कृष्ण के.सी. लामो समय देखि निरन्तररुपमा क्रान्तिकारी राजनितिमा लागीरहनु भएको छ।उहाँको राजनीतिक यात्रा खासमा निम्न बर्गीय परिवार र पिछडिएको समुदाय (दलित )को बिचमा उहाँको परिवार पनि हुर्किएको कारणले दलित समुदायले भोग्नु परेका पिडा अन्याय अत्याचार शोषण दमन र बिभेद ब्यहोर्नु पर्यो। त्यसकारण उनी बाल्यकालको अबस्था बाटै बिद्रोही स्वभावको थिएँ। जातिय वा बिर्गीय बिभेद शोषण दमनको बिरुद्ध आक्रोश पैदा हूदै थियो उहाँ मावली परिवार मामाहरु तात्कालिन पन्चायती अबस्थामा चौम र पछि ने क पा (मसाल)निकट अनेरास्वयु (छैटौं) मा सक्रिय थिए। उहाँ सन 1983(2039साल)मा हरियाणाको कुरुक्षेत्र बाट टोल समितिमा संगठित भई दिल्लीको एरिया र नगर समितिको सभापति क्षेत्रिय सचिव केन्द्रीय सदस्य देखि पाँचौं केन्द्रीय कमिटीको महासचिब छैटौं केन्द्रीय समितिको निर्वाचित महासचिव सन 2012मा नेपाल आएपछि अ ने कि (महासंघ) को केन्द्रीय कोषाध्यक्ष पछि महासचिव हालसम्म पुनः अखिल भारतिय नेपाली एकता समाजको केन्द्रीय सल्लाहकारको रुपमा कार्यरत रहेकाछन। बिम्ब अनलाईनको भेटमा उहाँ सँगको कुराकानीमा आधारित सम्पादित केहि अँशहरु
नेपालको सत्ता र शक्तिमा रहेका राष्ट्रघाती जनविरोधी चरित्र बोकेका राणा राजा राजनीतिक दल र पार्टीहरुको सरकारका राष्ट्रघाती सन्धि सम्झौता र कलकारखाना उद्योगधन्दा देशको साधन श्रोतको दुरपयोगको कारण भारतमा दुई खाले नेपालीहरु बसोबास गर्दै आइरहेका छन्।एकथरी भु-भाग सहित भित्रियका भारतीय मुलका नेपाली र अर्को थरी देश भित्र रोजगारीको अवसर नपाएका प्रवासी नेपालीहरु। दुई प्रकारका नेपालीहरु भारतमा लाखौंको संख्यामा रहेने गरेका छन्। उनीहरूका बिचमा भाषा संस्कार संस्कृति आदि समान प्रकारका रहने गरेको पाइन्छ। एकाथरि भारतीय संबिधान कानुन बमोजिम भारतीय नागरिक सरहको अधिकार प्राप्त गर्न निरन्तर संघर्षरत देखिन्छन। अर्को थरी प्रबासि नेपाली जो भारत- नेपाल बिचको 1950 को शान्ति तथा मैत्री सन्धि अनुसार आएका तर 1950को सन्धि बमोजिम प्राप्त अधिकारलाई सुनिश्चित गर्न अस्थायी बसोबास गर्ने प्रवासी नेपालीहरुको लागी नेपालको नागरिकता वा कुनै पहिचान खुल्ने प्रमाण पत्रको आधारमा दैनिकि जिवनका आधारभूत आवश्यकता पूरा गर्न सकिने हुनु पर्ने हो यस्तो नहुँदा दैनिक जीवनमा धेरै कठिनाइहरुको सामना गर्नु पर्ने बाध्यताहरु छन् । यहाँ अहिले दैनिक उपभोगका वस्तुहरू किनबेच गर्न डिजिटल प्रविधिमा कारोबार अनिवार्य जस्तै हुने गरेको छ त्यसको लागि बैंक खाता आबश्यक पर्ने हुन्छ बच्चाहरु पठनपाठनको लागि स्कूल बिमार भयमा हस्पिटलको लागि जन्म र मृत्यु प्रमाणितको लागि कुनै रोजगारी मूलक पेशा व्यवसाय बस्ने कोठा वा घर भाडामा लिनको लागि आदि मानव जीवनमा आवश्यक पर्ने सबै प्रकारका सेबा सुबिधाको लागि यहाँको पहिचान पत्र (आधारकाड) अनिवार्य बनाइएको छ। त्यो बनाउन अत्यन्त कानुनी रुपमा झन्झटिलो र जटिल बनाइएको छ सर्वसाधारणको पहुँच भन्दा टाढा छ। बिचौलिया लगायर बनाउन धेरै ठूलो धनराशी खर्च गर्न पर्ने हुन्छ मुश्किलले बनाएको लागि पनि अहिले खान तलासी र जांचबुझको नाममा ठूलै शास्ति खेप्नु परेको छ । अर्को औपचारिक निर्णय नहुँदा सम्मको लागि बनाउने काम बन्द गरिएको छ आदि यस्तै यस्तै समस्याहरुको कारण भारतमा बस्ने नेपालीहरुको दैनिकी कष्टकर अबस्था बाट गुज्रिरहेको छ।
तुलनात्मक रूपमा भारतको कहाँ कहाँको ठाँउमा नेपालीहरुले बढी काम गर्ने गरेका छन?
