देउवाका नेपाल विद्यार्थी संघका प्रथम निर्वाचित सभापति देखी पाच कार्यकाल

देउवाका नेपाल विद्यार्थी संघका प्रथम निर्वाचित सभापति देखी पाच कार्यकाल

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ ८ १७:२१ बजे
शेर बहादुर देउवा

काठमाडौं ।  शेर बहादुर  देउवा कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाका  प्यारा थिए र त्यसैबाट  उनि राजनीतिमी होमिया हुन् । वि. सं. २०१७ को राजनीतिक घटनाक्रमपछि नेपालको प्रजातान्त्रिक आन्दोलनमी निरन्तर रुपमा सक्रिय देउवा नेपाल विद्यार्थी संघका प्रथम निर्वाचित सभापति एवम् संस्थापक सदस्य हुन् । वि. सं.२०२८ मी उनी नेपाल विद्यार्थी संघको सभापतीमा चुनिएका  थिए । वि. सं २०४८, २०५१ र २०५६ का संसदीय निर्वाचनमी डडेल्धुरा जिल्लाबाट  निर्वाचित उनी वि. सं २०६४ र वि. सं २०७०  सालमा  भएको संविधान सभाको निर्वाचनमी डडेल्धुराका संगै कञ्चनपुर जिल्ला रे कैलाली  जिल्लाबाट समेत  निर्वाचित  भए । 

देउवा नेपाली काँग्रेसको संसदीय दलको  नेतृत्व गर्दै वि.सं. २०५२ सालमा पहिलोपटक नेपालको प्रधानमन्त्री बनेका थिए। पटक पटक गरी देउवा ५ पटक प्रधानमन्त्री बन्न सफल रहेका छन्।

डडेलधुरा जिल्ला क्षेत्र नं.१ बाट विजयी देउवाले गृहमन्त्रीको समेत जिम्मेवारी सम्हालिसकेका छन्। उनी माओवादी समस्या समाधानका लागि गठित उच्चस्तरीय समितिका अध्यक्ष थिए ।

देउवा सुदूर पश्चिममा नेपाली कांग्रेसका सर्वाधिक प्रभावशाली व्यक्तित्व मानिन्छन्। राजनीतिक संघर्षका क्रममा उनले नौ वर्ष जेल जीवन बिताएका छन्।

पहिलो प्रधानमन्त्रीकाल(बि.सं. २०५२-५३)

२०५२ भदौ २६ मा राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा देउवा पहिलो पटक प्रधानमन्त्री भएका थिए। सो पार्टीले समर्थन फिर्ता गरेपछि २०५३ फागुन २६ मा देउवा प्रधानमन्त्री पदबाट हटेका थिए। त्यसपछि एमालेको साथ लिएर लोकेन्द्रबहादुर चन्दले सरकार बनाए।

उनको पहिलो कार्यकाल पजेरो काण्ड, सुरासुन्दरी काण्ड, सांसदलाई बैंकक पुर्याएको जस्ता घटनाले बदनाम भएको थियो। नेपाल र भारत बीचको महाकाली सन्धी उनकै कार्यकालमा भएको थियो। यो सन्धि संसदबाट पास गर्ने सन्दर्भमा प्रतिपक्षी नेकपा एमालेमा बिभाजन आयो।

दोस्रो प्रधानमन्त्रीकाल

प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राजालाई थाहा नै नदिई माओवादी विरुद्ध सेना परिचालन गरेका थिए। प्रधानसेनापतिले सो कुरा राजामा जाहेर गरे। त्यो कुरा थाहा पाएर राजा ज्ञानेन्द्र गिरिजाप्रसाद कोइरालासँग आक्रोशित भए र गिरिजाको राजिनामा माग गरे। गिरिजाप्रसाद कोइरालाको राजीनामा पछि २०५८ साउन ७ मा शेरबहादुर देउवा प्रधानमन्त्री भए। उनको प्रधानमन्त्रीकालमा सङ्कटकाल घोषणा भयो र माओवादी विरुद्ध सेना परिचालन भयो।

तेस्रो प्रधानमन्त्रीकाल (२०६१-२०६१)

देउबा २०६१ जेठ २१ मा तेस्रोपटक प्रधानमन्त्री बनेका थिए। त्यतिबेला देउबाले गोर्खाली राजाबाट न्याय पाएं भनेर खुसी व्यक्त गरेका थिए। उनीमाथि चुनाव गराउने जिम्मेवारी थियो। नेकपा एमाले पनि त्यति बेला प्रतिगमन आधा सच्चियो भनेर सरकारमा सामेल भएको थियो ।

चौथो प्रधानमन्त्रीकाल (२०७४-२०७४)

वि.सं २०७४ जेष्ठ २४ बुधवार ,शेरबहादुर देउवा  प्रधानमन्त्री निर्वाचित भए । १३े देउवाको उम्मेदवारीलाई राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, राष्ट्रिय जनता पार्टी नेपाल , नेपाल लोकतान्त्रिक फोरम ,सङ्घीय समाजवादी फोरम, नेपाल र अन्य सङ दलले समर्थन गरेका थिए भने सबैभन्दा ठुलो सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) थियो । सपथ ग्रहण पछि, देउवाले सहयोगी दलहरूको साथमा नया सरकार गठन गरे । वि.सं २०७४ असोज ३१, प्रतिनिधिसभा निर्वाचन, २०७४ को अगाडि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी(लेनिनवादी) सँग सहकार्य गर्ने निर्णय गर्यो । 

पाँचौ प्रधानमन्त्रीकाल (२ ०७८-

२०७८ असार २९ मा शेरबहादुर देउवा पाँचौंपटक प्रधानमन्त्री नियुक्त भए । बि.सं २०७८ जेठ ७ मा ओली मन्त्रीमण्डलले प्रतिनिधि सभा बिघटन सिफारिस गर्यो। १४९ सांसदले देउवालाइ प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरियोस् भनेर सर्वोच्च अदालतमा रिट दायर गरे। २०७८ जेठ २८ मा संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको प्रधानमन्त्रीका लागि आह्वान भएपछि १ सय ४९ सांसदको हस्ताक्षरसहित दाबी गरेका आधारमा देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको थियो। २०७८ असार २९ अपरान्ह ५ बजेभित्र देउवालाई नियुक्त गरिसक्न राष्ट्रपति कार्यालयका नाममा परमादेश जारी गरेको थियो।

२०७९ भदौ ८ १७:२१ बजे

प्रतिक्रिया