पुर्व बहुमत पार्टी अलग भएको होइन केही व्यक्ति अथवा सानो टुक्रा चोइटिएको हो - शेरवहादुर देउवा शिखर सचिवालय सदस्य एव कैलाली जिल्ला इञ्चार्ज क्राकपा नेपाल

७नं प्रदेशमा क्रान्तिकारी कम्युनिस्ट पार्टीको नेतृत्व एकता हुँदा देखि अहिलेसम्म पुर्व बहुमत पार्टीबाट एकतामा आएका कं महान राम ब चौधरीले गरिरहनु भएको छ ।हामी केन्द्रीय सचिवालयका २ जना र ५ सिसियम गरि ७ केन्द्रीय सदस्य पार्टी एकतामै छौं

bimbonline शेरवहादुर देउवा शिखर
२०८१ साउन १८ १९:४२ बजे
शेरवहादुर देउवा शिखर

भारत प्रवासमा अखिल भारतिय नेपाली एकता समाज वाट वामपन्थी राजनिति शुरु गरी नेकपा(माओवादी )मा रहदा व्युरो सदस्य भएको अवस्थामा  प्रचण्ड लाई लाल गदार भन्दै  किरणको नेतृत्वमा विद्रोह गरे त्यहाँ वाट पनि विप्लवको नेतृत्वमा विद्रोह गरि नेकपा निर्माण भएको थियो। नेकपा वाट विद्रोह गरी कञ्चनको नेतृत्वमा नेकपा(वहुमत)का केन्द्रिय सदस्य तथा नेकपा(वहुमत)र नेकपा(क्रामा)को पार्टी एकता हुदा क्रान्तिकारी कम्युनिष्ट पार्टीका  केन्द्रिय सचिवालय सदस्य र हाल क्राकपा र नेकपा(मशाल) विचको एकता अधिवेशन वाट पनि पार्टीको सचिवालय सदस्य रहेका किसान मजदुरका नेता शेरवहादुर देउवा शिखर सँगको भेटमा बिम्व अनलाइन प्रतिनिधि रामवहादुर महरा चिन्तकले उहाँ सँग गरेको कुराकानीका सम्पादित अँशहरु

शेरवहादुर देउवा ज्यु  हाल तपाई के काममा व्यस्तता हुनुहुन्छ ? 

म हालको अवस्थामा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल र नेपाल कम्युनिस्ट पार्टी ((मशाल) बिच यही २०८१ बैशाख १९ गते पार्टी एकता भएको छ, यसलाई सबै तहहरुमा पार्टी एकतालाई लगेर संगठन निर्माण र एकीकरण प्रक्रियालाई अगाडि बढाउने काममा व्यस्त छु ।यसैक्रममा सुदूरपश्चिमका लगभग सवै जिल्लामा पार्टी एकताको काम सम्पन्न भए पछि जनवर्गिय तथा पेशागत सँगठनका प्रदेश स्तरिय एकता भेलाको काममा व्यस्तता छु।

पार्टीका गतिविधि कसरी अगाडि बढेका छन् ? 

अहिले सर्बप्रथम बिभिन्न खेमामा रहेका क्रान्तिकारी बिचार बोकेका बाम राजनीतिक पार्टी र आमरुपमा राष्ट्रवादी ,देशभक्त र राष्ट्र राष्ट्रियतालाई माया गर्ने सबै तह र तप्काका बुद्धिजीवी, व्यापारी,उद्योगी, कर्मचारी, किसान,मजदुर लगाएतका मानिसहरू समक्ष पार्टीको बिचार राजनीति र पछिल्लो चरणमा देशमा भएको राष्ट्रघात, पक्षपात, भ्रष्टाचार , अनियमितता,राजनीतिक अस्थिरताका , राष्ट्रियता, जनतन्त्र र जन जिविकाका बिषयमा छलफल गर्ने र संगठन निर्माण गर्दै पार्टीका काम कार्वाही तथा गतिविधि अगाडि बढिरहेका छन् ।

तपाईंको पार्टी विभाजन भएको भनिएको छ,यसले पार्टीलाई कति प्रभावित गरेको छ ? 