मुलतः नेपालीहरुले कहाँ कहाँ भन्दा पनि भारतको इतिहासमा इष्ट इन्डिया कम्पनीको नाम बाट अंग्रेजहरूले जसरी भारतमा वर्षौ बर्ष शासन गरे भारतीय शोषित पीडित जनताहरु लाई चरम शोषण दमन गर्ने गरे त्यसको बिरुद्ध भारतीय न्यायप्रेमी जनताहरुको न्यायपुर्ण आन्दोलन र भारतबाट अंग्रेजहरूलाइ भगाउन र भारतलाई स्वतन्त्रता प्राप्त गर्न पनि हाम्रो पुर्खाहरुले धेरै रगत पसिना खर्चेको छन। अहिलेको समयमा भारत बिश्वस्तर मैं आर्थिक र सामाजिक राजनीतिक बिकासको जुन अबस्थामा छ यो अवस्थासम्म आइपुग्न हामी नेपालीहरुले हरेक क्षेत्रमा धेरै रगत पसिना खर्चेर धेरै ठूलो योगदान पुर्याएका छौ। संख्याको हिसाबले भारतको कुन शहरमा बढि नेपाली कार्यरत छन् भनी बुझ्न खोज्नु भएको भए भारतको हरेक गल्ली शहरहरूमा धेरै थोरै नेपालीहरु बिभिन्न किसिमका पेशा व्यवसायहरुमा भेट्न सकिन्छ त्यैपनि अहिले मेरो बुझाईमा भारतको कर्नाटक राज्यको बैंगलोर शहरमा त्यहाँ को बिकासको गति लाई हेर्दा रोजगारीको अवसरको कारण नेपालीहरुको आकर्षण बढेको र नेपाली जनघनत्व पनि त्यहाँ बढी भएको जस्तो लाग्छ।
भारतमा नेपालीहरुले गर्ने कामका प्रकृर्तिहरु कस्ता कस्ता रहेको छन ?
भारतमा नेपालीहरु अलग अलग राज्यमा त्यहाँको आबश्यकता अनुसार काम गर्ने गरेका छन। जस्तै उत्तराखण्ड हिमाञ्चल लगायत पहाडी क्षेत्र र प्रदेशहरुमा खेती किसानी भारि बोक्ने भरिया अनकन्टार भिर पहरा फोरेर बाटो बनाउने सुरुड खनेर हाइड्रोपावर निर्माण गरि बिधुत उत्पादन गर्ने चारधामको धार्मिक स्थलहरुको अठार बिस किलो मिटरको उचाईमा रहेको पहाडमा मान्छेहरु र सर समानहरु बोकेर ओसारपसार गर्ने पुर्बी भारत मेघालय आसाम तिर ठूलो- ठूलो पहाड छिचोल्दै कैयौं किलोमिटरको सुरुंग भित्र कोइला खानीमा कोइला निकाल्ने बोक्ने दिल्ली मुंबई कोलकाता लगायत ठूलो सानो शहरहरूमा होटल चौकीदार फेक्टरी कारखानाहरुमा मजदुरी घरहरूमा भान्से र घरको कामहरु यहाँ सम्म कि कोठाहरुमा बेश्यालयहरुमा शरिर बेच्ने अनि सरकारी तथा अर्धसरकारी सुरक्षा क्षेत्र रअहिले ब्यापार ब्यवसायहरुमा पनि कामहरु गर्ने गरेको पाइन्छ तर समग्रमा त्यहाँ अन्याय अत्याचार शोषण दमन बिभेद पनि त्यतिकै बढी हुने गरेको पाइन्छ।
एकता समाजले भारतमा रहेका नेपालीहरुको हकहितका लागि के कस्तो कामहरु गरिरहेका छ नि ?
