रतन भण्डारीको आजको फेसवुक स्टाटसमा युवराज सँग्रौलाको कमेण्ट

bimbonline बिम्ब अनलाइन
२०८२ असोज २३ १३:२५ बजे

काठमाण्डौ। राज्यका उच्चपदमा आशिन अधिकाँस पदाधिकारी वुध्दिजिवि पत्रकार लगायत नेपालीहरुले अमेरिका र भारतवाट दानापानी खाएर देशप्रति नै गदारी कुभलो अहितहुने काम भित्र भित्र गरि रहने वाहिर विभिन्न प्रकारले देशभक्त हु भनि नक्कली कुरा गर्ने नेपालका विभिन्न तह तप्काका व्यक्तिहरु वारे सक्कली देशभक्तको छवि वनाएका रतन भण्डारीले आज आफ्नो फेसवुक वालमा स्टाटस यसरी लेख्छन- देश र राष्ट्रवादको नाममा टीभी युटुव तिर चिच्चाइरहने, आगो ओकल्ने, सेनाका पूर्व वर्तमान जर्नेल कर्नेल, पुलीसका पूर्व र वर्तमान हाकिमसाहेब, लेखक, सेवारत तथा सेवानिवृत्त कर्मचारी, पूर्व र र्वतमान सचिव, शिक्षक, प्राध्यापक, न्यायाधीश, वकील, लेखक, पत्रकार, विज्ञ, विद, डक्टर, इन्जिनियर, व्यापारी, पूँजीपति, नेता, मन्त्री, पूर्वमन्त्री, कथित नागरिक अगुवा सबैका छोराबुहारी, छोरीज्वाइ सबै अमेरिका, अष्टेलिया, यूरोप छन् । आफूलाई प्रचारमा ल्याउन यिनीहरुले राष्ट्रवादको चर्का कुरा गर्न छोडेका छैन । एमसीसीको विरोध गर्नेहरु अधिकांशका छोराबुहारी अमेरिकी नागरिक छन् । देशको पछिल्लो भयावह परिघटना पछि यी सबै कम्फर्ट जोनको नाममा बाहिरिने दाउमा छन् ।

यसमा कमेण्टकर्ताहरु मध्ये युवराज सँग्रौला आफ्नो कमेण्टमा लेख्छन-अलि बढी सामन्यिकरण भयो।।एम्सिसीको बिरोध गर्ने म पनि हुं। तर मेरा छोरीहरु देशमै छ्न परिश्रम गर्दछ्न। टिभीमा म पनि बोल्छु र परे सडक आएर गोलि खान पनि तयार छु।

Yubaraj Sangroula को कमेण्टमा रतन भण्डारी प्रष्टिकरण लेख्छन - मैले सबैलाई भनिएको छैन सर अधिकांश भनेको छु । पत्याउन गाह्रो पर्ने राष्ट्रवादी, विद, विज्ञ, सेना पुलीसका हाकिम, वकील, न्यायाधीशका छोराछोरी अमेरिकी नागरिक छन् । सीमा अतिक्रमण र एमसीसीको विरोध गर्दैआएका राष्ट्रवादीका त छोराछोरी उतैका नागरिक छन् । किताबै लेखेका छन्, छोराछोरी अमेरिकी नागरिक बनेको तारिफ गर्दै । परिआए नामै सार्वजनिक गर्न सकिन्छ ।
यस वाट नेपालका  वुदूजिविहरुको औकात र हैसियत के कस्तो छ? यिनिहरु केका लागी काम गर्दछन भन्ने प्रष्ट भएको छ।
२०८२ असोज २३ १३:२५ बजे

प्रतिक्रिया