अब पार्टी बिभाजन आफैमा सकारात्मक पक्ष होइन, विभाजनले पार्टीलाई त त्यति धेरै नकारात्मक प्रभाव पारेको छैन किनभने एकता सापेक्ष हुन्छ, संघर्ष निरपेक्ष हुन्छ। एकता ,संघर्ष, रुपान्तरण हुनु राम्रो पक्ष हो तर बिभाजन नराम्रो पक्ष हो, यसले पार्टी भन्दा पनि आम जनतामा केही हदसम्म निरासा अथवा कम्युनिस्ट पार्टी बिषेश गरेर क्रान्तिकारी आन्दोलन प्रति जनविश्वास घट्ने काम हुन्छ र पार्टी बिभाजनले सँस्थापन पक्ष भन्दा चोइटीएर जाने पक्षलाई बढी नकारात्मक प्रभाव पर्छ । कमजोर भएर कतै विलय हुने वा क्षयिकरण भएर समाप्त हुने विगतको इतिहास छ। अहिले चोइटिएर जानेहरुको पनि त्यहि हालत हुन्छ केहि महिनामा नै हामी हेर्न र देख्न पाउने छौ। तर यो दुखत पक्ष हो।

कञ्चन लगाएतका नेताले एकता असफल भयो भनेर पुर्व पार्टी गठन गरेका छन,तपाई किन त्यता फर्किनु भएन ? 

पहिलो कुरा त पार्टी एकता असफल भयो भन्ने शब्द नै त्रुटिपूर्ण छ, किन कि पुर्व नेकपा ( क्रामा )र पुर्व नेकपा (बहुमत) पार्टी एकता भएको १५ महिना बिति सक्यो र ठिक एक बर्षपछि २०८१ बैशाख १९ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल र नेकपा (मशाल) बीच एकता भएको छ ।यदि एकता असफल भयो भन्ने हो भने एक पछि अर्को एकता कसरी भयो ? मेरो उहाँहरूलाई प्रश्न छ ? ,दोस्रो कुरा पार्टी एकताको कुरा चलिरहँदा एकता हुन सकेन भने वा सहमति हुन नसकेर एकता कायम भएन भने एकता असफल भयो भन्ने शब्द मिल्छ ? यो न पार्टी एकता असफल हो, न यो पुर्व नेकपा (बहुमत) अलग भएको हो ? त्यो सत्य होइन एकताको कुरा मैले पहिलो बुदामा भनिसकेको छु पुर्व बहुमत पार्टी अलग पनि भएको होइन जसको प्रमाण ७नं प्रदेशमा क्रान्तिकारी कम्युनिस्ट पार्टीको नेतृत्व एकता हुँदा देखि अहिलेसम्म पुर्व बहुमत पार्टीबाट एकतामा आएका कं महान राम ब चौधरीले गरिरहनु भएको छ ।हामी केन्द्रीय सचिवालयका २ जना र ५ सिसियम गरि ७ केन्द्रीय सदस्य पार्टी एकतामै छौं ।,कैलाली जिल्लाको इन्चार्जमा म स्वयम पुर्व बहुमत पार्टीकै हु,देशै भरिमा ४० देखि ४५ जना सिसियम पार्टी एकतामै बसेका छन्न।नेकपा वाट बिभाजन हुँदा ६५ जनाबाट ९ जना अलग भएर बहुँमत पार्टी निर्माण भएको हो। अहिले ४५ जना एकताको पक्षमा छन् भने पुर्व बहुमत पार्टी अलग भएको होइन केही व्यक्ति अथवा सानो टुक्रा चोइटिएको हो ।अब अलग भएपछि नाम त केही न केही राख्नुपर्ने थियो र उहाँले सजिलोको लागि बहुमत भनेका मात्र हुन स्थापित नाम भएको हुनाले भनेका हुन ।तेस्रो कुरा म किन त्यता लागेन भन्दा बिचार सिद्धान्तमा खासै फरक छैन, पार्टी एकता गर्दा जो हामीले पार्टी एकताका ८ वटा बुदामा सहमति गरेका छौं त्यो कोर्ष पूरा नगरि त्यसका बिरुद्ध जाने काम  पछाडि फर्किनु वा प्रतिगमन हुने वाटो जान मलाई उपयुक्त नलागेको हुनाले म पार्टी एकताको स्प्रिट र भावना बिपरित गएन र त्यता लागेन पार्टी एकताको पक्षमा लागे ,केही साथीहरू भ्रमित भएर वा अलमलिएर त्यता गएका छन् धेरै दिन छुट्टै बस्ने अवस्था छैन कतै न कतै ओत लाग्छन् हेर्दै जाउँ।

