विचारधारात्मक संघर्षबाट नभाग्न कञ्चन सहितका कमरेडहरुलाई संयोजक किरणको आह्वान

bimbonline बिम्ब अनलाइन
२०८१ साउन ३ ११:३१ बजे

काठमाडौं । महाधिवेशनको प्रक्रियामा प्रवेश गरिसकेपछि हिजो श्रावण १ गते पार्टीको सह संयोजकको हैसियतमा रहेका क. कञ्चनद्वारा हस्ताक्षरित “एकता असफलताबारे” विषयको पत्र लेखी “हामी बीच १५ महिना अघिको एकता कायम रहन नसक्ने निष्कर्षमा पुग्न हामी बाध्य भएका छौं” भनी केन्द्रीय कार्यालयमा बुझाइएको र सार्वजनिक प्रेस वक्तव्यमा “एकता प्रक्रिया असफल भएको घोषणा गर्न बाध्य भएका छौं” भन्ने विषयप्रति पार्टी केन्द्रको गंभीर ध्यानाकर्षण भएको भन्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका संयोजक मोहन वैद्य किरणले प्रेस विज्ञप्तिमार्फत् पत्र फिर्ता लिएर पार्टी एकता कायम राख्न र विचारधारात्मक संघर्षबाट नभाग्न कञ्चन र उहाँको विचारसँग सम्बन्धित कमरेडहरुलाई विशेष आह्वान गर्नुभएको छ ।

वक्तव्यमा भनिएको छ, “कमरेड कञ्चन र उहाँको विचारसँग सम्बन्धित कमरेडहरुलाई महाधिवेशनको प्रक्रिया सुरु भइसकेको स्थितिमा नयाँ जनवाद र वैज्ञानिक समाजवाद लगायतका विभिन्न विषयहरुमाथिको बहसमा सहभागी हुँदै तथा आवश्यक संश्लेषण गर्दै महाधिवेशन सफल पार्न आग्रह गर्दछौं । आफ्नो मतलाई स्थापित गर्न विचारधारात्मक संघर्ष गर्नुको साटो मैदानबाट भाग्ने कार्यले क्रान्तिकारी कम्युनिस्ट एकतालाई बाधा र दक्षिणपन्थी संशोधनवादीहरुलाई सहयोग पुग्न जान्छ । त्यसकारण, पार्टी एकताको महत्वलाई विशेष गंभीरताका साथ ग्रहण गरी उक्त पत्र फिर्ता लिएर ऐतिहासिक एकता कायम राख्न र महाधिवेशनलाई अवमूल्यन नगर्न कमरेडहरुलाई विशेष आह्वान गर्दछौं । यसका साथै, समग्र पार्टी पंक्ति, जवस मोर्चा र आम जनसमुदायलाई गुटवाद तथा फुटवादका विरुद्ध लडदै पार्टीलाई एकताबद्ध बनाइराख्न र क्रान्तिकारी कार्यदिशाको रक्षा, प्रयोग र विकासका लागि आगामी महाधिवेशन सफल पार्न विशेष अनुरोध गर्दछौं ।”

यस्तो छ वक्तव्यको पूर्णपाठ 

“अनुकूल वस्तुगत परिस्थिति र प्रतिकूल आत्मगत स्थिति बीचको अन्तरविरोधलाई समाधान गरी हामीले नेपालमा नयाँ जनवादी क्रान्तिको खुड्किलो सहित वैज्ञानिक समाजवादमा संक्रमण गर्न २०८० वैशाख १७ गते नेकपा ९क्रान्तिकारी० माओवादी र नेकपा ९बहुमत० बीचको एकता अधिवेशनबाट क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको गठन गरी १८ गते मई दिवसका दिन त्यसको घोषणा ग¥यौं । त्यसको ठीक एक वर्षपछि २०८१ वैशाख १८ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा ९मशाल० बीच एकता अधिवेशनबाट क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको गठन गरी १९ गते मई दिवसकै दिन अर्को एकताको घोषणा गरेका छौं । नेपाली कम्युनिस्ट आन्दोलनको टुटफुटबाट आजित शोषित पीडित नेपाली जनता र विश्व सर्वहारावर्गले यस एकताप्रति खुसी हुँदै आशाको नजरले हेरिरहेका छन् ।

