कपिलवस्तु ।जेनजी विद्रोहको मुख्य कारक तत्व दलाल संसदीय व्यवस्थाको खराबी नै भएको दाबी गर्दै अबको सही राजनीतिक निकास दलाल संसदीय व्यवस्थाको घेरा भित्रबाट ननिस्कने हुनाले शुशिला कार्की नेतृत्वको विदेशी कठपुतली सरकार विघटन गरि क्रान्तिकारी , वामपन्थी , अग्रगामी शक्तिको संयुक्त सम्मेलन मार्फत स्वाधीन सरकार गठन गरेर अगाडि बढ्नुपर्ने कुरा नेता सुवेदीले यहि असोज २५ गते सम्पन्न एक अन्तक्रिया कार्यक्रममा बताएका छन ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल कपिलवस्तुको आयोजनामा वर्तमान राजनीतिक अवस्था र निकासको प्रश्न विषयक अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्यूरो सदस्य प्रेम सुवेदीले आधार पत्र प्रश्तुत गर्दै उक्त कुरा वताएका हुन् । नेता सुवेदीले जेनजी बिद्रोहको मुल मर्म सही रहेको तर , विद्रोहलाई साम्राज्यवादी तथा विस्तारवादी शक्ति केन्द्रहरुले उपयोग गरेको आरोप लगाउदै वास्तविक जेनजीका भ्रष्टाचार नियन्त्रण लगायतका मागहरू यो व्यवस्था भित्र प्रत्यक्ष निर्वाचित कार्यकारी भएपनि पूरा नहुने बताए ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल कपिलवस्तुका सचिव हिमलाल वाग्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय जनमोर्चा कपिलवस्तु अध्यक्ष रामप्रसाद बेलवासे , नेकपा माओवादी ( केन्द्र ) कपिलवस्तु संयोजक सुकइ थारु , नेकपा केन्द्रीय सदस्य सुनील सी , नेकपा एमाले कपिलवस्तु उपसचिव देवि वहादुर पोख्रेल , नेपाली कांग्रेस कपिलवस्तु जिल्ला सदस्य छविलाल नेपाली , वैकल्पिक राजनीतिक राष्ट्रिय एकता अभियानका प्रतिनिधि नारायण खनाल , अखिल भारत नेपाली एकता समाजका केन्द्रीय महासचिव महेन्द्र बस्याल , जनता मावि प्राचार्य रमेश पन्थी , सिद्धार्थ क्याम्पस कपिलवस्तुका उपप्रध्यापक रोमकान्त घिमिरे , बाणगंगा मावि प्राचार्य कुलराज पौडेल , बाणगंगा नगर प्रज्ञाप्रतिष्ठान अध्यक्ष बालाराम ज्ञवाली , नागरिक अगुवा दोलख वहादुर पर्छाई लगायतले आधारपत्रमा टिप्पणी तथा आफ्ना विचार प्रश्तुत गरेका थिए । अन्तरक्रिया कार्यक्रमको संचालन दिपक पौडेल र स्वागत मन्तव्य कमल उप्रेतीको रहेको थियो ।
प्रतिक्रिया