कञ्चनहरूले तपाईंको पार्टी छोड्नमा सैद्धान्तिक ,राजनीतिक वा अन्य कुन पक्षको महत्त्वपूर्ण भुमिका छ ?

होइन त्यहाँ सैद्धान्तिक, राजनीतिक बिचार कार्यदिशा देखाउने दातको रुपमा हो त्यसको भुमिका खास छै , पार्टी छोड्नमा मुख्य त अवसरवाद, क्रान्तिकारी अधैर्यता, पद लोलुप , गुटियचिन्तन र मानसिकता, ब‌ैचारिक अस्पस्टता र जो बिगतमा क. विप्लव समहुलाई लगाएको जुझारु अर्थवादको प्रभाव एवम् आत्मकेन्द्रित व्यक्तिवादको भुमिकामहत्त्वपूर्ण रहेको छ ।

 केही साथीहरू अलमलिएर पनि लाग्नु भएको छ भन्नू भयो उहाँहरूलाई के भन्नु हुन्छ ?

उहाँहरूलाई भ्रमित नहुनुहोस भन्न चहान्छु ,क्रान्ति भन्ने कुरा शब्द जालबाट वा कसैले चाहेर व्यक्तिको इच्छा चाहानामा हुने कुरा रहेनछ किनभने १० बर्षको जनयुद्ध असफल भए पश्चात प्रचण्डलाई लालगदार घोषणा गर्दै क. किरणको नेतृत्वमा अलग पार्टी निर्माण गर्यो।  क. किरणबाट क्रान्ति नहुने भयो हामी छिटो क्रान्ति गर्छु भनेर नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा  ८ बर्षको एकीकृत जन क्रान्ति गर्दा  जहाँ उपलब्धि बिनाको १२ जना नेपाली आमाका सपुतहरुको बलिदानी  खेर गयो।फेरि विप्लव वाट सम्भव नहुने भनेर क. कञ्चनको नेतृत्वमा बहुमत पार्टी गठन भयो फेरि एक्लै सम्भव छैन भनेर पार्टी एकता गरियो अहिले फेरि रिटिधुमि रुम्जाटार भने जस्तो बहुमतको आधा हिस्सा एकतामा छोडेर सिमित गुट अलग भएर क्रान्ति हुँदैन यो दिवा सपना ,भ्रम मात्र हो क्रान्तिका नाममा केहि व्यक्तिगत अभिष्ट पुरा गर्ने कुरा मात्र भएको हुदा पार्टी एकतामा फर्किन सुझाव सल्लाह सहित अनुरोध गर्दछु, बाँकी त भिरमा लडेको गाईलाई काँध थाप्न सकिदैन भन्न चहान्छु ।

पार्टीको काम कसरी अगाडि बढाउनु भएको छ ?