एकता समाजले आफ्नो स्थापना काल देखि नै भारतमा बसोबास गर्ने सबै प्रकारका पेशा व्यवसायमा कार्यरत नेपालीहरु माथि हुने सबै प्रकारको अन्याय अत्याचार शोषण दमन र बिभेदका बिरुद्ध सम्झौताहिन प्रकारले संघर्ष गर्दै न्याय तथा हक अधिकारको पक्षमा निरन्तर सक्रियता पुर्वका काम गरि हक अधिकार दिलाउने काम गर्ने गरेको छन। साथै नेपालीहरुको चेतना र ब्यबहारमा रहेको रुढीवादी पिछडिएको सामन्ती परम्परा संस्कार संस्कृतिको उपज अराजकता अनुशासतहिनता छाडा अश्लिलता गैरजिम्मेवार र अमानबियता जस्तो गलत ब्यबहारका बिरुद्ध बिभिन्न रचनात्मक प्रगतिशील प्रकारका खेलहरु साँस्कृतिक कार्यक्रमहरु क्लाश प्रशिक्षण अन्तर्क्रिया जस्तो कार्यक्रमहरुको आयोजना गरि जिम्मेवार कर्तव्यनिष्ठ असल नागरिक बनाउने निरन्तर योजनाबद्ध अभियानहरू सञ्चालन गर्दै आइरहेको छन। नेपालमा राष्टियता जनतन्त्र जनजिबिका प्रजातान्त्र गणतन्त्रको पक्षमा चल्ने गरेको हरेक आन्दोलनहरूमा आर्थिक नैतिक भौतिक रूपमा सक्रिय रुपमा सहभागी र सहयोग पुर्याउँदै आइरहेको गौरवमय इतिहास रहेको छ।
भारत स्थित नेपाली दुताबासले नेपालीहरुको हक अधिकार रक्षा र सुरक्षाका लागि के के काम गरेको देखिन्छ? एकता समाज सँग कतिको समन्वय सहकार्य गर्ने गरेको छन ?
हामी नेपालको सरकार परिवर्तन सँगै परिवर्तित भएका नेपाल सरकार र सरकार प्रमुख प्रधानमन्त्री परराष्ट्र मन्त्रीहरुलाइ प्रत्यक्ष भेटेर वा नेपाली एम्बेसी मार्फत ज्ञापनपत्र बुझाइ यहाँका नेपालीहरुको अबस्थाको बारेमा निरन्तर जानकारी गराउँदै त्यसै अनुसार निति कार्यक्रम बनाउन र सहजिकरणका लागि कुटनीतिक पहल गरि भारतस्थित नेपालीहरुले भोग्नु परेका समस्या र बाध्यताहरुको बारेमा पटक पटक आग्रह र अनुरोध गर्दै आइरहेका छौं। अहिले पनि सुसिला कार्की सरकार र परराष्ट्रमन्त्रीको कार्यालयमा पनि भारत भरिको नेपालीहरुको एउटा प्रतिनिधि मण्डलले भेटेर ध्यान आकर्षण गरिएको थियौ हुन्छ गर्छौ तपाईंहरुले उठान गरेका बिषय न्यायोचित छन्। हामी पहल गर्छौ भन्ने आश्वासन त दिने गरिन्छ तर अहिले सम्म कुनै उल्लेखनीय उपलब्धि मुलक काम गर्ने गरेको र भारतस्थित नेपालीहरुको जिबनस्तरमा प्रभावित पार्ने कामहरु ब्यबहारमा भएको जस्तो मलाई लाग्दैन। अनि भारतमा लाखौंको तादातमा नेपालीहरुले भोग्नु परेको दुःख पिडा समस्या अन्याय अत्याचार जस्तो सम्बेदनशिल बिषयमा अपवाद बाहेक भारतमा किर्याशिल जिम्मेवार संगठनहरुको रोहवरमा औपचारिक रूपमा घनिभूत छलफल गरि समस्या समाधान गर्न गम्भीर र जिम्मेवार भुमिकामा भए जस्तोपनी देखिँदैन। बरु आफ्नो अनुकुल कथित सामाजिक संगठन गठनगरी रुढिगत सामन्ती पिछाडियको संस्कार संस्कृति लाइ लगानी , पश्रय र प्रोत्साहन गर्ने गरेको पाइन्छ। दुःखद पक्ष हो आशा गरौं भबिस्यमा आफ्नो भुमिकमा गम्भीर र जिम्मेवार बनोस् त्यसकारण त्यति राम्रो निकटतम सम्बन्ध र सहकार्य रहिआएको पाइँदैन।
