सामूहिक सजाय र छियाछिया पारिएको युद्ध–नैतिकता

लण्डनस्थित सेन्ट मेरी अस्पतालका एक डाक्टरले ‘द इकोनोमिस्ट’मा प्रकाशित एक रिपोर्टमा गाजाजस्तो विनाशकारी दृश्य आजसम्म कुनै पनि युद्ध क्षेत्रमा आफूले नदेखेको बताएका छन्

bimbonline सुशोभित
२०८१ असार २३ १७:४४ बजे

गाजामा भइरहेका घटनाहरू हाम्रो समयको सबैभन्दा ठूलो मानवीय त्रासदी हो, तर यसबारे सबै तहहरुमा पर्याप्त कुराकानी भएको छैन। यसको कारण के हो भने अक्टोबर ७ मा हमासले आक्रमणको शुरुवात गरेको हो । र सायद गाजामा हमासप्रति सहानुभूति राख्नेहरू ठूलो संख्यामा उपस्थित हुन सक्छन्। आज पनि १२० इजरायली युद्धबन्दीहरु हमासको कैदमा छन् । सतही रुपमा इजरायललाई बदला लिने र आफ्ना बन्धकहरूलाई मुक्त गर्ने अधिकार छ भनेर तपाईं भन्न सक्नु हुन्छ। तर सतही रुपमा हेरेर मात्रै जीवनका सबै निर्णयहरू लिन सकिन्थ्यो कुराको अर्थ नै के रहन्थ्यो । तल भुइँतहमा के भइरहेको छ भन्ने गहिरो बुझाइ बनाउनु त्योभन्दा बढी जरुरी छ ।

अहिले भुइँतहमा अराजकताको ताण्डव छ? यो भुइँतह गाजा, खान-युसुफ र रफाह सहरहरूमा फैलिएको छ। आकाशबाट खस्दै गरेको बमले दुई प्रकारको दृष्टिकोण बनाउँछ। एउटा बमवर्षकको दृष्टिकोण, जसले आकाशबाट टाढाको जमीन देख्न सक्छ, जसमा उसले खसालेको बमले चाँडै विनाशको ताण्डव मच्चाउनेवाला छ ।त्यहाँबाट उनले ती मानवीय विवरणहरू देख्न सक्दैनन् जुन जमिनमा रहेका मानिसहरूले आफ्नो घरमा खसेको बमबाट देख्छन्। यस शताब्दीमा मानव जीवन पहिले नै अत्यन्तै कमजोर छ। त्यसमाथि थप मानिसहरुले भरिएका शहरहरूमा बम विस्फोट गर्नु त्यो अन्तिम चीज हो, जसको आवश्यकता हामीलाई पर्न सक्छ यसका लागि आफ्नो युद्ध रणनीति नै जतिसुकै पटक किन परिवर्तन गर्नु नपरोस् ।

गाजामा हालसम्म ३५ हजारको ज्यान गएको छ । १० हजार मानिस बेपत्ता छन् । २३ लाख जनसंख्या विस्थापित भएको छ । स्वास्थ्य प्रणाली ध्वस्त भएको छ र भोकाएका गिद्धहरू हाम्रो टाउकोमा घुमिरहेका छन्। तपाईंले सोशल मिडिया मार्फत स्क्रोल गर्दै गर्दा यी विवरणहरू चाहे किन नपढ्नुस्, यी मध्येका प्रत्येक संख्याले कुनै घर–परिवारलाई त्रासद रूपमा प्रभावित गरेको छ। लाखौं मानिसहरूको जीवन अब सधैंको लागि बदिलएको छ। यदि उसको कुनै जीवन बाँकी छ भने यो विनाशले भविष्यका क्रूर विद्रोहहरूलाई मात्र जन्म दिनेछ।

