क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रिय सदस्य एव २ न. व्युरोका सचिव हरि सुवेदी विक्रन्त सँग बिम्ब अनलाईनका प्रतिनिधिले भेटमा गरिएको कुराकानीका आधारित अन्तवार्ताका सम्पादित अँशहरु
तपाईंको संक्षिप्त राजनीतिक एबम शैक्षिक पृष्ठभुमि बताइदिनुहोस ?
म लामो समय देखि क्रान्तिकारी कम्युनिस्ट पार्टीमा आवद्ध भइ काम गर्दै आएको छु ।हाल मलाई पार्टीले २.नं ब्यूरो(सेति) को सेक्रेटरीको जिम्मेवारी दिएको छ ।म सानै उमेर देखि अलि -अलि जिद्दी गर्ने र बिद्रोही स्वभावको मान्छे थिए ।खास प्रा. बि .शिक्षा ५ मा अध्ययन गर्दै गर्दाको कुरा सायद त्यो समय २०४९ सालको हुनुपर्छ ।चुनाव हुदा गाउँमा नेताहरू आउने गर्थे ।हामीलाई चुनाव चिन्ह सहितको क्याप टोपी दिन्थे हामी असाध्यै खुशी हुन्थ्यो अनि त्यो टोपी लगाउदै गाउँ घुमथ्यो ।तर हामी यो पार्टी हो भन्ने मात्र थाहा हुन्थ्यो किनकी घरका मान्छेले त्यो कुरा हामीलाई भन्थे ।त्यतिबेला कम्युनिष्टको प्रभाव कम थियो ।काग्रेसको प्रभाव बढी नै भएकोले काग्रेसले टोपी बाड्ने काम बढी गर्थे ।त्यसैको प्रभाव हामीमा पर्दथ्यो ।पछि कम्युनिस्टको समाजमा समानता बनाउनु पर्छ भनेर म ती पार्टीको कार्यक्रम सुन्न जादा बढी प्रभावित पार्यो । खासगरी मा बि शिक्षाको अध्ययन अछाम बाट गरिसके पछि २०५६ सालमा कैलाली क्याम्पसमा अध्ययन गर्न आउँदा बढी प्रभावित भए ।
शुरुमा म माले निकट अखिलको इकाई कमिटी सदस्य रूपमा थिए ।पछि अलि इन्टर लेभलको अध्ययन सकिएपछि २०५९ र २०६० मा शिद्वानाथ बहुमुखी क्याम्पसमा महेन्द्रनगरमा पढदै गर्दा माओवादी निकट अखिल बिद्यार्थी संगठनमा आवद्ध भए ।पछि लामो समय लगभग १६ र १७ बर्ष जति अखिल (क्रान्तिकारी)को जिल्ला सदस्य हुँदै केन्द्रीय कार्यलय सदस्य सम्म काम गरे ।पछि पार्टीमा २०६९ सालदेखि ने क पा माओवादी पार्टी फुटिसकेपछी ड्यास (माओवादी) हुँदै ने क पा (क्रान्तिकारी माओवादी ) हुँदै विभिन्न जिल्लाको जिल्ला नेतृत्व लिदै अहिले सम्म क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रिय सदस्य तथा १ नं ब्यूरो सेक्रेटरीको रूपमा काम गर्दै आएको छु भने मेरो शैक्षिक योग्यताको कुरा गर्दा मा बि तहको अध्ययन अछाम बाट हो भने इन्टर लेवर कैलाली बहुमुखी क्याम्पस , बि एड र एम एड शिद्वनाथ बहुमुखी क्याम्पस महेन्द्रनगर बाट हो ।
आगामी फागुन २१ गतेको चुनावको औचित्य र आवश्यकता के हो ? तपाइको पार्टीले किन बहिष्कार गर्नु भयो? कि हार्ने डरले भाग्नु भएको हो की? यो चुनावको औचित्य छ छैन प्रष्ट पारिदिनु हुन्छ कि ?
