काठमाण्डौ।
बानेश्श्वर भिमसेन गोलाको टुप्पोमा बसेर
राजधानी काठमाण्डौलाई नियाल्दै छ यो चरा
सायद बोल्ने भए यो चराले लेख लेख्थ्यो होला
कथा गजल कविता मुक्तक नाटक लेख्थ्यो होला ।
खुसि हुन्थ्यो भने खुसिका भावहरु पोख्थ्यो होला
दुः खी हुन्थ्यो भने आवेग असन्तुष्टि पोख्थ्यो होला
तर यो चरा काठमाण्डौ र काठमाण्डौमा रहेका
हरेक मानिसका ब्यस्त दैनिकी जीवन नियालीरहेको छ
मान्छेका प्रकृति र प्रवृत्ति हेरिरहेको छ
मान्छेका स्वभाव र नियतीहरु देखिरहेको छ
मान्छेका हर्कत र करतुत चिहाइरहेको छ ।
चरा एकोहोरो घोत्लिदै सोचिरहेको छ
बानेश्वर नजिकको संसद भवनलाई हेर्छ
संसद भवनमा छिर्ने देशभरीका नेतालाई हेर्छ
गाउँका सर्वसाधारण मानिसका सपना अनि
गाउँलेका सपना बोकेर आएका नेतालाई हेर्छ
नेताहरु र नेताहरुले बनाउने कानून नीति हेर्छ
योजना, परियोजना बिकास निर्माण हेर्छ
निरीह छ चित्त नबुझेपनि टुलुटुलु हेरेर बस्छ ।
चरा घोत्लिदै हेर्दै भन्छ
हामी चरा बस्ने रुखहरु काटिए
चराहरुले चर्ने खेतहरु मासिए
पानी पिउने धारा कुवाहरु पुरिए
चरा बस्ने घरका धुरी भत्काएर मानिस बस्ति सरे
ओत लाग्न नमिल्ने ठुलठुला महल बनाए
चरा बस्ने जँगल फाँडेर बस्ति र शहर बने
खेतियोग्य हराभरा जमीन मासेर
घर घडेरी र महल बनाए
आज चराको बस्ति नभएर दुःखित बनाए ।
हामी चराहरु मानिसको बस्ति नजिक बस्थ्यौँ
राता पहेँला सेता काला निला बैजनी
सुन्तला हरिया रङ्गका रङ्गीबिरङ्गी चराहरुलाई
मानिसहरुले आफ्नो घर आँगन बारी खेत कान्ला
खरबारी जँगल पाखापखेरामा देखेपछि मोहित हुन्थे
मान्छेहरु आनन्द लिन हामी चराहरुलाई हेर्न आउँथे
हामी जात जातका चरा मानिसका नजिक जान्थ्यौँ ।
चरो सोच्दै भन्दै जान्छ
आज मैले आफ्ना चराका
त्यत्रा बथान हराएकोछु
थुप्रै चरा साथी गुमाएको छु
हुँदा हुँदा मेरी आफ्नै जोडी चरी साथी
कहाँ गई होलीन् भन्दै पिर मान्दै
केहिदिन देखीयही भिमसेनगोलाको
टुप्पोबाट हेरिरहेकोछु, खोजीरहेको छु ।
चराको मनमा भएको पीडा ओकल्दै जान्छ
मान्छेहरुले ढोका बन्द गरि
बस्ति सरेको देख्दा
मन अमिलो भएर आउँछ
निरसिलो हुन्छ मन,
भाव बिह्वल भएर आउँछ
बर्षौ घरमा बसेका मालिक र परिवार
कोही गाउँबाट शहर पस्दा
कोही आफ्ना शहरबाट
अमेरिका भन्दै बिदेश जाँदा
हामी चराको मन कुढिएर आउँछ,
आँसु चुहिएर सही नसक्नु हुन्छ ।
चराको भाषा कोही बुझ्दैनन् तापनि
उ सोच्दै सम्हालिदै भन्छ
मान्छे झनझन अनैतिक बनेर
अड्डा अदालत धाईरहेको देख्दा
आफ्नै चेलीबेटीमाथि आँखा गाढेर
हिरासत र कारागार खाँदिएको देख्दा
आजभोलीको जमानामा पनि
मान्छेले मान्छेलाई कानून बिपरित
ओसारपसार गरेका घटनाहरु देख्दा
मान्छेहरुले चोरी ठगी मारपिट गरेको देख्दा
म बुबुरो चरो आश्चार्यमा पर्छु १
चरो सोच्दै एकोहोरो हेर्दै भन्छ
यो भिमसेन गोलाबाट सिँहदरवार र
त्यहाँ भित्रको दृश्य देखिन्छन्
अड्डा अदालत देखिन्छन्
उध्योगी व्यापारीका
उध्योग र बिजिनेश देखिन्छन्
वकिल ,डाक्टर ईन्जिनियर
बिद्वान, अर्थशास्त्री, समाजशास्त्री
बिज्ञ, राजनितिज्ञ सबै देखिन्छन्
तर के गर्नु देखिनु पर्ने कुरा कम देखिन्छन् ।
म चरोलाई लाग्छ मान्छे बदलिएर
ईमानमा बसिदिए हुन्थ्यो जस्तो लाग्छ
आपसमा सबै मिलेर रमाई
बसे हुन्थ्यो भन्ने लाग्छ
आफ्ना गाउँ पाखा स्वर्गसरी छन्
शहर र बिदेशतिर नभौँतारी
आफ्नै देश बनाएर बसे हुन्थ्यो भन्ने लाग्छ
सबै नागरिकको उत्तिकै हक छ आफ्नो देशमा
आफ्नै मौलिकपनमा सबै थरी
मिलेर बसे हुन्थ्यो भन्ने लाग्छ ।
आजभोली मान्छेकै कारण
हामी चरा र जनावरहरुमा पनि
समूह उपसमूह बनेर
पक्षपात बढ्न थाले जस्तो छ
यो भेक र त्यो भेकका भन्दै
आग्रह र पूर्वाग्रह बढ्न थालेकोछ ।
यिनै दृश्य सोच र चिन्तन लिएर
भिमसेन गोलामाथि बसेर धोत्लिरहेकोछु
यिनै सोच चिन्तनका दृश्य हेर्दै
भिमसेन गोलामाथिको
टुप्पोमाथि बसेर टोलाईरहेकोछु ।
२०८१\४\२६ शनिवार ।
प्रतिक्रिया