युद्धमा आमनागरिकहरूलाई हानि पुर्‍याउने निषेध भनेको कुनै पनि हालतमा पालना गरिनु पर्ने वाचा हो। लगभग यी सबै आमनागरिकहरू निर्दोष हुने गर्छन् र घटनाहरूमा उनीहरुको कुनै नियन्त्रण रहँदैन। हिरोसिमा र नागासाकी सबैलाई याद छ, तर दोस्रो विश्वयुद्धमा नै ड्रेसडेन बम प्रहारको घटना यस्तो अर्को उदाहरण हो, जसमा निर्दोष जर्मन नागरिकहरूमाथि ज्वलनशील विस्फोटकहरू बर्साइएको थियो र २५ हजारलाई जिउँदै जलाइएको थियो। यो फेब्रुअरी  को घटना थियो र नाजी सेनाहरूले आत्मसमर्पण गरेको समयभन्दा  दुई महिना अगाडि मात्रै भएको थियो । यो बमबारीको कुनै जरुरत थिएन। तर ब्रिटिश र अमेरिकी सेनाहरूले आफ्नो शक्ति देखाउने लोभलाई सम्हाल्न सकेनन्।

गाजामा मानवीय सेवा प्रदान गर्दै आएका लण्डनस्थित सेन्ट मेरी अस्पतालका एक डाक्टरले ‘द इकोनोमिस्ट’मा प्रकाशित एक रिपोर्टमा गाजाजस्तो विनाशकारी दृश्य आजसम्म कुनै पनि युद्ध क्षेत्रमा आफूले नदेखेको बताएका छन् । त्यहाँ सम्पूर्ण विस्थापित परिवारहरू थिए, जसको टाउकोमा छानाको रूपमा एउटा पोलिथिन मात्र थियो। केटाकेटीहरूसहित छ-सात जना मानिसहरू स-साना पालमा बसिरहेका थिए, र बस्नका लागि ठाउँ पनि थिएन । एक्लै सुत्नको त कुरै नगर्नोस् । शौचालयको सुविधा थिएन । रफाहको एउटा अस्पतालमा ४० शय्या र दुईवटा अपरेटिङ थिएटर थिए, तर त्यहाँ २,००० भन्दा बढी बिरामीहरू वार्ड, कोरिडोर र खाली ठाउँमा बसेका थिए। प्रत्येक कोठामा ६ देखि ८ जना बिरामी थिए । संक्रमण, घाउ र कुपोषणले उनको  निश्चित थियो। औषधिको अभाव थियो । एन्टिबायोटिकसम्म पनि थिएन । अराजकताको वातावरणमा लाखौं जनता आफ्नो भाग्यको भरोसामा थिए। आकस्मिक विभागहरू खचाखच भरिएका थिए र बिरामीहरू भुइँमा लडिरहेका थिए। यो त्यसबेला थियो, जब खान-युसुफ सहरमा बमबारी भइरहेको थियो र त्यसमा परेर घाइते भएका मानिसहरू त्यहाँ पुगेका थिएनन्।

यो सत्य हो कि इजरायल डरलाग्दा शत्रुहरूले घेरिएको छ। इरानले ऊमाथि क्षेप्यास्त्र प्रहार गरेको थियो । उनी हिजबुल्लाह र हुथीको निशानामा छन्। हमासले ऊमाथि क्रूर हमला गरेको थियो र सर्वसाधारणलाई नै निशाना बनाएको थियो। यति हुँदाहुँदै कुनै पनि युद्धमा कुनै पनि किसिमको प्रतिशोधको पहिलो चिन्ता शासकहरूको मनमा यो हुनुपर्छ कि आफ्नो आक्रमणबाट निर्दोषको ज्यानको बली त चढ्दैन ? यो युद्ध नीतिको आधारभूत नैतिकता हो। बेन्जामिन नेतान्याहुको इजरायली सेनाले अस्पताल र राहत शिविरहरुमा बमबारी गरेर यो आधारभूत नैतिकतालाई छियाछिया पारिदिएको छ ।

