कविता - खाना र देश

bimbonline नरेन्द्र देवकोटा प्रशान्त
२०८१ साउन १७ ०८:२७ बजे
नरेन्द्र देवकोटा प्रशान्त

मार्सिको भातमा घिउ सिमीको दाल अनि

अमिलो पिरो आलु अचार त्यस्मै दही पनि ।


सब्जी आलु पर्वरको लाग्छ मीठो कति कति

तिते करेला मुखै तितो ती काँख्रा गाँजर जाती ।


खोली साग मोही मिठो टिमुर् राखेको चटनी

आमापछि दुलहीको खाना मीठो जति पख नि ।


दिउँसोमा खाजा मलाई दुइ रोटि र चटनी

स्वादी लाग्छ मलाई अति धाराको त्योचिसो पानी ।


साँझमा धेरै चाहिन्न अलि सब्जी र रोटी 

जाती लाग्छ मलाई धेरै खाना जहिले सादगी ।


जहाँतहीँ मन लाग्दैन घरमै छ खाने बानी

आफ्नै देश अति प्यारो जिउँछु रमाइलो मानी ।

                                                                २०८१\४\१७ बिहीबार नेपालगन्ज


२०८१ साउन १७ ०८:२७ बजे

प्रतिक्रिया