससक्त र घनिभूत बनाउदै अघी बढ्ने प्रण गर्दछौ। यो अखिल भारत नेपाली एकता समाज निर्माणको क्रममा साहदत प्राप्त गर्ने सहिद शोभाखर धनन्जय लगायत र स्थापना कालदेखी अहिले सम्म आर्थिक नैतिक तथा भौतिक सहयोग प्रधान गर्ने सम्पूर्ण न्याय प्रेमी जनसमुदायहरूलाइ अखिल भारत नेपाली एकता समाजको तर्फबाट हार्दिक अभिनन्दन गर्न चाहान्छौ।
(लेखक- महेन्द्र वस्याल एकता समाजका महासचिव हुनुहुन्छ)
प्रतिक्रिया