पूर्वसभामुख महरालाई पुर्पक्षको क्रममा थुनामा पठाउने आदेश

bimbonline बिम्ब अनलाइन
२०८२ असोज २९ १८:५० बजे

काठमाण्डौ । जिल्ला अदालत काठमाण्डौले नेकपा (माओवादी केन्द्र) का नेता एवम् पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले थुनछेक बहसपछि सुन तस्करी प्रकरणमा पक्राउ परेका महरालाई थुनामा पठाउन आदेश दिएको हो।विद्युतीय चुरोट अर्थात् ‘भेप’ मार्फत सुन तस्करी गरेको प्रकरणमा महरा आइतवार पक्राउ परेका थिए । २०७९ सालमा भेपमा लुकाएर ल्याएको ९ किलो सुन तस्करीमा महरा संलग्न रहेको आरोप छ ।

भेपमा लुकाएर सुन तस्करी गराएको आरोपमा महरा २०७९ सालमै अनुसन्धानमा तानिएका थिए । तर सत्ता–शक्ति आडमा उनीमाथि मुद्दा चलेको थिएन ।गएको वर्षको चैत ९ गते महरालाई जिल्ला सरकारी वकिलको कार्यालयले स्वास्थ्य अवस्थालाई मध्यनजर गरेर अनुसन्धानका लागि बोलाएका बेला उपस्थित हुने गरी छोराको जिम्मा लगाइएको थियो ।


२०८२ असोज २९ १८:५० बजे

प्रतिक्रिया