गत असार ११ देखी १६ गतेसम्म क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको दोस्रो पूर्ण बैठक संयोजक क। किरणको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त बैठकमा आगामी महाधिवेशनका लागि राजनैतिक प्रतिवेदन लगायतका विस्तृत प्रस्तावहरुमाथि समुह–बहस गरी केन्द्रीय समितिका सदस्यहरुले आ–आफ्ना सुझाव, धारणा र मतहरु पेश गरेका थिए । बैठकमा महाधिवेशनको मिति समेत निर्धारण गरी कुन–कुन विषयमा सार्वजनिक बहस गर्ने र कुन–कुन विषयमा आन्तरिक बहस गर्ने भनी निर्णय समेत लिइएको थियो । बैठकका निर्णयहरु सार्वजनिक गर्न संयोजक क। किरणले असार १८ गते पार्टी एकता अधिवेशनका दस्तावेजहरुको मर्म र मान्यता अनुसार नै एक प्रेस वक्तव्य पनि जारी गर्नुभयो ।

महाधिवेशनको यो प्रक्रियामा प्रवेश गरिसकेपछि हिजो श्रावण १ गते पार्टीको सह संयोजकको हैसियतमा रहेका क। कञ्चनद्वारा हस्ताक्षरित “एकता असफलताबारे” विषयको पत्र लेखी “हामी बीच १५ महिना अघिको एकता कायम रहन नसक्ने निष्कर्षमा पुग्न हामी बाध्य भएका छौं” भनी केन्द्रीय कार्यालयमा बुझाइएको र सार्वजनिक प्रेस वक्तव्यमा “एकता प्रक्रिया असफल भएको घोषणा गर्न बाध्य भएका छौं” भन्ने विषयप्रति पार्टी केन्द्रको गंभीर ध्यानाकर्षण भएको छ ।

कमरेड कञ्चन र उहाँको विचारसँग सम्बन्धित कमरेडहरुलाई महाधिवेशनको प्रक्रिया सुरु भइसकेको स्थितिमा नयाँ जनवाद र वैज्ञानिक समाजवाद लगायतका विभिन्न विषयहरुमाथिको बहसमा सहभागी हुँदै तथा आवश्यक संश्लेषण गर्दै महाधिवेशन सफल पार्न आग्रह गर्दछौं । आफ्नो मतलाई स्थापित गर्न विचारधारात्मक संघर्ष गर्नुको साटो मैदानबाट भाग्ने कार्यले क्रान्तिकारी कम्युनिस्ट एकतालाई बाधा र दक्षिणपन्थी संशोधनवादीहरुलाई सहयोग पुग्न जान्छ । त्यसकारण, पार्टी एकताको महत्वलाई विशेष गंभीरताका साथ ग्रहण गरी उक्त पत्र फिर्ता लिएर ऐतिहासिक एकता कायम राख्न र महाधिवेशनलाई अवमूल्यन नगर्न कमरेडहरुलाई विशेष आह्वान गर्दछौं । यसका साथै, समग्र पार्टी पंक्ति, जवस मोर्चा र आम जनसमुदायलाई गुटवाद तथा फुटवादका विरुद्ध लडदै पार्टीलाई एकताबद्ध बनाइराख्न र क्रान्तिकारी कार्यदिशाको रक्षा, प्रयोग र विकासका लागि आगामी महाधिवेशन सफल पार्न विशेष अनुरोध गर्दछौं ।” मुलवाटो अनलाइन वाट


२०८१ साउन ३ ११:३१ बजे

प्रतिक्रिया