होइन त्यसो कुरा ,हामी खास गरि चुनाव देखि डराएका होइनौं ,खास गरि हाम्रो पार्टी बिगत लामो समयदेखी महान १० बर्से जनयुद्ध र त्यसपछि विभिन्न संघर्षहरु गर्दै आएको ज्ञात नै छ ।हामीले यो विभिन्न चरणमा छरिएर रहेका बर्तमान दलाल संसदीय ब्यबस्थाको बिरोध गर्दै आएका क्रान्तिकारी शक्ति संग पनि पार्टी एकता गरि क्रान्तिकारी कम्युनिस्ट नेपाल पार्टी बनाएका छौ।आज पनि एक हिसाबले हेर्ने हो भने हाम्रो पार्टी वर्गसंघर्ष( class strgule )मै छ ।हामी अहिले पनि बर्तमान सत्ता परिवर्तन लागि लडिरहेका छौ ।हाम्रो पार्टीको उद्देश्य भनेको नयाँ जनबादी क्रान्ति गर्दै बैज्ञानिक समाजबादमा जाने हो ।त्यसैले पनि हामी बिगत २०७० साल पनि चुनाव बहिष्कार गरेका थियौ ।किनकी हामी यो ब्यबस्था मान्दनौ ।अहिले पनि देशमा वैदेशिक हस्तक्षेप कायम नै छ ।भौगोलिक हिसाबले पनि नेपाल भु - परिबेस्टित देश हो ।यो देशमा खास गरि अमेरिकी साम्राज्यवाद र भारतिय बिस्तारवाद हाबी छ ।यो देशमा जोसुकै दल वा नागरिक समाजबाट आए पनि जसले देशको नेतृत्व गर्छ उसले भारत या अमेरिकी शासकको अगाडि यो वा त्यो रूपमा जि हजुरी अर्थात गुलामी गर्नैपर्छ। यदि त्यसो नगर्ने हो भन्ने उनीहरुको सत्ता र सरकार टिक्क्न दिदैन ।सरकार टिकाउन र दलाल संसदीय ब्यबस्था बचाउन पुराना राजनीतिक दल निकै सकृय रूपमा लागि पर्दछन ।खास गरि काँग्रेस एमाले लगायत जो जो संसदभित्र छिर्दछन उनिहरु भारत र अमेरिकीकाको सहयोग मागेर सरकार हाक्दै थिए ।यो एक प्रकारको गुलामी र देशलाई निरन्तर नवउपनिवेशमा फसाईदिने चक्क्रर मात्र हो ।जसले बर्सौसम्म भ्रष्टाचार गरे तिनै मान्छे चुनाव भागलिन्छ्न ।करौडौ खर्च गर्छ्न चुनाव जित्छ्न यो बर्सौदेखी चलिरहेने चुनावको नामको खेलोमेलो मात्र यसको कुनै औचित्य छैन ।त्यसैले पनि हामीले भाग लिएका छैनौ।
अनि अर्को कुरा के हो भर्खरै भर्दौ २३ र २४ गतेमा जुन जेन्जी बिद्रोह थियो त्यो भ्रष्टाचार विरुद्धको बिद्रोह थियो ।त्यसको उद्देश्य भनेको भ्रष्टाचार निर्मुल पार्नु मात्र थियो न कि चुनाव गराउन ।त्यो बिद्रोह पनि यो वा त्यो रूपमा हाइज्याक भयो ।केही अमेरिकी संस्था मान्छेहरु लगायत बार्बरा फाउन्डेसन ,अमेरिकी युथ क्लाव जस्ताका मान्छे मिलेर आन्दोलन माथी एक प्रकारको हस्तक्षेप र घुसपैठ गराए ।अन्तरिम सरकार गठन गरे र अहिले चुनावको नौटकी गर्दैछ।हाम्रो देशमा अमेरिका प्रत्येक्ष हस्तेक्ष गर्न चाह्न्छन अहिलेसम्म खुलेआम त्यो भैराखेको छ त्यसको लिडरसिप नयाँ भनिएका दलले(रास्वापा समेतले ) गरेका छ्न ।अमेरिका यो देशमा युद्ध र अशान्ती चाह्न्छ ।उ चिनबिरोधी गतिविधि गर्न नेपाललाई भोलि गएर युद्धको परेड खेल्ने स्थलको रूपमा यो भुमिलाई प्रयोग गर्न चाहन्छ ।त्यसैले उसले नयाँ पात्र खोज्छ र उसलाई सरकारको नेतृत्व गर्न लगाउछ। त्यसपछि आफुले जे भन्यो सोही गराउन उसलाई सजिलो पर्छ ।आज लिबिया, सिरिया ,अफगानिस्थान र युक्रेन अमेरिकी साम्राज्यवादी नितिका कारण बर्सौदेखी युद्धको मार खेपिरहेका छ्न ।आज युक्रेनको जे हवि छ त्यो भोलि नेपालको नहोला भन्न सकिँदैन ।हामी यिनै कुराको जानकारी गराउन पनि यो चुनाव बहिष्कार गरेका छौ।जब सम्म मुलुक स्वाधिन स्वतन्त्र हुदैन तब सम्म हुने गरेका चुनाव कुनै औचित्य छैन
तपाईंको कार्यक्षेत्र रहेको ब्यूरो नं २ कति वटा जिल्ला पालिका र वडा छ्न अनि तपाईंको पार्टीको सांगठनिक अबस्था के बताईदिनु हुन्छ कि ?