इजरायल यस्तो युद्धमा फसेको छ कि उसले कसरी अन्त्य गर्ने भन्ने कुरा नै उसले बिर्सेको छ। जबकि वर्तमान समयको सबैभन्दा ठूलो आवश्यकता सारा विश्वले सबै कुरा भुलेर गाजामा प्रभावकारी युद्धविरामका लागि एकजुट हुनु र प्यालेस्टाइनीहरूको घाउ निको पार्नु हो ।

सामूहिक सजाय एक घृणित र जघन्य अपराध हो, जुन युद्धकालमा प्रयोग गरिन्छ।सामूहिक सजाय भनेको कुनै देश वा समूहको अपराधहरुको सजाय त्यससँग सम्बद्ध  सबै व्यक्तिहरूलाई दिनुपर्छ, जसमध्ये अधिकांश निर्दोष नै किन नहोउन् ।

दोस्रो विश्वयुद्धको उदाहरण लिनुहोस्। जापानी साम्राज्यका सेनाले आत्मसमर्पण गरिरहेका थिएनन्। अमेरिकाले बेलायतको सहमतिमा हिरोसिमा र नागासाकीमा परमाणु बम खसाल्यो। त्यसमा २.२५ लाख मानिस मारिएका थिए, जसमा मुख्यतया सर्वसाधारण नागरिक थिए। यी मानिसहरूलाई जापानी साम्राज्यसम्बद्ध राष्ट्रहरूसँगको सम्बन्धको लागि सामूहिक सजाय दिइएको थियो। तर तिनीहरूमध्ये जापानी साम्राज्यको नीतिसँग सहमत कति जना थिए होलान ? जापानको आत्मसमर्पणको विरुद्धमा कति जना थिए? युद्धमा भइरहेका गतिविधिबारे राम्ररी जानकारी भएका कति थिए ? कति बालबालिका थिए, कति वृद्ध, कति महिला ? यी सबैको कुनै लेखाजोखा छैन ।

जब बम खस्छ, यसको आफ्नै विवेक हुँदैन, यसले आफूले मारिररहेको  व्यक्ति निर्दोष हो कि दोषी हो भनेर देख्दैन। जनधनको भयानक क्षति तुल्याउने बमबारी गर्नेहरूले पनि गहुँसँगै घुन पनि पिसिन्छ भन्ने तर्क मानेर चलिरहेको हुन्छ ।  तर निर्दोषहरुलाई किन पिस्ने ?ड्रेसडेन बमबारीस् नाजी जर्मनीको युद्ध अपराधहरुको दण्ड निर्दोष नागरिकहरूलाई दिइयो, २५ हजार मानिसहरूलाई जिउँदै जलाइयो। यी मध्ये कति जना हिटलरको नीतिका समर्थक थिए ? कुनै अनुमान छैन । तर थर्ड राइख (नाजी जर्मनी) को नागरिक भएकै कारणले उनीहरुले सामूहिक सजाय पाए।

सामूहिक दण्डको यो घृणित नियम ती हिंस्रक मानिसहरूलाई धेरै प्रिय छ, जसले व्यक्ति र सत्तामा फरक छुट्याउन सक्दैनन्। जसले भन्छन्– जस्तोलाई त्यस्तै, जस्तो काम त्यस्तै सजाय, कर्मको फल मिल्यो। तर कसले गर्यो र परिणाम कसले भोग्यो ? कसको काम थियो र कसले सजाय पायो ? के कुनै देशको सरकार वा सत्तासंरचनाले लिने निर्णयहरू उसका सबै नागरिकको सर्वसम्मतिको परिणाम हुन्छ? के हरेक निर्णय लिनुअघि जनमत संग्रह गरिन्छ?