अहिले नेपालीहरु तेस्रो मुलुकमा काम गर्न जाने गरेका छन् भारतमा काम गर्ने नेपालीहरु को संख्या पहिले भन्दा अहिले के कस्तो रहेको छ?हो निश्चित रूपमा अहिले भारत भन्दा तेस्रो मुलुक नेपालीहरुको लागि श्रम बेच्न आकर्षण बढ्दो छ किनकी स्वयं सरकारको उच्च पदस्थ ब्यक्तिहरु उनका परिवारका सदस्य आफन्त तथा पार्टीका कार्यकर्ताका नाममा मेनपावर कम्पनी खोलि आफ्नो देश भित्र रोजगारीको सम्भावना छैन भनि कलिलो मानसिकता बोकेका अबोध बालबालिकाहरुको मस्तिष्क बनाइ दिएका छन् भने अर्को तिर स्वयं यूरोपीयन युनियन वा अमेरिकाले युथ काउन्सिलको नाममा आफ्नो देशमा लागि राम्रो ब्यबस्थापन मिलाउने भबिस्यको ग्यारेन्टी गरि दिने भनि प्रलोभन देखाई रहेकोले देश भित्र रोजगारी र आफ्नो भबिस्य सूरक्षित नभएको देख्ने देश प्रति घृणा र आक्रोश पैदा गरिदिएको छन। देशको भविष्य अहिलेका युवापुस्ताहरुमा जसको एउटा कारण देशले कहिले नभोगेको क्षेति जेन जी आन्दोलनको नाममा देशले भोग्नु परेको अवस्था हाम्रो अगाडि छँदै छन। यि बिबिध कारणहरूले पनि आज दैनिक हजारौंको संख्यामा तेस्रो मुलुकमा जान बाध्य भएका छन। दर्जन भन्दा बढी दैनिक बाक्समा लाश आउने गरेको पाइन्छ जसको परिणामस्वरूप पहिलेको तुलनामा भारतमा जाने नेपालीहरुको संख्या निश्चित रूपमा घट्दोक्रममा रहेको छन। देशको सरकारको आँकडा र बिभिन्न सामाजिक सघ संस्थाहरु को अनुमानित संख्या ४०लाख जति भन्ने छ तर हाम्रो अनुमानमा त्यहाँको सबै पाटा पक्षहरू लाई हेर्दा त्यो भन्दा बढी ५० र ६० लाखको तादातमा नेपालीहरु भारतमा रहेको अनुमान गर्न सकिन्छ।।
एकता समाजका गतिविधिहरु के के गरिरहनुभएको छ भारतमा के कस्ता कार्यक्रम गर्नु हुन्छ ?
एकता समाज भारतमा बसोबास गर्ने लाखौं नेपालीहरुको सामाजिक साझा संगठन हो । अर्को अर्थमा यो भारतस्थित नेपालीहरुको अविभाबक पनि हो यसले नेपालीहरुको दैनिक जीवनमा हूने अन्याय अत्याचार शोषण दमन बिभेदको बिरुद्ध सम्झौताहिन प्रकारले संघर्ष गर्ने गरेको छ। जन्म देखि मृत्यु सम्म जिबनका हरेक क्षणमा नेपालीहरुको सुख दुःख को साथि र सहयात्री बनेको छ। एकता समाजले गर्नेगरेको भुमिकाको गौरवमय इतिहास रहेको छ। यसको बृस्तित कुरा गर्ने हो भने कयौ किताबहरू पनि सानो हुन्छ। अनि सांगठानिक कामहरु अहिले देशको बिग्रँदो अबस्था चौतर्फी हस्तक्षेप र घेराबन्दीको कारण राष्ट्रिय स्वाधीनता अफ्ठ्यारो र रक्षात्मक अवस्थाको बारेमा जानकारी दिने र जिम्मेवार बोध गराउने सबै राष्ट्रबादी नागरिकहरु लाइ राष्ट्रिय स्वाधीनताको रक्षाको लागि एकताबद्ध हुन अनुरोध गर्दै भारत भरि संगठनको नयाँ सदस्यता वितरण र नविकरण गर्ने समितिहरूको गठन पुर्नरगठन गर्ने नगर सम्मेलनहरु चलिरहेका छन् ।अनि फरवरी मार्च र अप्रिल सम्म क्षेत्रियस्तरका भेला सम्मेलनका मिति तय गरिएको छ। त्यसको ब्यापक तैयार पनि चलिरहेको छ अप्रिल महिनामा केन्द्रीय समितिको बिस्तारित बैठकको आयोजना गरिएको छ ।त्यो बैठकले नवौं अखिल भारत स्तरीय सम्मेलनको योजना तय गर्ने छ। यसरी सांगठानिक वा सामाजिक काममा एकता समाज अनवरत रुपमा योजनाबद्ध प्रकारले काम गरिरहेको छ।
अरु बाँकी केही भन्नु छ कि?
तपाईंको लोकप्रिय बिम्व अनलाईन पत्रिकाले देश र जनताको हितको पक्षमा निरन्तर आवाज उठाउँदै आएको छ भबिस्यमा पनि यसरी नै निरन्तरता दियोस् र मलाईआफ्नो बिचार राख्ने अबसर दिएकोमा धन्यवाद।
प्रतिक्रिया