खासगरी मेरो कार्यक्षेत्र २ नं ब्यूरो (सेती) हो ।२ नं ब्युरो अन्तगत कैलाली अछाम डोटी बाजुरा र वझाङ्ग रहेका छ्न।यी जिल्लाको स्थानीय तहको संख्या यस्ता रहेको छन ।कैलाली जिल्लामा कुल स्थानीय तह १३ओटा र वडा कार्यालयहरु १२६ रहेका छ्न ।अछाममा १० स्थानीय तह र ५१ वटा वडा कार्यालय रहेका छ्न।डोटि जिल्ला ९ वटा स्थानीय तह ६५ वटा वडा रहेका छ्न ।बाजुरामा ९ वटा स्थानीय तह र ६९ वटा वडा कार्यालय रहेका छ्न । वझाङ्गमा स्थानिय तहका सँख्या १२ वर्डाहरुको सख्या ९४ रहेका छन। पार्टीको संगठनको अबस्था ठिकै छ ।कतिपय पालिकामा संगठन रहेको छ कतिपय पालिकामा संगठन त्यति बलियो छैन तैपनी हामी बलियो बनाउने कोशिष गरिरहेका छौ।
यो चुनावमा तपाईंको पार्टी लगायत ६ पार्टीको संयुक्त संघर्ष समिति निर्माण भएको छ । वहिष्कार सम्वन्धि संयुक्त र एकल रुपमा कस्ता किसिम काम गरिरहनु भएको छ ?
हामीले अहिले केन्द्रमा चुनाव वहिष्कार गर्ने ६ वटा राजनीति दल\सँगठन बिच मोर्चा गरेर केही संघर्षका कार्यक्रम गर्यौ ।केही कार्यक्रम एकल रूपमा पनि भएका छ्न । केही कार्यक्रम संयुक्त पनि भएका छ्न ।यस व्युरोमा मसाल जुलुस , अन्तरक्रिया कार्यक्रम संयुक्त रूपमा गरेका छौ ।यो पहिलो चरणको कार्यक्रम हो ।अहिले दोस्रो चरणको संयुक्त कार्यक्रममा हामी छौ ।अब एकल रूपमा हामीले सवै जिल्लामा बहिष्कार सम्बन्धि पर्चा बितरण ,भित्ते लेखन छलफल र्याली मोटरसाकल न्याली जस्ता कार्यक्रम गरिरहेका छौ ।कैलाली जिल्लामा बहिष्कार सम्बन्धिको अभियान नै उद्वाघाटन भएको स्थिति छ ।
पार्टी सदस्यहरुको राजनीति बैचारिक क्षमता बढाउन के कस्ता कामहरु गरिरहनु भएको छ?