यतिबेला क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल र नेपाल कम्युनिस्ट पार्टी (मशाल) बीचको पार्टी एकता प्रक्रियालाई पार्टीको स्थानीय तह सम्म पुग्ने गरि काम अगाडि बढाइएको छ, पार्टी सदस्य जवस मोर्चाका सबै कमरेडहरूसँग छलफलको प्रक्रिया अगाडि बढेको छ। साथै यही २०८१ साउन ४ गते कैलाली जिल्लामा पार्टी एकता अधिवेशन सम्पन्न गरि ३१ सदस्यीय जिल्ला कमिटी चयन भएको छ । मिति २०८१ साउन १२ गते ७ नं प्रदेशको पार्टी प्रदेश सिचवालयको बैठक बसि दुर्गामी महत्त्वका निर्णयहरु पारित गरेर कार्यान्वयनको चरणमा लागिरहेका छौं ।

 आगामी एकता महाधिवेशन तयारी कस्तो छ ? 

महाधिवेशन तयारीको बैठकले गरेको निर्णय विपरीत पार्टीबाट एउटा टुक्रा अलग भए पश्चात् खासै तयारी भएको छैन। अब साउनको तेस्रो हप्तामा फेरि पार्टी केन्द्रको बैठक बस्छ त्यसपश्चात महाधिवेशनको समग्र तयारी अगाडि बड्छ ,केही आंशिक रुपमा तयारी भइ पनि रहेको छ ।

 अन्त्यमा केही भन्नु छ कि?

अन्त्यमा यतिबेला देशको राष्ट्रिय राजनीति उतार चढाव र अस्थिर बन्दै गएको दलाल पुजीवादी सत्ता संकटमा छ ।आम जनताको अवस्था दयनीय बन्दै गएको छ , दक्षिणपन्थी यथास्थितिवादी र पुनर्उत्थानवादीहरु अर्कोतिर कमजोरी देखाउँदै आफ्नो बचाउका निम्ति सरकार ढाल्ने र निर्माण गर्ने तर्फ व्यस्त छन् । एकातिर बर्षाको समय प्लेन दुर्घटना, बस दु्र्घटना र बाढी पैहिरोले जनमानसमा त्रासको वातावरण बढेको छ।यो व्यवस्थाले समस्याको समाधान दिन सक्ने अवस्था छैन ।अर्कोतिर क्रान्तिकारी पार्टीको विभाजनले जनतामा केहि निरास पैदा गरेको छ। क्रान्तिको निम्ति वस्तुगत स्थिति अनुकुल हुँदाहुँदै पनि कम्युनिस्ट क्रान्तिकारीहरू एकजुट हुन नसक्दा क्रान्तिको निम्ति आत्मगत स्थिति तयार हुन सकेको छैन ।क्रान्तिको पूर्णता बिना जनताको जिबन स्तरमा सुधार हुने अवस्था छैन ।त्यसैले बर्तमन दलाल पुजीवादी संसदीय व्यवस्थालाई उखेलेर फाल्न त्यो स्थानमा नयाँ जनवादी राज्य सत्ता स्थापना गर्दै बैज्ञानिक समाजवादी राज्य व्यवस्था ल्याउनको निम्ति कम्युनिस्ट क्रान्तिकारी पार्टी वा व्यक्ति जो सुकै हुन आ -आफ्ना हट ,स्वार्थ र खुद्रा पसल त्यागेर बिभाजन होइन एकताबद्ध भएर बृहत क्रान्तिकारी एकता कायम गरेर अगाडि बढौं भन्न चहान्छु साथै बर्षाको बेला बिभिन्न प्रकोपबाट सबै जनसमुदायहरु सतर्क रहनु होला र पार्टीका सबै कमरेडहरूले जनताको सेवा र प्राकृतिक प्रकोपमा परेका जनताको उद्दार कार्यमा सहभागी हुनु होला भन्ने सुझाव सल्लाह सहित अनुरोध गर्दछु ।मेरो विचार आम जनताका पुर्याउन मदत गरेकोमा बिम्ब अनलाइन पत्रिकालाई धन्यवाद छ।



२०८१ साउन १८ १९:४२ बजे

प्रतिक्रिया