माथि मैले गाजामा भइरहेको मानवीय त्रासदीको बारेमा लेखेको छु। त्यहाँ धेरै हिंसक टिप्पणीहरू गरिए । चलचित्रहरूमा बाहेक आफ्नो जीवनमा बम विष्फोट नदेखेका र आफ्नो घर थोरै कोतरिँदा पनि चिन्तित हुने मानिसहरुले एकजुट भएर प्रतिक्रिया दिए– प्यालेस्टाइनका मानिसहरुले हमासले गरेको कामको फल पाइरहेको छ, जे भइरहेको छ त्यो राम्रोका लागि भइरहेको छ, क्रियाको प्रतिक्रिया भइरहेको छ ।

तर क्रिया कसको थियो र प्रतिक्रया कसले भोगिरहेको छ ?

गाजामा इजरायलको आक्रमणबाट ३५ हजार मानिस मारिएका छन्, १० हजार बेपत्ता छन् र २३ लाख मानिस घरबारविहीन भएका छन् – यीमध्ये अक्टोबर ७ मा हमासले इजरायलमा गरेको हमलाको उत्सव मनाउने कति थिए ? के तीमध्ये हमासलाई मन नपराउने सयौं वा शायद हजारौं जना पनि त थिएनन् ? तीमध्ये वेस्ट बैंकको प्यालेस्टिनी प्राधिकरणले जस्तै ओस्लो शान्ति सम्झौताको शपथ खाने तथा दुई राज्यको समाधानमा विश्वास राख्नेहरु पनि थिए कि ? तीमध्ये कति शान्तिप्रेमी र प्रगतिप्रेमी थिए ? तिनीहरूमध्ये कति दक्ष, विचारशील र जानकार थिए? तीमध्ये कति जनालाई यो सबै कुराको पूर्ण ज्ञान थिएन ? कति जना बालबालिका थिए ? महिलाहरू थिए?

तर ‘सामूहिक सजाय’को तर्कले भन्छ, हमासले आक्रमण गरेको थियो, अब गाजाका जनताले भोग्नेछन् । तर किन भोग्ने ? कहिलेसम्म भोग्नेछन् ?युद्धनीतिको पहिलो नियम हो– नागरिक क्षेत्रमा आक्रमण गरिनेछैन,  अस्पताल, राहत शिविरलाई जोगाइनेछ, खानेकुराहरुको आपूर्तिमा रोक लगाइनेछैन, सैन्य क्षेत्रलाई मात्र निशाना बनाइनेछ ।

तपाईमध्ये कति जनालाई इजरायल आफैंको ठूलो जनसंख्या आफ्ना प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको युद्धलिप्सासँग सहमत छैन भनी थाहा छ? तपाईलाई थाहा छ– नेतान्याहुमाथि भ्रष्टाचारको आरोप  र जेल जानबाट जोगिनका लागि उनी कुनै पनि हालतमा सत्तामा रहिरहनुपर्छ? सत्तामा टिकिरहनको लागि उसले अति दक्षिणपन्थी यहूदी चरमपन्थीहरूसँग गठबन्धन बनाएको छ, जो जोर्डन नदी र भूमध्यसागर बीचको सम्पूर्ण इलाकामा पूर्ण इजरायली नियन्त्रण चाहन्छन्रु सभ्य–समाज एकमत छ कि गाजामा महिनौंदेखि दिइँदै आएको ‘सामूहिक सजाय’ तत्काल बन्द गरिनुपर्छ, इजरायलको सहयोगी अमेरिका भित्रबाटै पनि यस्ता आवाज बुलन्द रुपमा उठेर आइरहेको छ ।जसले आफूलाई व्यक्तिको रूपमा नभई समुदायको रूपमा हेर्छन्, जसले आफ्नो डीपी कभरमा शासक र देवता-अवतारहरूको चित्र राख्छन्, उनीहरूले सामूहिक सजाय को भाषामा मात्र सोच्छन्। तर के उनीहरूले त्यसबेलामा पनि त्यही भाषामा सोच्लान्, जब उनको देश वा समुदायको कुनै व्यक्तिको दुष्कर्मको फल उनका आफ्नै परिवारका पूर्णत निर्दोष सदस्यहरूले भोग्नु पर्नेछ ?



२०८१ असार २३ १७:४४ बजे

प्रतिक्रिया