कम्युनिष्ट पार्टी निम्ति कम्युनिष्ट स्कुलिङ्ग कार्यकर्ता माझ लैजानु राम्रो बिसय हो ।जसरी फलामलाई बेस्सरी आगोमा खार्दै जादा फलाम बाट निर्मित बस्तुको धार निकै धारिलो हुँदै जान्छ त्यसरी नै कम्युनिष्ट स्कुलिङ्गले नेता तथा कार्यकर्ता पनि निखारिदै जान्छ्न ।यो राम्रो पक्ष पनि हो ।पछिल्लो चरणमा स्कुलिङ्क कार्यक्रम भए पनि तत्काल भएका छैनन् ।यसलाई प्रभाबकारी ढंगले गर्नु पर्छ ।त्यसका निम्ति हाम्रो ब्यूरो स्कुलिङ्ग गर्ने भन्ने छलफलमा हामी जुटिरहेका छौ ।
अब अर्को विषय हाम्रो पार्टीले स्व अध्यनको निम्ति महाधिवेशन बाट पारित राजनीतिक बैचारिक दस्तावेज ,हांक साप्ताहि पत्रीका ,मुल बाटो , बर्गदृस्टी र विभिन्न मोर्चा बाट निकालिएका पुस्तक सामाग्रीहरु छ्न ।तर यसमा पढने ब्यक्तिको चासो कति छ भन्ने हो ?यी सबै साम्राग्री हामीले बेला बेलामा उपल्ब्ध गराएका छौ ।
तपाईंको ब्यूरोमा जनताका के - के समस्या छ्न र बर्तमान राज्य सत्ता संग कस्तो अन्तरबिरोध रहेछ ?
हाम्रो ब्यूरोमा खास गरि विभिन्न समस्याहरु छ्न ।सुदूरपश्चिम त्यसैमा सेती अञ्चल पहिले देखि नै केन्द्रिय राज्यसत्ता बाट पाउनु पर्ने हरेक कुराहरु गुमाउदै आएको छ ।यो भेगलाई हेर्ने राज्यसत्ताको आँखा अझैपनी सामन्ती प्रवृर्तिको छ ।खासरी किसानका समस्या ,बेरोजगारी ,दुर्गम पहाडी जिल्ला बाजुरा र बझाङ डोटिमा खाद्य अभाव ,यातायात ,बैदेसिक रोजगार जस्ता समस्या बर्सौ देखि यो ठाउँका मानिसले थेग्दै आएका छ्न ।यी समस्या हिजोपनी ज्युका त्यु थिए आज पनि छ्न ।जब सम्म राज्यसत्ता परिवर्तन हुदैन तब सम्म यी समस्याको समाधान नि हुदैन जस्तो लाग्छ ।तर समय समयमा यहाँ जनता यी अधिकारको लागि लडिरहेका छ्न ।
अन्त्य केही भन्नू छ कि ?
अन्त्यमा बिम्ब अनलाइन पत्रीका मार्फत मलाई मेरो पार्टीको बारेमा विचार राख्ने मौका दिनु भयो त्यसको लागि प्रतिनिधिलाई हार्दिक आभार व्यक्त गर्दछु।साथै अन्तिम आम जनसमुदायलाई के आग्रह गर्न चाहन्छु भने जब हामीले हाम्रो मुलुक निम्ति सहि राजनीतिक चेतनाको बिद्रोह गर्न सक्दनौ वा संर्घष गर्न सक्दैनौं तब सम्म यी आउने जाने चुनावका कुरा खाली जनताको आखामा छारो फाले जस्तै हो ।यसका लागि सचेत किसिमको बिद्रोहको आवश्यक छ ।हाम्रो पार्टी त्यो आन्दोलन र संघर्षमा अगाडि बढिरहेको छ ।यो आन्दोलनमा तपाईंहरु पनि सरिक हुनुपर्छ ।जब सम्म मक्किसकेको संसदीय ब्यबस्था अन्त्य हुँदैन तब तपाईं हामीहरुको मुक्ति पनि हुदैन ।त्यसैले आम हाम्रो पार्टीले लिएको जनबादी क्रान्तिको खुट्टिकिलो पार गर्दै बैज्ञानिक समाजबादमा पुग्ने जुन उदेश्य छ त्यसमा सबै लामब्द्व हुन पनि यो अन्तरबार्ता माफर्त अपिल गर्दछु ।
प्रतिक्रिया