लघुकथाः जेष्ठ नागरिक

bimbonline नरेन्द्र देवकोटा प्रशान्त
२०८१ साउन ३० ०८:३८ बजे
नरेन्द्र देवकोटा प्रशान्त

रमण प्रायः दौरा सुरुवाल, कोट, टोपी अनि ढाँका टोपी र कालो रङ्गका लेदरका जुत्ता लगाएर हिँँड्छन् । दौरा सुरुवाल नलगाउँदा सर्ट पैण्टमा कोट लगाएर ठाँठबाँठका साथ हिँड्छन् । रमण अझै बृद्वभत्ता पाउने उमेरका भएका छैनन् । तर यो पहिरन र भेषभुसाले रमण उमेरले गोडा पाँच दशकका भएपनि अरुको नजरमा पाको र परिपक्क मानिस जस्तै देखिएका छन् ।

आज पनि रमण सर्ट पैण्ट कोटं ढाँका टोपी र जुत्ता लगाएर सार्वजनिक गाडी भित्र पसे । गाडीभित्र यात्रुहरुको भिड थियो। उनी आफू पछाडितिर सर्दै थिए । गाडीको अगाडी पट्टिका सिटहरुममा महिला, जेष्ठ नागरिक, अपाङ्गता लेखिएको थियो । यसैले रमण पछिल्तिर सर्दै थिए । 

भिँडबाट एकजनाले उहाँ जेष्ठ नागरिक, यहीँनेर जेष्ठ नागरिकको सिटमा बस्नुहोस् भन्दै थिए । अरुले हो मा हो मिलाए पछि रमण जेष्ठ नागरिक ठहरिए र जेष्ठ नागरिक सिटमा बस्न प्रस्ताव आएपछि बसे ।

रमण भने आश्चर्यचकित परेका थिए, आफू गोडा पचासको मान्छे । आफु भन्दा जेष्ठ नागरिक गाडीमा उभिरहेका छन् ।  यो सिटमा किन बस्न चाहिरहेका छैनन् । आफूलाई जेष्ठ नागरिक भनेर सिट छोडिरहेका छन् । धेरैपछि उनले बुझे- सो यात्रामा जेष्ठ नागरिककी श्रीमती पनि साथमा गएकी थिइन् । तर जेष्ठ नागरीककी श्रीमती आफ्नो श्रीमानलाई जेष्ठ नागरिकको रुपमा देखाउन चाहन्नथिन् । 

जेष्ठ नागरिक आफुलाई जेष्ठ नागरिकको रुपमा सबैका सामु आफ्नी श्रीमतीलाई चिनाउन चाहँदैनथे । आफू भन्दा जेष्ठ नागरिक गाडीमा उभिएको र आफू कनिष्ठ हुँ भन्ने जान्दा जान्दै आफू जेष्ठ नागरिक बनेर सिटमा बस्नु परिरहेको दृश्यले लज्जित भैरहेका थिए ।

२०८१\ ४\ २७ आइतवार



२०८१ साउन ३० ०८:३८ बजे

प्रतिक्रिया